बहत्तरौं राष्ट्रिय प्रजातन्त्र दिवसमा कैद मिनाहा हुनेहरुमा २२ जना अपराधी पनि छन् । तीमध्ये भारतीय १८ जना, भुटानी ३ जना र अस्ट्रियन १ जना कैदमुक्त भएका छन् । कर्तव्य ज्यान मुद्दा, डाँका चोरी र नकावजनी चोरीमा संलग्न भै अदालतले अपराधी ठहर गरेका भारतीयहरुलाई कैदमुक्त गरिएको हो । भुटानीहरु कर्तव्य ज्यान र डाँका मुद्दामा दोषी ठहरिएर कैदमा थिए ।
अस्ट्रियन नागरिक डोमिनिक एडरलाई पोखरामा ज्यान मार्ने उद्योग गरेकोमा कैद ठेकिएको थियो । रविन श्रेष्ठले एडरविरुद्ध जाहेरी दिएका थिए भने कास्की जिल्ला अदालतले २०७६ जेठ १७ मा अन्तिम फैसला गरेको थियो । उनी पनि छुटेका छन् । बंगालका श्रीमन्त मण्डल नकावजनी चोरी अभियोगमा ताराबहादुर सुनारको जाहेरीले पक्राउ परी बुटवल उच्च अदालतबाट अन्तिम फैसलाबाट कैद गरिएका व्यक्ति हुन् ।
रिहा भएकामध्ये सबभन्दा धेरै १ सय १७ जना सवारी ज्यान मुद्दाका कैदी छन् । दोस्रोमा कर्तव्य ज्यान मुद्दा १ सय १५ जना रिहा भएका छन् । तेस्रोमा चोरी/डाँका मुद्दाका १ सय ११ जना, चौथोमा बहुविवाहका ८१ जना, पाँचौंमा ज्यान मार्ने उद्योगका ३२ जना र अन्य मुद्दाका ४५ जनाको कैद मिनाहा गरिएको गृह मन्त्रालयको विवरणमा छ ।
गृहले अन्य मुद्दामा राखेका मुद्दामा बोक्सीको आरोप, खोटा चलन, जबर्जस्ती करणी, ठगी, सरकारी कागज किर्ते र आगजनी र आत्महत्या दुरुत्साहन गरेको ठहर भै कैद बसेकाहरुलाई कारामुक्त गरेको हो । प्रमुख जिल्ला अधिकारी र कारागार प्रमुखको सिफारिसमा नकारात्मक सूचीमा नपरेका कैदीहरु रिहा गरिएको गृहले उल्लेख गरेको छ ।
गृह मन्त्रालयबाट प्राप्त पाँच सय एक कैदीको विवरण जो रिहा भए: -