पोखरा । दाँतको सरसफाई र उपचार शहरमै त ध्यान नपुग्ने विषय छ, गाउँमा कताको अस्पताल? कताको डाक्टर? अनि कता जँचाउन जाने फुर्सद? हो, यस्तै अवस्थामा नेलम्बो नेपाल नामक गैरसरकारी संस्था उपचार सामग्रीसहित पाँच दिनसम्म कास्कीको मादी गाउँपालिका पुगेर दाँतको जाँच र उपचार गरी फर्किएको छ । नेलम्बोको कार्यालय पोखरा-४ गैह्रापाटनमा छ । मादी कास्कीको पूर्वात्तर गाउँ हो । ३ महिनाभित्रै यस्तो उपचार एकै ठाउँमा गरिएको हो ।
नेलम्बो नेपालले मादी गाउँपालिकासँग समन्वय गरी गत जेठ २२ गते देखि २६ गते सम्म ४६६ जनाको दन्त परिक्षण दाँत निकाल्ने ,भर्ने, जरै देखि उपचार, सफा गर्ने, गिजाको उपचार दाँतको एक्सरे र लगायत सम्पूर्ण उपचार गराएको थियो । उक्त निःशुल्क दन्त शिविरमा उपचार गराएका विरामीहरुको पुनः परीक्षण र उपचार ( फलोअप ) यही भाद्र ०८ गते देखि १२ गते सम्म अर्को पाँच दिने शिविर सञ्चालन गरी मुख तथा दाँको पूर्ण उपचार दिन सफल भएको जनप्रतिनिधिहरुले बताउका छन् ।
सो शिविरमा दुई पटक गरी जम्मा ६६९ जना व्यक्तिहरुले प्रत्यक्ष लाभ लिएका बताइएको छ । शिविरमा ९० जनाले पुनः परीक्षण र ११३ जनाले नयाँ परिक्षण पनि गराएका थिए । उक्त शिविरमा मादी गाउँपालिकाका अध्यक्ष देवी जंग गुरूङ्गले नेलम्बो नेपालले जनतासँग प्रत्यक्ष जोडिने कार्य गरेकोमा आभार व्यक्त गरे र भने- आगामी दिनमा नेलम्बो नेपालसँग अन्य धेरै कार्य गर्न पनि तयार छौं ।
उक्त शिविरमा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेलम्बो नेपाल विपन्न समुदायमा र सक्रिय जनसहभागितामा कार्य गर्ने संस्था भएको बताए । त्यसै गरी मादी गाउँपालिकाका स्वास्थ्य संयोजक गोपाल चन्द बरालले नेलम्बो नेपालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै आगामी दिनमा अन्य स्वास्थ्य शिविर पनि सहकार्य गर्ने इच्छा व्यक्त गरे । त्यसै गरी मादी गाउँपालिका वडानं. ४ का अध्यक्ष शिव प्रसाद सापकोटाले आफ्नो वडामा नेलम्बो नेपालले दाँतको निःशुल्क शिविर सञ्चालन गरेकोमा हार्दिक धन्यवाद व्यक्त गरे ।
अर्कोतर्फ नेलम्बो नेपालले विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गर्दैछ । ती विद्यार्थीलाई लक्षित गरी गत असारमा छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको थियो । आवेदनहरुलाईलाई नेलम्बो नेपालको छात्रवृत्ति उपसमितिले अध्ययन अवलोकन गरी १० जना विद्यार्थीहरुलाई एक कार्यक्रम सञ्चालन गरी छात्रवृति हस्तान्तरण गरेको छ ।
सो छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरुलाई प्राविधिक तर्फ चालीस हजार रुपैयाँका दरले र अन्य तर्फ बीस हजार रुपैयाँका दरले छात्रवृति हस्तान्तरण गरेको हो । उक्त छात्र वृतिमा पोखरा १९ बस्ने संगीता अधिकारी, अन्नपूर्ण गाउँपालिका १ निवासी जयन्ती दाहाल र विवेक भण्डारी, मंगला गाउँपालिका २ म्यादी निवासी शुशिला किसन, धौलागिरि गाउँपालिका ४, म्यादी निवासी कल्पना पुन, अर्जुन चौपारी गाउँपालिका ५, स्याङ्गजा निवासी अनिषा परियार, पोखरा ३३ निवासी राजन आचार्य र सुशील आचार्य, कुश्मा नगरपालिका १५, पर्वत निवासी नेहा सुनार र पोखरा महानगरपालिका २८, कास्की निवासी सन्देश कँडेललाई नेलम्बो नेपालका अध्यक्ष देवकोटाले छात्रवृत्तिको सम्झौता हस्तान्तरण गरेका हुन् ।