चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु २९,४०,०००।- रकम गुमेको छ ।
आफूलाई बिदेशी नागरीक बताउने Whatsapp No +447433813800 प्रयोगकर्ता Dr. Johan Lawrence नामक ब्यक्तिले सामाजिक संजाल Facebook, Whatsapp को माध्यामबाट रु ९० लाखको चिठ्ठा परेको , सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा एक व्यक्तिले रु २९,४०,०००।- गुमाउनुपरेको हो ।
विदेशीको नामको ह्वाट्सएपमार्फत चिठ्ठाको सूचना आएकाे लगतै नेपालबाट पनि प्रताप राना सिंह नामका व्यक्तिले ह्वाट्स्एपमार्फत फोन गरी पार्सल र चिठ्ठा परेको र साे रकम पाउनका लागि कर तिर्नुनपर्ने भ्रामक सूचना दिएकाे आभारमा सूचनाको प्रमाण खोज्नेतिर नलागी पीडितले रु ९० लाख पाउने लोभमा विभिन्न व्यक्तिको नामको बैंक खाता र IME को माध्यमबाट रु २९,४०,०००।- (उन्तिस लाख चालिस हजार लाख) जम्मा गरे । रकम लगिसके पछि उनलाई आफु ठगीमा परेको पत्ता लागेकाे प्रहरीले जनाएको छ ।
यसरी ठगी कार्यमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर गाउँपालिका–४ घर भई हाल भक्तपुरको थिमी बस्ने वर्ष ३८ का गान्दिप गौतम भएकाे महानगरीय अपराध महाशाखाले जनाएको छ । पीडितको जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौंमा बुझाएको महाशाखाका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।
सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन् । यो पनि त्यसैको एउटा निरन्तरता हो ।