मेष
आफन्तजनसँगको रमाइलो पल वित्नेछ । आर्थिक पक्ष मजबुत बन्नेछ । स्वदेश तथा विदेशबाट खुसीको खबर सुन्न पाइनेछ । पुराना मित्रसँगको मिलनले प्रफुल्लित भइनेछ । शैक्षिक गतिविधिमा उन्नति हुनेछ ।
वृष
मिहिनेत अनुसारको प्रतिफल मिल्दा काम गर्ने हौसला थपिनेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सफल भइनेछ । पारिवारिक समस्या हल हुनेछ । खुसी बढ्नेछ । असहज परिस्थितिको अन्त्य हुनेछ ।
मिथुन
आफ्ना लागि भन्दा अरुका काम व्यवहारमा समय खर्चनु पर्नेछ । नयाँ कार्यको थालनिले तनाब मात्र थपिनेछ, सतर्क रहनु होला । सान्दर्भिक कार्यमा ध्यान पुग्ने छैन । शोकप्रद खबरले चिन्तित बनाउनेछ ।
कर्कट
हर्षको खबर मिल्नेछ । आकस्मिक धन लाभको योग बनेको छ । पराक्रम बढेर जानेछ । धेरै क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ । परिश्रमको सही मूल्यांकन मिल्दा काम गर्ने जाँगर थपिनेछ ।
सिंह
सामजिक पद प्रतिष्ठा मिल्नेछ । धन संचय गर्न मन लाग्नेछ । अरु दिन भन्दा अध्ययनमा रुचि बढ्नेछ । सामान्य चुनौतिको सामना गर्नु परेता पनि अडिक भएर लागि पर्दा सफल भइनेछ । बोलिको कदर हुनेछ ।
कन्या
सहमतिबाट समस्याको निराकरण हुनेछ । विशिष्ट व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । पूराना समस्याको समाधान रचिने छ भने नयाँ कार्य योजनाहरु बन्ने छन् ।
तुला
अनावश्यक कार्यमा समय वित्ने देखिन्छ । खर्च एवं परेशानीले छाड्ने छैन । टाढाको यात्रा त्यत्ति उपयुक्त देखिन्न । वैचारिक वेमेलका कारण विवादमा परिन सक्छ, बोली बचनमा सजक रहनु होला ।
बृश्चिक
व्यवसायबाट उचित रुपमा लाभ मिल्दा हर्ष बढ्नेछ । विद्यार्थी वर्गका लागि अवसर मिल्नेछ भने, शैक्षिक गतिविधिमा समेत उन्नति हुनेछ । सुख सन्तोष मिल्नेछ । आम्दानीका नयाँ स्रोतहरु जुट्ने छन् ।
धनु
सुख सुविस्ताका साधनहरु जुट्ने छन् । साझेदारी कार्यबाट उचित प्रकारको लाभ मिल्नेछ । कलात्मक कार्यमा विशेष चासो रहनेछ । कर्म क्षेत्रमा नयाँ अवसर मिल्नेछ । माया प्रेमको बन्धन कसिलो बन्नेछ ।
मकर
धार्मिक कृत्यमा सहभागी हुने अवसर मिल्नेछ । व्यापार व्यवसायमा सुधार हुनेछ । सोचेका कार्यहरु एकाएक पूरा हुँदा खुसी लाग्नेछ । परोपकारी कार्यमा समय विताउन पाइनेछ ।सद्विचार आउनेछ ।
कुम्भ
अनावश्यक कार्यमा भुल्दा गर्नैपर्ने कार्य भने अधुरै रहने छन् । गोपनियता बाहिरीँदा समस्यामा परिन सक्छ, संयम रहनु होला । अध्ययमा ह्रास आउनेछ । जिद्दिपनले गर्दा काम कार्य विग्रन सक्छ, मैत्री भाव राख्नुहोला ।
मीन
नेतृत्वदायी कार्यको जिम्मेवारी मिल्नेछ । अपरिचित व्यक्तिको सहयोगले कार्य बन्नेछन् । काम गर्ने कलाको प्रसंसाले उत्साह थपिनेछ । आकर्षण शक्ति बढेर जानेछ । पतिपत्नि बिचको सम्बन्ध सुमधुर रहनेछ ।