वि.सं. २०७८ साल फाल्गुन १६ गते सोमबार, तदनुसार ई.सं. २०२२ फेब्रुवरी २८ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, शिशिरऋतु, चान्द्रमान अनुसार फाल्गुनकृष्णपक्षको त्रयोदशी तिथि रात्रि २:२४ बजेसम्म, त्यसपछि चतुर्दशी रहनेछ ।
नक्षत्र : श्रवण रात्रि ४:४५ बजेसम्म, त्यसपछि धनिष्ठा रहनेछ ।
विष्कुंभादी योग : वरियान् दिवा १:४७ बजेसम्म, त्यसपछि परिघ रहनेछ ।
आनन्दादी योग : सिद्धि ।
करण : गर दिवा ३:२१ बजेसम्म, त्यसपछि भद्रा रहनेछ ।
श्रीसूर्य : कुम्भ राशिमा, चन्द्रमा : मकर राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्याेदय : ६:३२ बजे, सूर्यास्त : बेलुका ६:०३ बजे हुनेछ ।
(आज : सोमप्रदोषव्रत)
(भोलि : महाशिवरात्रिव्रत, माझी समुदायको लदीपूजा)
मेष : सृजनशिलता र क्रियाशिलताको बृद्धि विकास हुनेछ । कर्म भाव खुलेको छ । ठूला व्यक्तिसँग मित्रता गाँसिनेछ । महत्वपूर्ण कार्यको थालनीले उत्साह उमंग छाउनेछ । व्यवसायबाट राम्रै आम्दानी हुनेछ ।
वृष : समय सुधारोन्मुख रहनेछ । टाढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार हुनेछ । धार्मिक कृत्यमा सहभागी हुने अवसर मिल्नेछ । वैदेशिक क्षेत्रका अपूरा कार्यले स्थान पाउनेछन् । स्वास्थ्यको भने ख्याल राख्नुहोला ।
मिथुन : अष्टम भावमा स्थित चन्द्रमा ग्रहका प्रभावले गरेका निर्णय त्यत्ति प्रभावशाली रहने देखिन्न । शारीरिक कमजोरीको महशुस हुनेछ । आर्थिक लेनदेनमा विवाद बढ्नेछ । असन्तोषी प्रवृत्तिले सताउनेछ ।
कर्कट : व्यक्तित्व विकासको समय रहेको छ । काम गरेर अरुव्यक्तिलाई मोहित पार्न सकिनेछ । मनमिल्ने व्यक्तिसँगको जम्काभेटले खुसी भइनेछ । हर्ष बढ्नेछ । आर्थिक लगानीले पछिसम्म लाभ लिन सकिनेछ ।
सिंह : सामान्य समस्या आइपरेता पनि दृढ भएर लाग्दा जीत हाँसिल गरिनेछ । व्यवसायबाट राम्रो आम्दानी हुनेछ । विपक्षीसँगको मेलमिलपले गर्दा काम कार्य गर्न सहज हुनेछ । नयाँ सम्झौताको अवसर मिल्नेछ ।
कन्या : अध्ययनमा चासो रहनेछ । नयाँ ठाउँको भ्रमणले नयाँ ज्ञान मिल्नेछ । प्रतिष्पर्धात्मक क्रियाकलापमा विजयी भइनेछ । बन्धुवान्धवसँगको भेटले मन प्रफुल्लित रहनेछ ।स्वास्थ्यमा सुधारको संकेत देखिन्छ ।
तुला : व्यवस्थापन पक्ष फितलो बन्नेछ । टाढाको यात्रा त्यत्ति शुभ देखिन्न । पारिवारिक समस्याले सताउनेछ । एक्कासी बाधा व्यवधान आउन सक्छ, संयम रहेर कार्य गर्नु होला । मान्यजनको साथ लिएर कार्य गर्नुहोला ।
बृश्चिक : साथीभाईसँगको रमाइलो जमघट हुनेछ । साझेदारी कार्यको सुरुवाति हुनेछ । लक्ष्यमा पुग्न सामान्य मिहिनेत नै पर्याप्त हुनेछ । धन लाभ हुनेछ । समझदारीताले गर्दा अप्ठ्यारा परिस्थितिको अन्त्य हुनेछ ।
धनु : अचल सम्पत्तिमा गरेको लगानीले दिगो रुपमा फाइदा लिन सकिनेछ । बोलिकै भरमा ठूला–ठूला कार्य बन्नेछन् । दोधारे मनले कार्य गर्न असहज हुन सक्छ, कुटुम्बको साथ सहयोगले अघि बढ्दा सफल भइनेछ ।
मकर : मनमा शन्तिको अनुभूति हुनेछ । सकारात्मक सोच विचारको उदय हुनेछ । अधुरा कार्यलाई पूर्ण गर्दै नयाँ कार्यको थालनि गर्ने समय रहेको छ । ठूला व्यक्तिसँग मित्रता गाँसिनेछ । व्यवसाय फस्टाउनेछ ।
कुम्भ : अनावश्यक स्थानमा समय र धन खर्चनु पर्दा दिक्क लाग्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । झन्झटिला कार्यको नेतृत्व गर्नु पर्नेछ । दैनिक गर्दै आएका कार्यमा समेत अबरोध सृजना हुनेछ ।
मीन : लाभ स्थानमा चन्द्रमा ग्रहले भ्रमण गर्दैछ जस्का प्रभावले विविध लाभको योग बनेको छ । मन प्रफुल्लित बन्नेछ । अरु दिनको तुलनामा पढाइमा मन रहनेछ । सानो लगानीले नै धेरै लाभ लिन सकिनेछ ।