मेष
आर्थिक पक्ष बलियो रहँदा नयाँ लगानीको अवसर समेत मिल्ने देखिन्छ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । मिहिनेतको उचित कदर हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । दाम्पत्य सहयोग पाइनेछ ।
वृष
व्यवसाय फस्टाउने छ । अपरिचित व्यक्तिको साथ पाइनेछ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । अरु दिन विरोध गर्नेहरु पनि सहमतिमा आउने छन् । स्वास्थ्यको भने ख्याल राख्नु होला ।
मिथुन
काम गर्ने वातावरण बन्नेछ । सद्विचारको उदय हुनेछ । टाढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार आउनेछ । अध्ययन–अध्यापन क्षेत्रमा रुचि जाग्नेछ । अधुरा कार्यलाई अघि बढाउन सकिनेछ ।
कर्कट
तपाईँको मिहिनेतमा अरुले नै रजाईँ गर्नेछन् । व्यर्थको कार्यमा समय वित्नेछ । सामान्य कार्यमा समेत अधिक मिहिनेत गर्नु पर्नेछ । आर्थिक पक्ष कमजोर बन्नेछ । मातृपक्षको सहयोगले अघि बढ्नुहोला ।
सिंह
विपक्षीहरु पनि मेलमिलापको वातावरणमा आउन बाध्य हुनेछन् । मनमा शान्तिको अनुभूति हुनेछ । शैक्षिक क्षेत्रमा चासो रहनेछ । साथीभाइसँगको रमाइलो यात्राको अवसर जुट्नेछ । शुभ खबर सुन्न पाइनेछ ।
कन्या
धन सञ्चय गर्ने वातावरण बन्नेछ । कुटुम्बको सहायताले कार्य बन्नेछन् । अल्छि गर्नाले मौका फुत्कन सक्छ, अल्लि जागरुक रहनु होला । व्यवहारिक पक्ष सबल रहनेछ । मांगलिक कार्यको निम्तो पाइनेछ ।
तुला
सृजनात्मक कार्यमा ध्यान जानेछ । आत्मकारक ग्रहको पूर्ण साथ मिलेको छ । बोलिकै भरमा ठूला कार्यहरु बन्नेछन् । विशिष्ट व्यक्तिसँग मित्रताको बन्धन गाँसिनेछ । व्यवसायबाट सुख सन्तोष मिल्ने देखिन्छ ।
बृश्चिक
आम्दानिको तुलनामा खर्चभार बढ्दा आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । शारीरिक कमजोरीको अनुभूति हुनेछ । नयाँ कार्य एवं लगानिले तनाब मात्र थपिनेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् ।
धनु
पढाइमा जोड दिँदा उच्च स्थान मिल्नेछ । आम्दानीका नयाँ बाटाहरु फेला पर्नेछन् । सान्दर्भिक कार्यको उठानले धेरैको साथ मिल्नेछ । व्यापार व्यवसायबाट मनग्य नाफा कमाउन सकिनेछ । हर्षको खबर सुन्न पाइनेछ ।
मकर
परिश्रमको उचित प्रतिफल मिल्दा हौसला थपिनेछ । कार्य क्षेत्र प्रति समर्पित भइनेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । मान्यजनसँग सहकार्य गर्ने अवसर जुट्नेछ । सामाजिक पदप्रतिष्ठा मिल्नेछ ।
कुम्भ
आर्थिक पक्षमा बढोत्तरी भएर जानेछ । स्वास्थ्यमा सुधार हुनेछ । पारिवारिक सहयोगले काम बन्नेछ । उत्साह, उमंग छाउनेछ । इमान्दारीपनको विकास हुनेछ । थालेका धेरै कार्यहरु बन्नेछन् । धार्मिक आस्था जाग्नेछ ।
मीन
हतारको निर्णयले समस्यामा परिनेछ । अरुको भर विश्वासमा बस्दा महत्वपूर्ण अवसर गुम्नेछ । शारीरिक आलस्यताले काम गर्न मन लाग्ने छैन । चिन्ता एवं पीरले सताउनेछ । कष्टकर परिस्थितिको सामना गर्नु पर्नेछ ।