कास्कीको पोखरा-४ गैह्रापाटनमा रहेको नेलम्बो नेपाल र कास्कीकै मादी गाउँपालिकाको संयुक्त आयोजनामा मादी गाउँपालिका वडा नं. १ सिक्लेस स्वास्थ्य चौकीमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा स्त्रीरोग, हाडजोर्नी, छाला, नाक, कान, घाँटी, सामान्य जाँच, दन्त रोगको उपचार, गरिएको थियो । शिविरमा ल्याब, इसिजि, भिडियो एक्सरे जस्ता सेवाहरु पनि उपलब्ध गराइएको थियो । शिविरमा ५४४ जनाले सेवा लिएका थिए ।
सो शिविरमा स्त्रीरोग सम्बन्धी ११४ सेवा हाडजोर्नी सम्बन्धी २४६ सेवा, छालासम्बन्धी ४६ सेवा, नाक, कान, घाँटी सम्बन्धी ११२ सेवा, सामन्य चेक जाँच सम्बन्धी ३२७ सेवा, गरी जम्मा कुल १३६५ सेवा प्रदान गरिएको थियो । त्यसैगरी ल्याबमा पिसाब परीक्षण १४६ रगत परीक्षण १७९ र खकार परीक्षण १३० गरी कुल ४५५ सेवा प्रदान भएको थियो ।
कार्यक्रममा डा. प्रकाश कार्की, डा. अंकुर के.सी. डा. विनोद बराल र डा. सिजन मसार्नीले सेवा प्रदान गरेका थिए । शिविरमा स्वयमसेवकको रुपमा सिक्लेस स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरु- स्वास्थ्य चौकी प्रमुख किरण भुजेल, दौलत बहादुर के.सी. पूर्णीमा गुरुङ्ग, मनिषा गुरुङ्ग, दल कुमारी क्षेत्री, वविता गुरुङ्ग, भीम माया गुरुङ्ग, पदम बहादुर गुरुङ्ग, खिम बहादुर गुरुङ्ग, सोनी गुरूङ्ग, देवी श्रेष्ठ लगायतले सहयोग गरेका थिए ।
त्यसै गरी नेलम्बो नेपालका फण्डिङ्ग एण्ड पार्टनरसीप संयोजक डा. किसन कोइराला, कार्यक्रम संयोजक भीमप्रसाद भण्डारी, निर्मला देवकोटा, शमिका बस्नेत, रवि गुरुङ्ग, रुपेस गुरुङ्ग, नम्रता ढुङ्गाना, कृष्ण प्रसाद देवकोटा, शुशिल त्रिपाठी, नर्सहरु रुपा पुन, एलिना खण्डकी, अस्मीता छिमाल, अन्जु वि.क. को टिम उपचारमा संलग्न भएको थियो ।
कार्यक्रममा मादी गाउँ पालिकाका स्वास्थ्य संयोजक गोपालचन्द्र बरालले नेलम्बो नेपाल र मादी गाउँ पालिकाले संयुक्त रुपमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी भएको र धेरै भन्दा धेरै सेवाग्राहीहरुले सेवा लिएको तथा लक्ष अनुरुप सेवा दिन सफल भएकोमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गरेका सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे ।
त्यसैगरी नेलम्बो नेपालका अध्यक्ष तथा समापन कार्यक्रमका प्रमुख अतिथि एकदेव देवकोटाले नेलम्बो नेपालले मादी गाउँपालिकासँग सहकार्य गरेर कार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले सिक्लेसमा आएर सेवा दिनु हुने सम्पूर्ण प्राविधि टिम, स्वयम् सेवक, गाउँपालिकको सहयोग, मादी गाउँपालिका वडा नं. १ लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
मादी गाउँपालिका वडा नं. १ का अध्यक्ष देवी जंग गुरुङ्गले नेलम्बो नेपाल्ल र मादी गाउँपालिकाको संयुक्त आयोजनामा र वडा नं. १ को स्थानीय व्यवस्थापनमा सञ्चालित कार्यक्रम पूर्ण सफल भएकोमा सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरे ।