चन्द्रागिरिको डाँडामा हिउँ खेल्न आइतबार दिउसो गएकाहरु जंगलमा रमाउँदारमाउँदै रात परेपछि हराउन पुगेको खुलेको छ । चार बालबालिका र एक महिाल घर नफर्किएपछि बेलुका साढे आठ बजे प्रहरीमा उजुरी परेको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर उनीहरुलाई सुरक्षाकर्मी परिचालन गरी राति सवा एक बजे जंगलबाट उद्धार गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनीहरु चन्द्रागिरिकै जंगलमा भेटिएका हुन् ।
फोटोहरु
चन्द्रागिरि नगरपालिका वडा नं.६ महादेवस्थान बस्ने एकै परिवारका ५ जना वनमा फेला परेका हुन् ।आफन्तद्वारा खबर प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेय र महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डपबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा बिपद् ब्यबस्थापन गुल्म सामाखुसी समेतको प्रहरी टोली गरी ३७ जनाको टोली खोजीमा परिचालन गरिएको थियो ।
पाँच घण्टाको खोजी कार्य पश्चात हराइरहेकाहरु चन्द्रागिरि जंगलमा फेला परेका हुन् ।
वनबाट उद्धार गरिएका हरुमा चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थान बस्ने २३ वर्षीया रीता गुरुङ, १५ वर्षीया सौभाग्य गुरुङ, १३ वर्षीय सहज गुरुङ, ११ वर्षीया जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङ रहेका छन् ।
उद्धारपछि उनीहरुलाई थानकोट प्रहरी वृत्तमा पुर्याएर राति नै परिवारलाई जिम्मा लगाइएको थियो ।
जंगलमा हराएपछि रुवाबासी गरिरहेको अवस्थामा उनीहरुलाई फेला पारिएको खोजकर्ताहरुले बताएका छन् ।