वि.सं. २०७८ साल चैत्र १० गते बिहीबार, तदनुसार ई.सं. २०२२ मार्च २४ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, वसन्तऋतु, चान्द्रमान अनुसार चैत्रकृष्णपक्षको सप्तमी तिथि रात्रि १:२८ बजेसम्म, त्यसपछि अष्टमी रहनेछ ।
नक्षत्र : ज्येष्ठा वेलुका ६:५७ बजेसम्म, त्यसपछि मूल रहनेछ ।
विष्कुंभादी योग : सिद्ध पूर्वान्ह ०९:०५ बजेसम्म, त्यसपछि व्यतिपात रहनेछ ।
आनन्दादी योग : काल ।
करण : भद्रा दिवा २:४१ बजेसम्म, त्यसपछि बालव रहनेछ ।
श्रीसूर्य : मीन राशिमा, चन्द्रमा : बृश्चिक राशिमा वेलुका ६:५७ रहनेछ ।
सूर्याेदय : ६:०६ बजे, सूर्यास्त : बेलुका ६:१६ बजे हुनेछ ।
(आज : विश्वक्षयरोग निवारण दिवस)
(भोलि : अष्टमीव्रत, गोरखकालीपूजा, शीतलाष्टमी)
मेष : विश्वास गरेका व्यक्तिले धोका दिन सक्छन्, सजक रहनु होला । स्वास्थ्य कमजोर नै रहला । आर्थिक लेनदेनमा समस्या उत्पन्न हुनेछ । सोचे अनुरुप कार्य नबन्दा नैराश्यता छाउनेछ । चिन्ता बढ्नेछ ।
वृष : ऐतिहासिक कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ पाइनेछ । विशिष्ट कार्यको जिम्मेवारी मिल्नेछ । पतिपत्नी बिचको सम्बन्ध प्रगाढ रहनेछ । उत्साह उमंग छाउनेछ । मन मिल्ने व्यक्तिसँग भेट हुनेछ ।
मिथुन : समर्थकहरु बढ्ने छन् । विपक्षी समेत मेलमिलापमा आउन बाध्य हुनेछन् ।सामान्य झमेला आइलागे तापनि दृढताका साथ कार्यमा लाग्नुहोस्, जित तपाईँको नै हुनेछ । आर्थिक पक्ष बलियो नै रहनेछ ।
कर्कट : भोजभतेरको निम्तो पाइनेछ । मानसिक क्षमताको कदर हुनेछ । शत्रू पक्ष कमजोर बन्ने छन् । अघिदेखिका समस्या हल भएर जानेछन् । स्वास्थ्यमा सुधार हुनेछ । बौद्धिक क्षमताको बृद्धि विकास हुनेछ ।
सिंह : श्रमको सही मूल्यांकन मिल्ने छैन । दैनिक गर्दै आएका कार्यमा समेत समस्या सृजना हुनेछ । आफन्तजनसँग नै विवाद होला । असन्तोषी प्रवृत्तिले सताउनेछ । मातृ पक्षको साथ सहयोगले कार्य गर्नुहोला ।
कन्या : साथीसंगीसँगको रमाइलो जमघट हुनेछ । पराक्रम बढेर जानेछ । कृषि एवं बन्दव्यापारमा लाग्ने व्यक्तिहरुका लागि आजको दिन विशेष लाभकारक रहनेछ । हर्ष बढ्नेछ । सृजनात्मक कार्यमा मन रमाउला ।
तुला : मन खुसी रहनेछ । अचल सम्पत्तिमा गरेको लगानिले दिगो रुपमा लाभ लिन पाइनेछ । द्वितीय भावमा स्थित चन्द्रमा ग्रहका प्रभावले अलमलको वातावरण बन्न सक्छ, पूर्व तयारीका साथ कार्यमा लाग्नु होला ।
बृश्चिक : भौतिक सुख सुविस्ताका साधनहरु जुट्ने छन् । मान्यजनसँग सहकार्य गर्ने अवसर मिल्नेछ । बोलिकै भरमा ठूला ठूला कार्य बन्ने छन् । शैक्षिक क्षेत्रमा चासो रहनेछ । समय सुधारोन्मुख रहेको छ ।
धनु : असन्तोषी प्रवृत्ति रहनेछ । टाढाको यात्रा कष्टकर रहला । व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण अवसर फुत्कनेछ । आम्दानिको तुलनामा खर्चको मात्रा ज्यादा हुँदा तालमेल मिलाउन गाह्रो पर्नेछ । संयम रहनु पर्नेछ ।
मकर : सुखसुविस्ताका साधनहरु जुट्ने छन् । सानो लगानिले नै धेरै लाभ मिल्दा, हर्ष बढ्नेछ । आय मूलक कार्यमा ध्यान जानेछ । अवसरहरुहले पछ्याउने छन् । नयाँ मित्र बनाइनेछ । आकस्मिक लाभ हुनेछ ।
कुम्भ : धेरैको विश्वासको पात्र भइनेछ । शैक्षिक क्षेत्रमा उन्नतिको संकेत देखिन्छ । विशिष्ट व्यक्तिसँग सम्पर्क बढ्नेछ । आर्थिक पक्ष बलियो रहँदा लगानि गरिनेछ । विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी मिल्नेछ ।
मीन : रोकिएका वित्तिय कारोवारले गतिलिनेछन् । स्वास्थ्यमा सुधार हुनेछ । अवसर प्राप्तिको योग बनेको छ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । परोपकारी कार्यमा सहभागी भइनेछ । जिम्मेवारी बढ्नेछ ।