वि.सं. २०७८ साल पौष २७ गते मंगलबार, तदनुसार ई.सं. २०२२ जनवरी ११ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार पौषशुक्लपक्षको नवमी तिथि वेलुका ५:१५ बजेसम्म, त्यसपछि दशमी रहनेछ ।
नक्षत्र : अश्विनी दिवा २:२५ बजेसम्म, त्यसपछि भरणी रहनेछ ।
विष्कुंभादी योग : सिद्ध दिवा २:२४ बजेसम्म, त्यसपछि साध्य रहनेछ ।
आनन्दादी योग : अमृत ।
करण : तैतिल मध्यरात्रि पछि ५:५७ बजेसम्म, त्यसपछि वणिक् रहनेछ ।
श्रीसूर्य : धनु राशिमा, चन्द्रमा : मेष राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्याेदय : ६:५८ बजे, सूर्यास्त : बेलुका ५:२६ बजे हुनेछ ।
(आज : पृथ्वी जयन्ती, राष्ट्रियएकता दिवस)
मेष :सम्मानजनक कार्य गरिनेछ । स्वास्थ्यमा सुधार एवं नयाँ जिम्मेवारी मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ । सकारात्मक सोच, विचारको उदय हुनेछ । व्यवसायमा समेत आयदर बढ्नाले खुसीयाली छाउनेछ । विशेष कार्यको निम्तो पाइनेछ । समग्रतामा आजको दिन सुधारोन्मुख रहनेछ ।
वृष : विपक्षीहरुले दु:ख दिने छन् । काम–काम भन्दा स्वास्थ कमजोर बन्नेछ, ध्यान दिनुहोला । खर्च भावको चन्द्रमा ग्रहका प्रभावले व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण कार्य भने ओझेलमा पर्नेछ । परिश्रम अनुसारको प्रतिफल नमिल्दा काम गर्ने जोश जाँगर घट्नेछ । संयम रहनुहोला ।
मिथुन : प्रीयजनसँगको रमाइलो यात्राको संभावना बलियो देखिन्छ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । शुभ समाचार सुन्न पाइनेछ । इमान्दारीताको प्रशंसा मिल्नेछ ।सहज वातावरण बन्नाले नयाँ कार्यको थालनि गरिनेछ । व्यवसायबाट राम्रो आम्दानी हुनेछ ।
कर्कट : स्वास्थ्य अवस्था ठीकठाक नै रहला । नोकरीमा प्रशंसा एवं जिम्मेवारी बढ्नेछ । प्रशासनिक क्षेत्रका अपूरा कार्यले गति लिनेछन् । सृजनात्मक कार्यमा मन जानेछ । मान्यजनको साथ, सहयोग पाइनेछ । प्रभावकारी कार्यको आरम्भ हुनेछ । वहान सुख मिल्नेछ । खुसीयाली छाउनेछ ।
सिंह : धार्मिक सभा समारोहमा जुट्ने समय रहेको छ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । सोचेका कार्य एकाएक पूरा हुँदा हर्ष बढ्नेछ । अघिदेखिका समस्या हल भएर जानेछन् भने नयाँ कार्यको प्रस्ताव समेत आउने छन् । धन लाभ हुनेछ । समग्रमा समय शुभ नै रहने देखिन्छ ।
कन्या : आजको समय कमजोर रहेको छ । अल्छि गर्नाले महत्वपूर्ण अवसर फुत्कनेछ । सामाजिक कार्यबाट जश मिल्ने छैन । नयाँ कार्यको आरम्भले तनाब मात्र थपिनेछ । स्वास्थ्य कमजोर बन्नेछ । दैनिक कार्यमा समेत समस्या सृजना हुनेछ । कम बोल्ने र नियमित कृयाकलापमा नै व्यस्थ रहनु उचित हुनेछ ।
तुला : विपरीत लिंगिको सहयोगले काम बन्नेछ । मानसिक क्षमताको बृद्धिविकास हुनेछ ।सामान्य प्रयासले नै लक्ष्यमा पुग्न सकिनेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो जमघट हुनेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी भइनेछ । समग्रमा दिन हर्षाेल्लास पूर्वक वित्ने देखिन्छ ।
बृश्चिक : पहिला गरेको दु:खको फल मिल्नेछ । तनाबदायी कार्यको नेतृत्व गर्नु परेता पनि अग्रजको साथ सहयोग मिल्दा सफलता मिल्नेछ । व्यवसायमा गरेको लगानीले दिगोरुपमा फाइदा लिन सकिनेछ । घरायसी समस्या हल भएर जानेछ । शत्रूपक्ष कमजोर बन्दा काम गर्ने वातावरण बन्नेछ ।
धनु : बौद्धिक कलाको प्रशंसा हुनेछ । पारिवारिक सहयोग मिल्नेछ ।स्वास्थ्य सामान्य बन्दै जानेछ । विवादित कार्यलाई मेलमिलापको वातावरणद्वारा सुल्झाउन सकिनेछ । नोकरीमा भने अन्योलता छाउने देखिन्छ । अरुको लहैलहैमा नलागि इमान्दारीता पूर्वक जिम्मेवारी पूर्ण गर्नुहोला ।
मकर : शारीरिक कमजोरीले कार्य गर्न मन लाग्ने छैन । जिम्मा लिएका कार्यलाई समयमा पूर्ण गर्न नसक्दा भनाई खानु पर्नेछ । विपक्षीको प्रलोभनमा पर्दा समस्यामा परिनेछ । नयाँ कार्यको आरम्भ गर्दा अन्योलता छाउनेछ । अशान्तिपनको अनुभूति हुनेछ । मातृपक्षको सहयोगले अघि बढ्नुहोला ।
कुम्भ : साथीभाइसँगको रमाइलो भ्रमणको योग बनेको छ । कृषि एवं पशुपालन क्षेत्रबाट अपेक्षित लाभांश मिल्दा हर्ष बढ्नेछ । मांगलिक कार्यको निम्तो पाइनेछ । मनमा शान्ति एवं शरीररमा कान्ति छाउने समय रहेको छ । साझेदारी कार्यबाट आफ्नो पक्षमा बढी लाभांश मिल्ने देखिन्छ ।
मीन : बोलिकै भरमा काम बन्नेछ । अचल सम्पत्तिमा गरेको लगानीले दिगो रुपमा फाइदा लिन पाइनेछ । आकस्मिक लाभको योग बनेको छ । सानातिना समस्यामा नआत्तिनु होला । कामको सिलसिलामा छोटो रमाइलो यात्राको अवसर जुट्नेछ । धेरैको मनमा बस्न सकिनेछ ।