उत्सर्जन कटौतीगर्ने प्रयासमा पछि नहट्ने प्रतिवद्धतासहितसंयुक्त राष्ट्रसङ्घको जलवायु शिखर (कोप–२७)सम्मेलन इजिप्टमा आइतबारदेखि शुरु भएको छ । बितेका केही महिनामा जलवायु परिवर्तनका कारण सिर्जित विपत्तिले विश्वभरि हजारौंको ज्यान लिइसकेको छ, लाखौं विस्थापित भएका छन् र अर्बौंको क्षति भएको छ । पाकिस्तान र नाइजेरियामा आएको भीषण बाढीले तहसनहस बनायो, अफ्रिका र पश्चिमी संयुक्त राज्य अमेरिकामा खडेरी बढ्यो, क्यारिबियन क्षेत्रमा चक्रवात फैलियो र तीन महादेशमा अत्यधिक गर्मी बढ्यो ।
रेड सीको किनारामा रहेको शर्म अल शेख रिसोर्टमा आयोजित सम्मेलन युक्रेनविरुद्ध रूसको युद्ध, ऊर्जा सङ्कट, बढ्दो मुद्रास्फीति र कोभिड महामारीको लामो समयसम्मको प्रभावले भरिएको एक सङ्कटपूर्ण वर्षमा हुन लागेको हो । तर संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव सिमोन स्टिएलले सन् २०३० सम्ममा हरितगृह उत्सर्जन४५ प्रतिशतले घटाउने र १९ औं शताब्दीको उत्तरार्धमा विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यमा आफू ‘पछि नहट्ने’ बताएका छन् । १३ दिने शिखर सम्मेलन सुरु हुनासाथ स्टिलले भने, “हामी मानिसहरूलाई जवाफदेही बनाउनेछौं, चाहे उनीहरु राष्ट्रपति, प्रधानमन्त्री, कार्यकारी प्रमुख नै किन नहोउन् । उनले भने, “कार्यान्वयनको केन्द्रबिन्दु भनेको जलवायु सङ्कटलाई सम्बोधन गर्न हरेक दिन विश्वका सबै ठाउँबाट सबैले सक्दो प्रयास गरिरहेका छन् ।”
यस दशकको अन्त्यसम्ममा कार्बन प्रदुषण १० प्रतिशतले बढ्ने र पृथ्वीको सतह २.८ डिग्री सेल्सियससम्म बढ्ने अनुमान गरिएको छ । सन् २०१५ को पेरिस सम्झौताअन्तर्गत गरिएका वाचाहरू पूरा गरिएमा तापक्रमको दश भागको केही भाग मात्र कटौति हुनेछन् ।
इजिप्टलाई अध्यक्षता हस्तान्तरण गर्दै कोप २६ का अध्यक्ष तथा बेलायती अधिकारी आलोक शर्माले भने, “मैले बुझेको छु कि विश्वभरका नेताहरूले यस वर्ष प्रतिस्पर्धात्मक प्राथमिकताहरूको सामना गरेका छन्, हामी स्पष्ट हुनुपर्छ । हाम्रो वर्तमान क्षण जति चुनौतीपूर्ण छ, निष्क्रियता अदूरदर्शी छ र यसले जलवायु विपत्तिलाई मात्र रोक्न सक्छ ।” उनले भने, “विश्व समुदाय र नेताहरूलाई जागरूक पार्न वास्तवमा कति आह्वान आवश्यक छ ?”
संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले चेतावनी जारी गर्दै विगत आठ वर्ष समुद्रको सतह बढेको, हिउँ पग्लने र तातो हावाका कारण अहिलेसम्मकै सबैभन्दा बढी गर्मी हुने समय बनेको जनाएको छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ हाम्रो ग्रहले सङ्कटको सङ्केत दिइरहेको समयमा कोप–२७ सुरु भएको छ । उनले सबैले आ–आफ्नो स्थानबाट जलवायु समस्यासँग जुझ्न पहल गर्नुपर्नेमा जोड दिए ।