वि.सं. २०७८ साल माघ १ गते शनिबार, तदनुसार ई.सं. २०२२ जनवरी १५ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, शिशिर ऋतु, चान्द्रमान अनुसार पौषशुक्लपक्षको त्रयोदशी तिथि रात्रि १२:५४ बजेसम्म, त्यसपछि चतुर्दशी रहनेछ ।
नक्षत्र : मृगशिरा वेलुका ११:४८ बजेसम्म, त्यसपछि आद्र्रा रहनेछ ।
विष्कुंभादी योग : ब्रह्मा दिवा ३:३० बजेसम्म, त्यसपछि ऐन्द्र रहनेछ ।
आनन्दादी योग : वज्र ।
करण : कौलव पूर्वान्ह ११:४८ बजेसम्म, त्यसपछि गर रहनेछ ।
श्रीसूर्य : धनु राशिमा, चन्द्रमा : वृष राशिमा पूर्वान्ह १०:२९ बजेसम्म रहनेछ ।
सूर्याेदय : ६:५८ बजे, सूर्यास्त : बेलुका ५:२९ बजे हुनेछ ।
(आज : शनिप्रदोषव्रत, माघसंक्रान्ति, उत्तरायण सुरु, माघीपर्व, मकरस्नान)
(भोलि : राष्ट्रिय भूकम्पसुरक्षा दिवस)
मेष : बोलीको प्रभाव बढ्नेछ । देशदेशान्तरसम्म आफ्नो प्रभुत्व फैलाउन सकिनेछ । कृतिप्रदायक कार्य गरिनेछ । साथीभाइको साथ सहयोग मिल्नाले असंभव कार्य पनि बन्नेछन् । आकस्मिक धन लाभको योग बनेको छ । मध्यान्ह पछि स्वास्थ्य अवस्था सामान्य बन्दै जानेछ, जागरुकता बढ्नेछ ।
वृष : उत्साह उमंग छाउनेछ । सामान्य प्रयासले नै लक्ष्यमा पुग्न सकिनेछ । मध्यान्ह पछि स्वास्थ्य कमजोर बन्नेछ । गरेको लगानी अनुरुपको लाभ मिल्ने छैन । कुटुम्बपक्षको सहयोगमा अघि बढ्नु उचित हुनेछ । धार्मिक कृयाकलापमा सहभागी बन्ने अवसर जुट्नेछ । दिन मिश्रीत फलदायी रहनेछ ।
मिथुन : व्यर्थको कार्यमा भुल्नाले जिम्मा लिएका कार्य समयमै पूर्ण गर्न सकिने छैन । विपक्षीले दु:ख दिनेछन् । मध्यान्ह पछिको समय केही अनुकूलको बन्नेछ । अधुरा कार्यलाई पूर्ण गर्न सकिनेछ । महत्वपूर्ण कार्यको नेतृत्व गर्न पाइनेछ । मानसम्मान पाइनेछ । खुसीको खबर मिल्नेछ ।
कर्कट : कृषि क्षेत्रबाट अपेक्षित लाभ उठाउन सकिनेछ । श्रमको उचित मूल्यांकन मिल्नेछ । सहोदरका व्यक्तिको साथ सहयोग पाइनेछ । मध्यान्ह पछि स्वास्थ्य कमजोर बन्नेछ । अरुको भर विश्वासमा कार्य नसुम्पनु होला । नयाँ कार्यको आरम्भ समेत शुभ देखिन्न, संयमता पूर्वक कार्य अघि बढाउनुहोला ।
सिंह : सृजनात्मक कलाको प्रशंसा हुनेछ । तपाईँको काम गर्ने कलाले समाजमा बेग्लै तरंग पैदा गर्नेछ । जिम्मेवारीलाई सहीरुपमा बहन गर्न सकिनेछ । आर्थिक पक्ष बलियो रहँदा नयाँ लगानी गरिनेछ । सहमतिद्वारा समस्यालाई सुल्झाउन सकिनेछ । समग्रमा दिन शुभफलदायी रहने देखिन्छ ।
कन्या : पूर्वार्धमा केही अन्योलता रहेता पनि उत्तरार्धमा सकारात्मक सोचाइ रहनेछ । सामाजिक कार्यबाट सम्मान मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ । मनमा शान्तिको अनुभूति हुनेछ । सामाजिक पदप्रतिष्ठा मिल्नेछ । मन, बचन र कर्मको तालमेल मिल्नेछ । शुभ भावना जागृत हुने देखिन्छ ।
तुला : अग्रज व्यक्तिसँग मनमुटाव बढ्नेछ । अवसरलाई चिन्न सकिने छैन । तर मध्यान्ह पछि सामान्य स्वास्थ्यमा सुधार हुनेछ । समर्थकहरुको साथ पाइनेछ । धार्मिक एवं सामाजिक कार्यमा समेत केही जस पाइने देखिन्छ । पूर्व तयारी र योजना बनाएर कार्य थाल्दा सफल भइनेछ ।
बृश्चिक : प्रेमप्रसंग चल्नेछ । हर्षाेल्लासको वातावरण बन्नेछ । पतिपत्नि बीचको सम्बन्ध प्रगाढ रहनेछ । मध्यान्ह पछि अशुभ खबर सुन्नुपर्ला । आर्थिक लगानी गर्दा तनाब मात्र थपिनेछ । हत्तारको निर्णयले समस्यामा परिनेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन्, सतर्क रहनु होला ।
धनु : धेरै व्यक्तिको मनमा बस्न सकिनेछ । श्रमको उचित मूल्यांकन मिल्दा कार्य गर्न मन लाग्नेछ । आर्थिक उपार्जनका कार्यमा ध्यान जानेछ । अग्रज व्यक्तिको सहयोगले कार्य गर्दा इच्छित कार्य पूरा हुनेछन् । मध्यान्ह अघि शारीरिक कमजोरी देखिएता पनि मध्यान्ह पनि सुधार आउनेछ ।
मकर : पारिवारिक जमघटले खुसीयाली छाउनेछ । बौद्धिक क्षमताको बृद्धि विकास हुनेछ । झन्झटिला कार्य आइलागेता पनि नतिजा तपाईँकै पोल्टामा पर्नेछ । दिनको पूर्वाद्र्धको तुलनामा उत्तरार्धको समय अनुकूलको रहनेछ । आर्थिक उपार्जनका कार्यहरु गरिनेछ । शत्रूपक्ष कमजोर बन्दै जानेछन् ।
कुम्भ : पूर्वार्धमा समस्याले छाड्ने छैन । आफन्तजन टाढिने छन् । व्यर्थको कार्यमा समय वित्नेछ । मध्यान्ह पछि सन्तानको सहयोगले कार्य बन्नेछन् । पढाइलेखाइमा समेत केही प्रगतिको संकेत देखिन्छ । बौद्धिक क्षमताको बृद्धिविकास हुनेछ । बोद्धिक कलाको प्रशंसा हुनेछ, सकारात्मक सोचाइ आउनेछ ।
मीन : आत्मबल आत्मविश्वास बढेर जानेछ । आफ्नै बाहुबलले नै धेरै क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । तर मध्यान्ह पछि एक्कासी समस्या सृजना हुनेछ । आफन्तजनसँग विवाद बढ्नेछ । झन्झट एवं तनाबको स्थिति आइलाग्नेछ । समयमै निर्णय लिन नसक्दा पछुताउनु पर्नेछ ।