वि.सं. २०७८ साल चैत्र १२ गते शनिबार, तदनुसार ई.सं. २०२२ मार्च २६ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, वसन्तऋतु, चान्द्रमान अनुसार चैत्रकृष्णपक्षको नवमी तिथि वेलुका ८:४२ बजेसम्म, त्यसपछि दशमी रहनेछ ।
नक्षत्र : पूर्वषाढा दिवा ३:३८ बजेसम्म, त्यसपछि उत्तरषाढा रहनेछ ।
विष्कुंभादी योग : परिघ वेलुका ११:४९ बजेसम्म, त्यसपछि शिव रहनेछ ।
आनन्दादी योग : मातड्ड ।
करण : तैतिल पूर्वान्ह ९:५२ बजेसम्म, त्यसपछि वणिक् रहनेछ ।
श्रीसूर्य : मीन राशिमा, चन्द्रमा : धनु राशिमा वेलुका ९:१५ बजेसम्म रहनेछ ।
सूर्याेदय : ६:०४ बजे, सूर्यास्त : बेलुका ६:१७ बजे हुनेछ ।
मेष : धर्मकर्ममा रुचि बढ्नेछ । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । सहयोगीहरुको उचित साथ मिल्दा थालेका अधिकांश कार्यले स्थान पाउने छन् । नयाँ ठाउँको अवलोकन गर्न पाइनेछ ।
वृष : स्वास्थ्य समस्याले सताउनेछ । लहैलहैमा लाग्दा आर्थिक नोक्सानी व्यहोर्नु पर्नेछ । बोलिकै कारण मान्यजनसँग वैरभाव रहनेछ । प्रतिक्षित नतिजामा गिरावट आउँदा दु:ख लाग्नेछ । संयम रहनु होला ।
मिथुन : आकस्मिक धन लाभको संकेत देखिन्छ । मायाप्रेमको बन्धन कसिलो बन्नेछ । नयाँ पदप्रतिष्ठा मिल्नेछ । सकारात्मक सोच विचार रहनेछ । मेलमिलपको वातावरणले गर्दा कार्य गर्न सहज हुनेछ । दिन शुभ रहनेछ ।
कर्कट : अल्छि गर्ने बानीले पछि परिन सक्छ अल्लि जागरुक रहनु होला । आर्थिक दृष्टिले भने दिन शुभ रहेको छ । काम गर्ने जोश जाँगर बढ्नेछ । व्यापार–व्यवसायमा नयाँ संझौता हुनेछ । दिन मिश्रीत फलदायी रहनेछ ।
सिंह : सन्तानको साथ सही रुपमा मिल्नेछ । बौद्धिक क्षमताको विकास हुनेछ । अध्ययन अध्यापन एवं प्रतिष्पर्धात्मक काम कार्यमा विजयी भइनेछ । नोकरीमा सामान्य झमेला आइलाग्नेछ । स्वास्थ्य कमजोर बन्नेछ ।
कन्या : नकारात्मक काम कार्यमा मन जानेछ, सतर्क रहनु होला । श्रमको उचित मूल्यांकन नमिल्दा कार्य गर्न मन लाग्ने छैन । स्वास्थ्य कमजोर बन्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । सोचेर निर्णय लिनुहोला ।
तुला : साझेदारी कार्यको आरम्भ हुनेछ । शुभ समाचार सुन्न पाइनेछ । आर्थिक पक्ष बलियो रहने छ । शारीरिक स्फूर्तिको अनुभूति हुनेछ । एकल प्रयासले नै धेरै कामकार्यहरु बन्नेछन् । नयाँ मित्र बनाइनेछ ।
बृश्चिक : विपक्षीलाई समेटेर मेलमिलाप गर्नु उचित हुनेछ । सामान्य अन्योलको वातावरण बनेता पनि कुटुम्बको सहयोगले कार्य गर्दा सफल भइनेछ । अचल सम्पत्ति जोडिनेछ । वक्तव्य कलाको बृद्धि विकास हुनेछ ।
धनु : असंभव कार्यलाई पनि सहज तवरले गर्न सक्दा प्रशंसकहरु बढ्ने छन् । बन्धुबान्धवसँगको आकस्मिक रमाइलो जमघट हुनेछ । पुराना समस्यालाई हल गर्न सकिनेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ ।
मकर : मानसिक चिन्ता, पीरले सताउनेछ । हतारको निर्णयले पछुताउनु पर्नेछ । मन खिन्न रहनेछ । व्यर्थको कार्यमा भुल्नाले समयको बरवादी मात्र हुनेछ । अरुको निर्णयमा हिँड्दा दु:ख, कष्ट व्यहोर्नु पर्ला ।
कुम्भ : दिन शुभ रहनेछ । गरेका कार्यबाट सन्तोषजनक लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ । नयाँ प्रविधिको प्रयोगले व्यवसायमा आयदर बढाउन सकिनेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । हर्ष बढ्नेछ ।
मीन : सृजनात्मक कार्यमा मन जानेछ । जिम्मेवारी बढ्नेछ । कर्म प्राप्तिको योग बनेको छ । सामाजिक पदप्रतिष्ठा थपिनेछ । अग्रज व्यक्तिको साथ मिल्दा महत्वपूर्ण कार्य बन्नेछ । परिश्रम अनुसारको प्रतिफल पाइनेछ ।