मेष : रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । कुनै तीर्थस्थलीको यात्रा गरेर काम गर्दा सफलता मिल्नेछ ।
वृष
व्यापारबाट प्राप्त हुने धनले अत्यन्त खुसियाली मिल्नेछ । ब्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । तपाईंभित्र सकारात्मक सोच हुन जरुरी छ ।
मिथुन
परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । तपाईंभित्र मनमा पनि निराशा उत्पन्न हुनेछ । चन्द्रमाको साथ छ ।
कर्कट
आज शुभ छ । आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । कसैसँग विवाद र झगडा नगर्नुहोला, कसैसँग विवाद भयो भने तपाईं र तपाईंसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।
सिंह
परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र यात्रा गर्नुहोला । परिवारका सदस्यले तपाईंलाई अनावश्यक आरोपसमेत लगाउनसक्नेछन् । कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ ।
कन्या
मित्र र आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ ।
तुला
काम सफलता मिल्नेछ । कार्यमूलक यात्रा हुनेछ । शुरु गरेकाे कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला । शुक्रबार गरिएको कारोबारकाे फल छिटो प्राप्त नहुनसक्छ ।
वृश्चिक
आज कार्ययोजना अनुसार काम गरेमा सफलता मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिए कार्यमा सफलता मिल्नेछ । कसैसँग पनि विवाद हुने काम र कुरा नगर्नुहोला ।
धनु
आजको दिन राम्रो छ । तपाईंको सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ ।
मकर मानसम्मान मिल्ने योग छ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । अर्थलाभका कामबाट मनमा हर्ष छाउनेछ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।
कुम्भ
आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आज कसैससँग अनावश्यक विवाद नगर्नुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ ।
मीन
बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लगाउनु होला । अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाको काममा समय दिनु भए राम्रो हुनेछ ।