वि.सं. २०७८ साल माघ १८ गते मंगलबार, तदनुसार ई.सं. २०२२ फेब्रुवरी १ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, शिशिरऋतु, चान्द्रमान अनुसार माघकृष्णपक्षको औंशी तिथि पूर्वान्ह ११:३४ बजेसम्म, त्यसपछि शुक्लपक्षको प्रतिपदा रहनेछ ।
नक्षत्र : श्रवण वेलुका ८:४३ बजेसम्म, त्यसपछि धनिष्ठा रहनेछ ।
विष्कुंभादी योग : सिद्ध पूर्वान्ह ७:१९ बजेसम्म, त्यसपछि व्यतिपात रहनेछ ।
आनन्दादी योग : लुम्ब ।
करण : किंस्तुघ्न वेलुका १०:४० बजेसम्म, त्यसपछि बालव रहनेछ ।
श्रीसूर्य : मकर राशिमा, चन्द्रमा : मकर राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्याेदय : ६:५३ बजे, सूर्यास्त : बेलुका ५:४३ बजे हुनेछ ।
(आज : हलोबार्ने, स्नानदान औंशी)
(भोलि : सोनमल्होसार, श्रीवल्लभजयन्ती)
मेष : लामो समय पछि मित्र मिलन हुनेछ । विशिष्ट व्यक्तिसँग सहकार्य गर्न पाउँदा हर्षित भइनेछ । ऐतिहासिक कार्यको आरम्भ हुनेछ । रोकिएका अपूरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ । काम गरेर देखाउने समय रहेको छ । जागरुकताका साथ अघि बढ्नु होला ।
वृष : सकारात्मक सोच बिचारको विकास हुनेछ । भाग्यले साथ दिँदा थालेका अधिकांश कार्यले पूर्णता पाउने छन् । आर्थिक पक्ष बलियो बन्नेछ । मांगलिक कार्यको निम्तो पाइनेछ । छरछिमेकमा नयाँ चहलपहल छाउनेछ । परोपकारी कार्यमा समय विताउन पाउँदा खुसी लाग्नेछ ।
मिथुन : नयाँ लगानीले तनाब मात्र थपिनेछ त्यसैले पहिलादेखि गर्दै आएका दैनिक कार्यमा नै व्यस्थ रहनु उचित हुनेछ । सोचे अनुरुप कार्य बन्ने छैन । सहयोगीहरुले साथ छाड्न सक्छन्, सजक रहनु होला । कडा परिश्रम पछि मात्र लक्ष्यमा पुग्न सकिनेछ ।
कर्कट : पतिपत्नी बीचको सम्बन्ध सुमधुर रहनेछ । मान्यजनको सहयोग उचित रुपमा मिल्नेछ । प्रेमीप्रेमीका बीचको सम्बन्ध समेत प्रगाढ बन्नेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी भइनेछ । आकर्षण शक्ति बढेर जानेछ । दिन हर्षाेल्लास पूर्वक बित्ने देखिन्छ ।
सिंह : आर्थिक पक्ष सबल रहनेछ । व्यवसायमा नयाँ लगानी गर्दा पछिसम्म लाभ लिन पाइनेछ । पूराना उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । शत्रू पक्ष कमजोर रहँदा कार्य गर्ने वातावरण बन्नेछ । काम साँचेर नबसी अघि बढ्दा सफल भइनेछ ।
कन्या : स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ । मानसिक क्षमताको बृद्धि विकास हुनेछ । रमाइलो यात्राको संभावना प्रवल देखिन्छ । सन्तानको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । पढाइलेखाइमा मन जानेछ । पारिवारिक जमघटको योग समेत बनेको छ ।
तुला : विवादको सामना गर्नु पर्नेछ । नजिकका व्यक्तिसँग नै विवाद बढ्नेछ । गोपनीयता बाहिरीँदा समस्या सृजना हुन सक्छ, सजक रहनु होला । स्वास्थ्य अवस्था कमजोर नै रहनेछ । श्रमको सही मूल्यांकन नमिल्दा कार्य गर्न मन लाग्ने छैन । नियमति कृयाकलापमा नै व्यस्त रहनु उचित हुनेछ ।
बृश्चिक : साझेदारी कार्यबाट पछिसम्म लाभ लिन सकिनेछ । साथीसंगीसँग रमाइलो पल बिताउन पाइनेछ । कृषि एवं पशुपालनमा लाग्नेहरुका लागि लाभकारी समय रहेको छ । आफ्नै प्रयासले कार्य बन्दा हौसला बढ्नेछ । अध्ययनमा रुची बढ्नेछ । हर्षको खबर सुन्न पाइनेछ ।
धनु : साना कार्यमा भुल्ने समय छैन नयाँ योजनालाई अघि बढाउँदा धेरै व्यक्तिको सहयोग जुट्नेछ । पूर्व तयारीका साथ कार्यमा लाग्दा विशेष सफलता मिल्नेछ । दिगो फाइदा हुने खाले कार्यको आरम्भ हुनेछ । विपक्षीहरु पनि मेलमिलापमा आउन बाध्य हुनेछन् । खुसी बढ्नेछ ।
मकर : ठूला व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ । लामो समय पछि मित्र मिलन हुनेछ । मानसम्मान मिल्नेछ भने सामाजिक कार्यबाट जस समेत पाइनेछ । बोलीको कदर हुनेछ । थालेका कार्यबाट छोटो समयमा नै लाभ लिन सकिनेछ । आकस्मिक लाभ मिल्नेछ ।समग्रमा समय शुभ रहने देखिन्छ ।
कुम्भ : आज नयाँ कार्यको आरम्भ नगर्नुहोला । हतारमा लिएको निर्णयले समस्यामा परिन सक्छ, मान्यजनको सल्लाहमा अघि बढ्नुहोला । सोचे अनुरुप कार्य नबन्दा दिक्क लाग्नेछ । शारीरिक आलस्यताले गर्दा कार्य गर्न मन लाग्ने छैन । अनावश्यक चिन्ताले सताउनेछ ।
मीन : प्रेम प्रसंगले मूर्तरुप लिनेछ । श्रमको उचित मूल्यांकन मिल्नेछ । आय मूलक कार्यमा ध्यान जानेछ । व्यवसायमा नयाँ संझौता हुनेछ । मिहिनेतको उचित कदर हुनेछ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । नाम, दाम मिल्ने समय रहेको छ ।सही समयको उचित लाभ लिनुहोला ।