बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा हुँदैछ । प्रधानमन्त्री देउवाले (बिमस्टेक)को पाँचौ शिखर सम्मेलनलाई बुधबार भर्चुअल सम्बोधन गर्दैछन् ।
उनले सम्मेलनलाई काठमाडौंबाट भर्चुअल सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताएकी छन् । ‘प्रधानमन्त्रीज्यूले बुधबार बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ,’ उनले भनिन् ।
बिमस्टेकको पाँचौ शिखर सम्मेलनमा कोलम्बोमा सदस्य राष्ट्रहरुबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर हुने प्रवक्ता लम्सालले जानकारी दिइन् ।
उनका अनुसार बुधबार हस्ताक्षर हुने सम्झौतापत्रमा बिमस्टेक बडापत्र, आपराधिक मामिलामा आपसी कानुनी सहायता सम्बन्धी बिमस्टेक महासन्धी, श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आवद्धताको सम्झौता र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोग सम्बन्धी बिमस्टेक समझदारीपत्र रहेका छन् ।
शिखर सम्मेलनअघि मंगलबार कोलम्बोमा बिमस्टेक विदेशमन्त्री स्तरीय बैठक बसेको थियो । बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्का सहभागी भएका थिए । उनलो बैठकलाई सम्बोधन गरेका थिए ।
‘बिमस्टेक शिखर सम्मेलनमा चारवटा दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताइन् ।
लम्सालका अनुसार बुधबार हस्ताक्षर हुने सम्झौतापत्रमा बिमस्टेक बडापत्र, आपराधिक मामिलामा आपसी कानुनी सहायता सम्बन्धी बिमस्टेक महासन्धी, श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आवद्धताको सम्झौता र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोग सम्बन्धी बिमस्टेक समझदारीपत्र रहेका छन् ।