![](/ckfinder/core/connector/php/../../../../uploads/editor/276211572_5142323962496170_8397760678139666120_n.jpg)
तिमिल्सिना समाज नेपालको १० औं महाधिवेशनले युवा उद्यमी दीपकराज तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । न्याश्नल ल कलेज, सानेपामा सम्पन्न महाधिवेशनले अध्यक्षसहित नयाँ कार्य समिति चयन गरेको हो ।
३५ सदस्सीय नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा कपिल तिमिल्सिना चयन भएका छन्। उपाध्यक्षहरूमा हरिप्रसाद तिमिल्सिना, चन्द्रमणि तिमिल्सिना, राजु तिमिल्सिना, जगत तिमिल्सिना, भक्तिराम तिमिल्सिना र दुर्गाप्रसाद तिमिल्सिना चयन भएका छन्। महासचिवमा होमप्रसाद तिमिल्सिना, सचिवमा टपेन्द्र तिमिल्सिना, कोषाध्यक्षमा हिरादेवी तिमिल्सिना तथा सह-कोषाध्यक्षमा जयराम तिमिल्सिना चयन भएका छन्।
सदस्यहरूमा शिवराज तिमिल्सिना, दीर्घराज तिमिल्सिना, भवानी तिमिल्सिना, सुरज तिमिल्सिना, नविन तिमिल्सिना, भोजराज तिमिल्सिना, भेजप्रसाद तिमिल्सिना, प्रल्हाद तिमिल्सिना, बालकृष्ण तिमिल्सिना, मधुमाया तिमिल्सिना, ममता तिमिल्सिना, बासुदेव तिमिल्सिना, गंगाधार तिमिल्सिना, नानीमाया तिमिल्सिना, सीता तिमिल्सिना, संजय तिमिल्सिनालगायत छन्।
नयाँ कार्यसमितिको पहिलो बैठकले समाजको वंशावली निर्माण गर्ने, आगामी ६ महिनाभित्र प्रदेश समिति निर्माण गर्ने लगायत निर्णय गरेको समाजका साविकका अध्यक्ष नवराज तिमिल्सिनाले जानकारी दिए ।
महाधिवेशनमा प्रमुख अतिथि समावेशी आयोगका अध्यक्ष डा राम कृस्ण तिमिल्सिना थिए भने विशिष्ट अतिथि समावेशी आयोगका सदस्य तथा प्रवक्ता पुष्पराज तिमिल्सिना थिए । कार्यक्रममा अधिकार सम्पन्न वागमती सभ्यता आयोजनाका प्रमुख उद्धव तिमिल्सिना र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा. नेत्र तिम्सिना लगायत सहभागी थिए ।
महाधिवेशनमा ६० जिल्लाबाट प्रतिनिधित्व रहेको बताइएको छ । पद हस्तान्तरण गर्दै अध्यक्ष नवराज तिमिल्सिनाले आफ्नै कार्यकालको समितिले वंशावली निर्माणका लागि करिब २३ लाख रुपैयाँ संकलन गरेको उल्लेख गरे ।