अफगानिस्तानको खानाबाद शहर नजिकैको कुन्दुज प्रान्तमा तालिबान रहेको स्थानहरुमा भएको अमेरिकी हवाई हमला हेरिरहेका उत्तरी गठबन्धनका सैनिकहरु । सेप्टेम्बर ११ हमलापछिको केही महिनामै तालिबान नेतृत्वको अफगानिस्तानमा अमेरिकी नेतृत्व गठबन्धनको शासन सुरु भएको २० वर्ष पुगिसक्यो । अफगानिस्तानको लागी, यो २० बर्ष को परिवर्तन हो ।
२००१ नोभेम्बर २४ मा कुन्दुज राज्य कब्जा गर्ने क्रममा तालिबान लडाकु ।
अफगानिस्तान, तोरा बोराको सेतो पर्वतमा अल-कायदाका लडाकुहरु माथि बम विष्फोट गराउने अमेरिकी युद्धक विमान हेर्दै तालिबान विरोधी लडाकू । तालिबान विरोधी सेना र अमेरिकी लडाकु विमानले तोरा बोरा पर्वत र अल कायदाका लडाकुहरुलाई कब्जा गरेका थिए । (१० डिसेम्बर, २००१)
अफगानिस्तानको कान्दाहारको १०० किलोमिटर दक्षिणपूर्व स्पिन बोल्डकको बाहिरी इलाकामा आफ्नो गाउँ पार गरीरहेका पाँचौं स्ट्राइकर ब्रिगेडका सैन्य सवारी साधनहरु हेर्दै एक बालक । (६ अगष्ट, २००९)
अर्घाण्डब उपत्यका, कमाण्ड आउटपोस्ट नोलेन नजिकै सुधारित खानीमा पाइला टेक्दा गम्भीर घाइते भएका एक अमेरिकी सैनिकलाई उपचारका लागि हेलिकप्टरमा लग्दै अमेरिकी सेना । (जुलाई ३०, २०१०)
अफगानिस्तान, कान्दाहार प्रान्तको सडक किनारमा अक्टोबर १०, २०१० मा भएको बम हमलामा मारिएका अमेरिकी सैनिकहरुको शव अमेरिकी झण्डाले छोपेर अमेरिकी वायु सेनाको मेडेभ्याक हेलिकप्टरको पछाडि सवार प्यारासेक्यु सदस्यहरु ।
अहमद शाह मसूदको मृत्युको ११ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोहमा फूलमाला लगाएको उनको तस्बिर बोक्दै अफ्गानिहरु । उनी अल कायदाको आत्मघाती बम विष्फोटमा मारिएका थिए । माल्यार्पणको उर्दू लेखन छ "गुलाम हैदर खान हाई स्कूल बाट।"
अफगानिस्तानको काबुललाई हेर्दै पहाडमा चङ्गा उडाउँदै एक बालक । तालिबान शासनकालमा चङ्गा उडाउन प्रतिबन्धित थियो ।
एक अमेरिकी चिनूक हेलिकप्टर अफगानिस्तानको काबुलमा रहेको अमेरिकी दूतावास नजिकै उड्दै । राष्टपति घनी यही हेलीमा भागेको अनुमान स्थानीयहरुको छ । (अगष्ट १५, २०२१)
राष्ट्रपति घनीले देश छोडेपछि देशको शक्तिकेन्द्र मानिएको राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएका तालिबान लडाकु ।
तालिबान शासन सुरु हुने निष्चित भएपछि देश छोडेर भाग्नेहरुको भीड ।
अफ्गानिस्तान छोड्दै अमेरिकी सेना ।