वि.सं. २०७८ साल माघ ५ गते बुधबार, तदनुसार ई.सं. २०२२ जनवरी १९ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, शिशिरऋतु, चान्द्रमान अनुसार माघकृष्णपक्षको द्वितीया तिथि अहोरात्र व्याप्त रहनेछ ।
नक्षत्र : अश्लेषा अहोरात्र व्याप्त रहनेछ ।
विष्कुंभादी योग : प्रीति वेलुका ४:१७ बजेसम्म, त्यसपछि आयुष्मान् रहनेछ ।
आनन्दादी योग : राक्षस ।
करण : तैतिल वेलुका ६:४९ बजेसम्म, त्यसपछि वणिक् रहनेछ ।
श्रीसूर्य : मकर राशिमा, चन्द्रमा : कर्कट राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्याेदय : ६:५७ बजे, सूर्यास्त : बेलुका ५:३२ बजे हुनेछ ।
मेष : नोकरीमा प्रसंसा मिल्नेछ । अध्ययन–अध्यापन क्षेत्रमा सुधार हुनेछ । मानसिक क्षमताको कदर हुनेछ । प्रतिभाका कृयाकलापमा दमदार प्रस्तुति दिन सकिनेछ । आफन्तजनको सहयोगले कार्यलाई अघि बढाउँदा सफल भइनेछ ।स्वास्थ्यमा समेत क्रमिक सुधारको संकेत देखिन्छ ।
वृष : आफन्तजनसँग नै विवाद पर्नेछ । गोपनीयता बाहिरीँदा विपक्षीले स्थान पाउने छन् । कमजोरीको अनुभूति हुनेछ । आजको समय अपजसिलो रहेको छ । ढिला सुस्तिका कारण विशेष अवसर फुत्कनेछ । विवादित कार्यको नेतृत्व गर्नुपर्दा दिक्क लाग्नेछ । दैनिक कार्यमा नै व्यस्थ रहनुहोला ।
मिथुन : कलात्मक कार्यमा मन रमाउनेछ । सुख सुविस्ताका साधनहरु जुट्ने छन् । मित्रजनको साथ सहयोगले गर्दा नयाँ कार्यको आरम्भ गरिनेछ । कामको सिलसिलामा रमाइलो यात्रा हुनेछ । व्यापार व्यवसायमा आयदर बढ्नेछ । शुभ खबर सुन्न पाइनेछ ।साझेदारी कार्यको आरम्भ गर्ने समय रहेको छ ।
कर्कट : थालेका कार्यले दिगो लाभ दिनेछन् । आफन्तजनसँगको रमाइलो जमघट हुनेछ । मांगलिक कार्यमा समेत सहभागी हुने मौका मिल्नेछ । बोलीकै भरमा काम बन्नेछन् । धार्मिक आस्था जागृत हुनेछ । तर स्वास्थ्य भने कमजोर बन्नेछ । जिम्मा लिएका कार्यलाई इमान्दारीताका साथ पूर्ण गर्नुहोला ।
सिंह : शत्रु पनि मेलमिलापमा आउँदा कार्य गर्न सहज हुनेछ । व्यवहारिकतालाई बुझ्न सकिनेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी हुने मौका मिल्नेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । कला र गलाको प्रशंसा हुनेछ । समग्रमा समय दिन शुभ रहने देखिन्छ ।
कन्या : स्वास्थ्य समस्या यथावत् नै रहनेछ । सामान्य कार्यमा नै भुल्नाले महत्वपूर्ण कार्य ओझेलमा पर्नेछ । आयको तुलनामा व्ययभार बढ्नाले आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । जिद्दि गर्ने बानिले विवाद पर्नेछ । पूर्व तयारी र मान्यजनको सल्लाहमा अघि बढ्नु शुभ हुनेछ ।
तुला : पारिवारिक जमघटले मन फुरुंग बन्नेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो यात्रा हुनेछ । परिश्रमको सही मूल्यांकन मिल्दा काम गर्ने हौसला बढ्नेछ । आकस्मिक रमाइलो यात्राको अवसर जुट्नेछ । नयाँ ठाउँको भ्रमणले नयाँ ज्ञान मिल्नेछ । कृतिप्रदायक कार्य गरिनेछ ।
बृश्चिक : पिताको सहयोगले अघि बढ्दा कार्यहरु सहज तवरले बन्नेछन् । ठूला व्यक्तिसँग मित्रता गाँसिनेछ । आज तपाईँलाई नयाँ जिम्मेवारी बढ्नेछन् । सामाजिक कार्यबाट प्रशंसा बटुलिनेछ । बोलीको कदर हुनेछ । व्यक्तित्व विकासको समय रहेकोे छ । समग्रमा समय शुभ रहने देखिन्छ ।
धनु : सद्विचारको उदय हुनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रका अपूरा काम बन्नेछन् । सामूहिक गतिविधिमा लाग्दा नेतृत्व गर्न पाइनेछ । पढाइलेखाइमा मन जानेछ । अध्यात्म, दर्शन प्रति चासो रहनेछ । सामान्य स्वास्थ्य कमजोर बन्न सक्छ, खानपानमा ध्यान दिनुहोला ।
मकर : असन्तुष्टिपनले सताउनेछ । दैनिक गर्दै आएका कार्यमा समेत विघ्नबाधा आउनेछ । व्यवसायमा मन्दीपन रहनेछ । आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्नेछ । शारीरिक आलस्यताले कार्य गर्न सकिने छैन । शंकालु स्वभावका कारण सहयोगी टाढिने छन् । संयम रहनुहोला ।
कुम्भ : विपरीत लिंगीको साथ सहयोग पाइनेछ । आकर्षण शक्ति बढेर जानेछ । काम प्रतिको लगनशिलता बढेर जानेछ । सोचे अनुरुपका काम कार्य पूरा हुँदा हर्ष बढ्नेछ । शैक्षिक, सामाजिक एवं राजनैतिक क्षेत्रमा समेत अग्रस्थान मिल्नेछ । आत्मबल, आत्मविश्वास बढ्ने समय रहेको छ ।
मीन : रोकिएका वित्तीय कारोवार सुचारु हुनेछन् । आज घरायसी सरसामान जोडिनेछ । अवसरहरुले पछ्याउने छन् । व्यापार व्यवसायबाट आयदर बढ्नेछ । नोकरीमा सामान्य विवाद भएता पनि जीत तपाईँकै हुनेछ । धेरै व्यस्थताका कारण खानपानमा तालमेल नमिल्न सक्छ, स्वास्थ्यको ख्याल गर्नुहोला ।