काठमाडौंको डेरामा पसेर लाखौं रुपैयाँको गहना र नगद चोर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतबाट ४ दिन हिरासतमा राख्ने अनुमति लिएको छ । चैत १३ गते दिउसो २ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. ३२ नरेफाँटमा तिलमाया मगरको कोठाबाट गरगहना र नगद तोरेको अभियोगमा राजेश पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।
नरेफाँटस्थित कामाख्या पेट्रोल पम्प नजिक राम कर्माचार्यको साढे चार तल्ले पक्की घरको तेस्रो तल्लामा डेरा गरी बस्ने जिल्ला रामेछाप दोरम्बा गाउँपालीका वडा नं. ३ स्थायी घर भएकी वर्ष ३० की तिल माया मगरको कोठामा पाख्रिनले चोरी गरेको प्रहरीको भनाइ छ ।
महानगरीय प्रहरी कोटेश्वरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सिन्धुली सितलपाटी गा.पा.-१ स्थायी घर भई हाल ललितपुर चापागाउँ बस्ने वर्ष २४ को राजेश पाख्रिनलाई पक्राउ गरिएको पनि प्रहरीले बताएको छ ।
उनको साथबाट नगर चोरीका गहना र नगद बरामद गरिएका छन् । बरामद गरिएका वस्तुहरुमा सुनको जस्तो देखिने मिनी रानी हार, २ तोला ७१ लाल (३१.६२ ग्राम), मुल्य रु.२,७३,४३९; सुनको जस्तो देखिने बाला १ तोला ८८ लाल (२१.९३ ग्राम),मुल्य रु. १,८९,६९२; सुनको जस्तो देखिने राम लिला झुम्का,९९. ०३ लाल (११.५९ ग्राम) मुल्य रु. १,००,१९३; र सुनको जस्तो देखिने लेडिज औंठी ,९७.०९ लाल (११. ४२ ग्राम) मुल्य रु.९८, ७८१ रहेको प्रहरी विवरणमा उल्लेख छ ।
साथै सुनको जस्तो देखिने जेन्स औंठी, ६० लाल (७.०७ ग्राम) मुल्य रु.६०,५४०; चाँदीको जस्तो देखिने वस्तु, ५ तोला ९० लाल (६८. ८३ ग्राम) मुल्य रु.८,२६० र नगद रु.२८,३३० गरी कूल रु. ७,५९,२३५ । - (अक्षरुपी सात लाख उनान्साठ्ठी हजार दुई सय पैतीस रुपैंया मात्र) बरामद भएको प्रहरीले जनाएको छ ।