काठमाडौँको नरदेवीस्थित एक घरको पाँच तले घरको पहिलो तलामा भारतीय नागरिकले सञ्चालन गरेको सुनको गहना बनाउने कारखानामा नेपाल प्रहरीको पोशाकमा बन्दुक बोकी नक्कली प्रहरी बनी सुनका गहना लुटेर फरार भएकाहरुलाई खोजेर प्रहरीले सार्वजनिक गरेको छ । लुटेको गरगहनाका सामानसहित पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय काठमाडौँमा सार्वजनिक गरिएको हो ।
नक्कली प्रहरी चढेका मोटरसाइकल समेत प्रहरीले पत्रकारहरुलाई देखाएको थियो ।
प्रहरीले उनीहरुबारेमा दिएको विवरण यस प्रकार छ-
क) पक्राउ परेका व्यक्तिहरु:
१. जिल्ला धनकुटा सागुरिगढी गा.पा. वडा नं. ७ वस्ने बर्ष २६ को सुमन राई ।
२. जिल्ला धनकुटा सागुरिगढी गा.पा. वडा नं. ७ बस्ने बर्ष २८ को देविराज राई ।
३. जिल्ला धादिङ त्रिपुरासुन्दरी गा.पा. वडा नं. ६ घर हुने वर्ष ३० को कुमार विश्वकर्मा ।
४. जिल्ला धादिङ त्रिपुरासुन्दरी गा.पा. ६ घर हुने वर्ष ४० को बेग बहादुर वि.क. ।
५. जिल्ला धादिङ खनियाबास गा.पा. वडा नं. ४ घर हुने बर्ष ३८ को मनिला तामाङ ।
ख) बरामद दशी
१. वारदातमा देखाइएको पेस्तोल थान- १ ।
२. ऐ. ऐ. मा लाग्ने म्याग्जिन थान- १ ।
३. ७.६२ mm लेखिएको गोली राउण्ड-४ ।
४. सुन गालेको २६ ग्राम- (बेग बहादुर वि.क.को सुन पसलबाट बरामद भएको ।
५. प्रदेश नं. ३ ०२.००१५ ६२१७ नम्बरको २२० सि.सि.को Pulsar मोटर साइकल ।
६. वा ९३ प ९५५४ नम्बरको Pulsar N.S. मोटर साइकल ।
७. जर्सी र ज्याकेट सहितको प्रहरी पोशाक-१ जोर ।
८. लागु औषध: फेनारगन- १९७ एम्पुल ।
९. डाइजेपाम- १९७ एम्पुल ।
१०. नुफिन-१९७ एम्पुल । (जम्मा ५९१ एम्पुल) ।