वि.सं. २०७८ साल माघ १९ गते बुधबार, तदनुसार ई.सं. २०२२ फेब्रुवरी २ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, शिशिरऋतु, चान्द्रमान अनुसार माघशुक्लपक्षको प्रतिपदा तिथि पूर्वान्ह ९:५२ बजेसम्म, त्यसपछि द्वितीया रहनेछ ।
नक्षत्र : धनिष्ठा वेलुका ७:४९ बजेसम्म, त्यसपछि शतभिषा रहनेछ ।
विष्कुंभादी योग : वरीयान् मध्यरात्रिपछि २:१७ बजेसम्म, त्यसपछि परिघ रहनेछ ।
आनन्दादी योग : मित्र ।
करण : बालव वेलुका ९:०८ बजेसम्म, त्यसपछि तैतिल रहनेछ ।
श्रीसूर्य : मकर राशिमा, चन्द्रमा : मकर राशिमा विहान ८:१३ बजेसम्म रहनेछ ।
सूर्याेदय : ६:५२ बजे, सूर्यास्त : बेलुका ५:४४ बजे हुनेछ ।
(आज : सोनमल्होसार, श्रीवल्लभजयन्ती)
मेष : सहयोगीहरुको उचित रुपमा साथ पाइनेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो यात्रा हुनेछ । नयाँ वस्तुको अध्ययन गर्ने अवसर जुट्नेछ । आकस्मिक लाभको योग रहेको छ । अध्ययनमा रुचि बढ्नेछ । आर्थिक पक्षमा सुधार भएर जानेछ भने विवादित कार्यको अन्त्य हुनेछ ।
वृष : कृयाशिलता र लगनशिलताको बृद्धिविकास हुनेछ । प्रतिष्ठित कार्य गर्न सक्दा प्रशंसा मिल्नेछ । व्यवस्थापन पक्ष सबल रहनेछ । नयाँ संझौताले पछिसम्म लाभ मिल्नेछ । कामको शिलसिलामा यात्रा हुनेछ । नोकरीमा प्रशंसा मिल्नेछ भने नयाँ जिम्मेवारी समेत पाइनेछ ।
मिथुन : घरायसी समस्या हल भएर जानेछ । धार्मिक आस्था जागृत हुनेछ । आर्थिक पक्षमा क्रमश: सुधार हुँदै जानेछ । अरुको समस्यामा सहयोगीको भूमिका निर्वाह गर्न पाउँदा आनन्द लाग्नेछ । परिश्रमको उचित मूल्यांकन पाइनेछ । समग्रमा दिन शुभफलदायी नै रहने देखिन्छ ।
कर्कट : खर्चभार थपिनेछ । विना तयारी कार्य गर्दा अन्यौलताको अवस्था सृजना हुनेछ । स्वास्थ्य कमजोर बन्नेछ । विश्वास गरेका व्यक्तिले धोका दिनेछन् त्यसकारण अरुको भर नपर्नुहोला । आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्नेछ ।सजकताका साथ अघि बढ्न आवश्यक देखिन्छ ।
सिंह : आत्मकारक ग्रहको दृष्टि परेको छ । अपरिचित व्यक्तिको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । शत्रूहरु परास्त भएर जानेछन् ।सामाजिक तथा राजनैतिक क्षेत्रबाट सम्मान मिल्ने समय रहेको छ । मनोरञ्जनात्मक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । बोलीको कदर हुनेछ ।
कन्या : धेरै कामको व्यस्थताले स्वास्थ्य विग्रन सक्छ, खानपानमा विशेष विचार पुर्याउनु होला । सामान्य समस्यामा नआत्तिनु होला, मान्यजनको सरसल्लाहमा अघि बढ्ला सफल भइनेछ । रोकिएका वित्तीय कारोवारले गति लिनेछन् । सोच्न सक्ने क्षमताको विकास हुनेछ । नयाँ अवसर मिल्नेछ ।
तुला : बौद्धिक कलाको बृद्धि विकास हुनेछ । सानो प्रयासले नै ठूलाठूला कार्य सहज तवरले बन्ने छन् । काम गरेर आत्मसन्तुष्टि मिल्नेछ । सन्तानसँगको रामाइलो यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा रुची बढ्नेछ । शैक्षिक क्षेत्रमा समेत चासो रहनेछ । समग्रमा दिन शुभफलदायी रहनेछ ।
बृश्चिक : अनावश्यक झमेलामा परिन सक्छ, अग्रजको सल्लाहमा कार्य गर्नुहोला । शारीरिक कमजोरीले गर्दा काम कार्य गर्न असहज हुनेछ । व्यवसायमा न्यून उपलब्धिमा नै चित्त बुझाउनु पर्नेछ । अध्ययनमा मन जाने छैन । हत्तार नगरी दैनिकीमा नै जोड दिनुहोला ।
धनु : साझेदारी कार्यबाट लाभ मिल्नेछ । काम प्रतिको लगनशिता बढेर जानेछ । श्रमको सही मूल्याकंन पाइनेछ । कलात्मक कार्यमा मन रमाउनेछ । एकल प्रयासले नै विशेष कार्यमा सफलता मिल्नेछ । मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । आर्थिक पक्ष सबर रहनेछ ।
मकर : अचल वस्तुमा गरेको लगानीले दिगो रुपमा फाइदा लिन पाइनेछ । सानो कुरामा अलमलमा परिन सक्छ, पूर्व तयारीका साथ कार्य गर्दा सफल भइनेछ । वाक् कलाको प्रशंसा पाइनेछ । हर्ष बढ्नेछ । धार्मिक, आध्यात्मिक एवं सामाजिक कार्यबाट प्रशंसा मिल्नेछ ।
कुम्भ : व्यवसायको क्रममा छोटो रमाइलो यात्राको संभावनालाई नकार्न सकिन्न । पूराना समस्यालाई हल गर्दै नयाँ संझौता गर्ने खाले समय रहेको छ । विपक्षीहरु पनि सहमतिमा आउन बाध्य हुनेछन्, इच्छाशक्ति बढ्नेछ । नयाँनयाँ प्रस्तावहरु आउने छन् । आर्थिक पक्ष बलियो बन्नेछ ।
मीन : आज नयाँ आर्थिक कारोवार उचित देखिन्न । आम्दानीको तुलनामा खर्चभार बढ्दा तलमेल मिलाउन गाह्रो पर्नेछ । झन्झटिला कार्य आइलाग्ने छ । गोपनीयता बाहिरीँदा समस्यामा परिन सक्छ, संयम रहनु होला । काम बोल्ने र दैनिकीमा नै व्यस्थ रहनु उचित हुनेछ ।