वि.सं. २०७८ साल चैत्र ९ गते बुधबार, तदनुसार ई.सं. २०२२ मार्च २३ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, वसन्तऋतु, चान्द्रमान अनुसार चैत्रकृष्णपक्षको पञ्चमी तिथि विहान ६:०८ बजेसम्म, त्यसपछि षष्ठी रहनेछ ।
नक्षत्र : अनुराधा वेलुका ८:३५ बजेसम्म, त्यसपछि ज्येष्ठा रहनेछ ।
विष्कुंभादी योग : वज्र दिवा १२:०७ बजेसम्म, त्यसपछि सिद्ध रहनेछ ।
आनन्दादी योग : सौम्य ।
करण : गर वेलुका ५:०१ बजेसम्म, त्यसपछि भद्रा रहनेछ ।
श्रीसूर्य : मीन राशिमा, चन्द्रमा : बृश्चिक राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्याेदय : ६:०७ बजे, सूर्यास्त : बेलुका ६:१६ बजे हुनेछ ।
(भोलि : विश्वक्षयरोग निवारण दिवस)
मेष : शारीरिक आलस्यताका कराण काम गर्न मन लाग्ने छैन । आफन्तजनसँग नै बैरभाव उत्पन्न हुनेछ । आम्दानी घट्नेछ । गर्नैपर्ने कार्यमा समेत ढिला सुस्तीले गर्दा पछि परिनेछ । लक्ष्यमा पुग्न कडा परिश्रम गर्नुपर्ला ।
वृष : माया प्रेमको बन्धन कसिलो बन्नेछ । भविष्यका लागि नयाँ कार्ययोजना रचिनेछ । व्यवसायबाट उचित लाभ उठाउन सक्दा हौसला थपिनेछ । मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने मौका मिल्नेछ ।
मिथुन : व्यवसायबाट मनग्य नाफा कमाइनेछ । लामो समयदेखि रोकिएका कार्यले स्थान पाउने छन् । नयाँ तौर तरिकाको प्रयोगले गर्दा नाफा दर बढाउन सकिने छ । काम गरेर सन्तुष्टि मिल्नेछ । व्यवहारिक पक्ष सबल रहनेछ ।
कर्कट : अध्ययन अध्यापन क्षेत्रमा प्रगतिको संकेत देखिन्छ । सन्तानको साथ सहयोगले कार्य बन्नेछ । पारिवारिक जमघटले मन रमाइलो वातावरण बन्नेछ । सुख, शान्तिको अनुभूति हुनेछ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ ।
सिंह : नयाँ कार्यको थालनिले समस्या ल्याउनेछ । प्रतिक्षित नतिजामा गिरावट आउला । झन्झटिला परिस्थितिको सामना गर्नुपर्नेछ । गोपनियता बाहिरिँदा विपक्षीको विजय हुनेछ । अध्ययनमा अल्लि जोड दिनु पर्नेछ ।
कन्या : श्रमको सहीरुपमा मूल्याङ्कन मिल्नेछ । दाजुभाइको सहयोगले महत्वपूर्ण काम बन्नेछ ।साझेदारी काम कार्यको सुरुवाती हुनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी लाग्नेछ । उदारपन रहनेछ ।
तुला : बोलिकै भरमा काम बन्नेछन् । घरायसी समस्या हल भएर जानेछ । अध्ययनमा रुचि बढ्नेछ । धन सञ्चय गर्न मन लाग्नेछ । लगनशिल भएर लाग्दा प्रशंसकहरु बढ्नेछन् । देशदेशान्तरसम्म आफ्नो प्रभुत्व रहनेछ ।
बृश्चिक : स्वास्थ्य ठीकठाक नै रहनेछ । श्रृंगारिक कार्यमा ध्यान जानेछ । प्रेम प्रसंग चल्नेछ । बल, बुद्धिको सही ठाउँमा प्रयोग गर्नाले सफल भइनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउनेछ । दिन शुभ रहने देखिन्छ ।
धनु : हतारको निर्णयले समस्या मात्र सृजना हुनेछ । अनावश्यक कार्यमा ध्यान दिँदा गर्नैपर्ने कार्य भने अलमलमा पर्नेछ । सञ्चित धन रकम खर्च हुनेछ । विपक्षीले दु:ख दिने छन् । गरिरहेको कार्य छाड्नु पर्दा चिन्ता छाउनेछ ।
मकर : व्यवस्थापन पक्ष सवल रहनेछ । इच्छा, आकङ्क्षाहरु थपिने छन् ।सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । राजैतिक एवं शैक्षिक क्षेत्रमा उन्नति एवं चासो रहनेछ । लामो समयदेखि रोकिएका कार्यले गति लिनेछ ।
कुम्भ : शुभ खबर मिल्नेछ । नेतृत्वगणको विश्वासको पात्र भइनेछ । काम गर्ने वातावरण बन्नेछ । बन्धुवान्धवसँगको रमाइलो जमघट हुनेछ । इमान्दारीताको कदर हुनेछ । शत्रू पक्ष कमजोर रहँदा कार्य गर्न सहज हुनेछ ।
मीन : धर्मकर्ममा रुचि बढ्नेछ । गुरुजनको सरसल्लाह लिएर अघि बढ्दा विजयी भइनेछ । भाग्यभाव बलियो रहेको छ । सामान्य मिहिनेतले नै ठूलाकाम बन्नेछन् । सामाजिक उत्तरदायित्व बढेर जानेछ ।