मेष
मनमा प्रसन्नता छाउनेछ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय हुने देखिन्छ । विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।
वृष
अध्ययन अध्यापनमा रुचि र मनमा खुसी छाउने छ । यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । यात्रा गर्नुभन्दा पहिले दहीको सेवन गर्नुहोला ।
मिथुन
परिवार र आफन्तसंग विवाद हुनसक्छ । मित्र र व्यापारमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ मौन रहेर काम गर्दा तपाईंलाई फाइदा हुन्छ ।
कर्कट
आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईंप्रति राग राख्ने मित्रसमेत सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । आकस्मिक धनलाभ हुनेछ ।
सिंह
घरपरिवार र मित्रसँग अनावश्यक विवाद होला । लामो दुरीको यात्रा पनि नगर्नु राम्राे । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट सहयोग मिल्नेछ । चन्द्रमाको साथ रहेको छ ।
कन्या
दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ । कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईंले गरेको कामको मान सम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ ।
तुला
समय अनुकुल देखिएको छ । स्वास्थ्यमा ध्यान दिनुहोला । सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आर्थिक लाभ र मानसम्मान प्राप्त हुनेछ योग रहेको छ । आकस्मिक धनलाभ हुनेछ । आफ्नो कर्मयात्रामा निरन्तर लाग्नुहोला ।
वृश्चिक
व्यापारबाट लाभ हुने देखिन्छ । कार्य सफलता, आफन्त र मित्रजन भेटघाट। सरकारी काममा अवरोध भएकोमा आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।
धनु
काममा सफलता मिल्नेछ । मित्र र आफन्त भेटले सकारात्मक उर्जा थपिने । अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउनेछ । पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।
कुम्भ
स्वास्थ्यमा समस्या, यात्रामा बाधा, मनमा अशान्ति, सोचअनुसारको काममा कठिनाई हुनेछ । व्यापारमा धैर्यपूर्वक कार्य गर्नुहोला ।
मीन
दाम्पत्य जीवनमा सुख, परिवारका सदस्यसँग सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ, व्यापारबाट नसोचेको फाइदा मिल्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । सिर्जनात्मक कार्यमा समय जाला।