एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् ।
राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै भने ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग विहे गर्ने मन भए गहना फुकालेर दिन्थे।अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने ? फुकाल्नुपर्दैन ?’
ओलीले अघिल्लो चुनावमा २३ सिटमा झरेको कांग्रेसलाई यस पटक १३ सिटमा झार्नुपर्ने बताए। कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भनाइ छ ।उनले देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थीको संज्ञा दिएका छन् । सरकारको भने खान मात्रै चिन्ता रहेको टिप्पणी गरे ।
पाँच दलीय गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) कमजोर भइरहेको जिकिर गदै उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अझै दल बन्न नसकेको टिप्पणी गरे ।यस्तो सरकार बनाउन माधव नेपालले संसद्को पछाडि बसेर लुसुक्क–लुसुक्क मत दिएको आरोप लगाए ।
ओलीले गठबन्धनलाई जनताको आँगनमा पछारिदिने भन्दै निर्वाचनमा अत्याधिक बिजय हासिल गर्न एमालेलाई कसैले रोक्न नसक्ने बताए। उनले अव हुने स्थानीय तहको चूनावको नजिताले प्रादेशिक र संघीय चुनावको झलक दिने धारणा राखे । अव २० हजार भन्दा बढि जनप्रतिनिधि जिताउनुपर्ने र ४ भन्दा बढि पालीकामा एमालेले बिजयी हासिल गर्नुपर्ने उनको भनाई छ।
अध्यक्ष अोलीले एमालेको सरकारले गरेको राम्रा काम मात्रै जनतालाई सुनाएर मत माग्न आग्रह गरे ।त्यस्तै अध्यक्ष ओलीले स्यालहरुको मोर्चा कसेर हातीको सिकार गर्न नसकिने भन्दै गठबन्धनको मनौबैज्ञानिक त्रास त्याग्न कार्यकर्तालाई निर्देशन दिए।
उनले चुनावमा सत्ता गठबन्धनमा रहेका दल र तिनका नेता कार्यकर्ताले गडबड गर्न सक्ने भन्दै मतपेटिकामा विशेष ध्यान दिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।आगामी स्थानीय चुनावमा देशव्यापी अभियानमा जाने भन्दै ओलीले गाउँगाउँमा खटिन कार्यकर्तालाई निर्देशन दिए।