मिति २०७९।०१।३० गते स्थानीय निर्वाचनको सङ्घारमा बिहान नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाने सडकखण्डमा अज्ञात ब्यक्तिहरुद्वारा LPG सिलिण्डरमा आगो लगाई विष्फोट गराउने ब्यक्तिहरु पक्राउ परेका :छन्।
मिति २०७९।०१।३० गते स्थानीय निर्वाचनको सङ्घारमा बिहानको २:०० बजे का.जि.का.म.न.पा वडा नं. ३१ स्थित नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाने सडकखण्डमा अज्ञात ब्यक्तिहरुद्वारा LPG सिलिण्डरमा आगो लगाई विष्फोटन गराउन लागेको सूचना प्राप्त हुने बितिकै प्रहरी बृत्त नयाँ बानेश्वरबाट प्रहरी निरीक्षकसहितको प्रहरी टोली परिचालित भएकोमा प्रहरी टोली पुग्नु भन्दा केहि मिनेट मात्रको अन्तरालमा आगो लगाइएको उक्त LPG सिलिण्डर बिष्फोटन भएको, प्रहरी टोलीले ठूलो क्षति हुनबाट जोगिएको थियाे । बिष्फोटन गराउने कार्यमा संलग्न ब्यक्तिहरु भागी फरार भएका थिए।
बिष्फोटनबाट B. K. Complex मा रहेको दृष्टि आँखा केन्द्र लेखिएको भवन तथा Shine Global Educational Consultancy रहेको घरको शिशा फुट्न गई क्षति भएको ।
राजधानी काठमाण्डौमै बिष्फोटन गराई मुलुकभर आतङ्क फैलाई सोही दिन हुन गई रहेको स्थानीय निर्वाचनलाई अवरुद्ध पार्ने दुषित मनसाय ‘Malafide Intention’ सहितको कार्यमा संलग्न ब्यक्तिहरुको पहिचान तथा खोजतलासको लागि उपत्यकामा बिशेष प्रहरी टोली संलग्न ‘Operation Eco Sierra’ परिचालन गरिएको ।
अनुसन्धानका बिविध बिधि तथा प्रविधिहरुको प्रयोग गरी सुक्ष्म अनुसन्धान गर्ने कार्यमा संलग्न प्रहरी टोलीद्वारा उक्त बिष्फोटन कार्यमा संलग्न ब्यक्तिहरुलाई प्रमाण सहित पक्राउ गरिएको छ ।
(क) पक्राउ परेका ब्यक्तिहरु:
गोरखा जिल्ला लखन गा.पा वडा नं.५ घर भई हाल का.जि. कपन बस्ने वर्ष २९ को हरि कृष्ण थापा, काभ्रे,जिल्ला तेमाल गा.पा. वडा नं.९ घर भई हाल जि. ललितपुर, वडा नं. ५ टिकाथली बस्ने वर्ष २८ को करण श्रेष्ठ , भोजपुर, राम प्रसाद राई गा.पा. ६ घर भई हाल जि. भक्तपुर, चागुनारायण न.पा. १ दुवाकोट बस्ने वर्ष २८ को युवराज थापा र खोटाङ कोटेहाङ गा. पा. वडा नं. ८ घर हुने बर्ष ३६ को बि. के. सिं भन्ने भरत कुमार राई छन् ।
भरत कुमार राई उपर यस अघि समेत बिभिन्न मितिमा हातहतियार खरखजना, बैकिङ कसूर तथा कर्तव्य ज्यान मुद्धामा पक्राउमा परी कारवाही भएको , Social media मा Face Book ID Communist Party of Nepal Xian रहेको , पछिल्लो समयमा निज राईद्वारा मिडियाको आवरणमा छद्मभेषी स्वरुप (disguise) धारण गरी जनताको सुसुचित हुन पाउने अधिकारलाई तोडमरोड (distort) गरिनुका साथै छुट्टै समूह बनाई बिष्फोटनमार्फत सर्वसाधारण जनतामा डर, त्रास फैलाई स्थानीय तहको निर्वाचन बिथोल्ने र भुमिगत गिरोहको नाममा जनतामा आतङ्क मच्चाई आर्थिक उपार्जन गर्ने कुत्सित उद्देश्य रहेको खुल्न आएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धानका बिविध बिधि र प्रविधिकोसमेत प्रयोग गरी सुक्ष्म अनुसन्धान गरी जिल्ला सरकारी वकीलको कार्यालय मार्फत सम्मानीत काठमाण्डौ जिल्ला अदालतमा मुद्दा पेश गरिएकोमा बहश, पैरवी पश्चात मिति २०७९।०२।२६ गतेको सम्मानीत काठमाण्डौ जिल्ला अदालतको आदेशले निज ४ जना प्रतिवादीहरु पुर्पक्षको लागि , डिल्लीबजार श्री कारागार चलान गरिएको छ ।