प्रहरीले सुन चोरी गर्ने र चोरीको सुन किन्ने २ जनालाई पक्राउ गरेको छ । ढुङ्गेधारास्थित माया शेरचनको घरको डेरामा बस्ने महिलाको डेराकोठाबाट ढोकाको ताल्चा फोडी करिव ८ तोलाको सुनको गरगहना लगायतका सामानहरु चोरी गरेको अभियोगमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको टोलीले बालाजु खरिबोट बस्ने बर्ष २२ की अमिता नेपालीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार चोरीको सुन किन्ने अभियोगमा खरिबोटस्थित राजश्री ज्वलेर्सका सञ्चनलक राजु सुनार पक्राउ परेका हुन् ।
बरामद भएको सामानहरु:-
१.सुनको लकेट सहितको १.५ तोलाको सिक्री थान-१ ।
२.सुनको आधा तोलाको बेरुवा रिङ जोर-१ ।
३.सुनको आधा तोलाको औठी थान-१ ।
४.सुनको आधा तोलाको झुम्का जोर-१ ।
५.सुनको आधा तोलाको तिलहरी थान-१ ।
६.सुनको मंगलसुत्र गालेर तयार गरेको १.५ तोलाको ढिक्का थान-१ ।
७.मोबाइल थान-२ ।
८.घडी थान-२ ।
९.अन्य धातुको औठी थान-२ ।
१०. पीडितको एनटिसिको सिम थान-१ ।