राष्ट्रिय सभाको लागि २०७४ सालमा निर्वाचित भएर गोलाप्रथाबाट चार वर्षे कार्यकालमा परेका २० जना सांसदको पदावधि आज सकिँदैछ ।
आजबाट विदा हुने सांसदहरूमा नेकपा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् ।
यसैगरी नेपाली कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट र राधेश्याम अधिकारी नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहाल तथा नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सांसद रामनारायण विडारी पनि आजैबाट विदा हुनेछन् ।
आज पदावधि समाप्त हुनलागेका सांसदहरूलाई आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विदाइको कार्यक्रम राखेका छन् ।