वि.सं. २०७८ साल पौष २६ गते सोमबार, तदनुसार ई.सं. २०२२ जनवरी १० तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार पौषशुक्लपक्षको अष्टमी तिथि वेलुका ४:१४ बजेसम्म, त्यसपछि नवमी रहनेछ ।
नक्षत्र : रेवती दिवा १२:५६ बजेसम्म, त्यसपछि अश्विनी रहनेछ ।
विष्कुंभादी योग : शिव दिवा २:४९ बजेसम्म, त्यसपछि सिद्ध रहनेछ ।
आनन्दादी योग : मातड्ड ।
करण : बालव वेलुका ४:४१ बजेसम्म, त्यसपछि तैतिल रहनेछ ।
श्रीसूर्य : धनु राशिमा, चन्द्रमा : मीन राशिमा दिवा १२:५६ बजेसम्म रहनेछ ।
सूर्याेदय : ६:५८ बजे, सूर्यास्त : बेलुका ५:२५ बजे हुनेछ ।
(आज : अष्टमीव्रत, गोरखकालीपूजा)
(भोलि : पृथ्वी जयन्ती, राष्ट्रियएकता दिवस)
मेष : दिनको पूर्वार्धको समय केही झन्झटिलो रहनेछ । अनावश्यक कार्यमा अल्झनु पर्नेछ । मध्यान्ह पछिको समयमा आकस्मिक लाभ, स्वास्थ्यमा सुधार समेत हुनेछ । बोली, बचनमा मिठासता आउनेछ । हर्ष बढ्नेछ ।
वृष : आर्थिक पक्षमा उन्नति हुनेछ । ठूलो अवसर मिल्नेछ । तर मध्यान्ह पछि एक्कासी स्वास्थ्यमा समस्या सृजना हुनेछ । खर्चभार ज्यादा हुँदा आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । चिन्ता, पीरले सताउनेछ ।
मिथुन : ठूला व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ । शैक्षिक क्षेत्रमा उन्नति प्रगति हुनेछ । विश्वासको पात्र बनिनेछ । व्यापार व्यवसायबाट समेत छोटो समयमा धेरै लाभ लिन सकिने समय रहेको देखिन्छ ।
कर्कट : पूर्वार्धमा सामान्य समस्याको सामना गर्नुपरेता पनि उत्तरार्धमा नयाँ अवसर मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्य क्षेत्रमा नयाँ सम्भावनाहरु देखापर्ने छन् । सोच्न सक्ने क्षमताको विकास हुनेछ ।
सिंह : विश्वास गरेका व्यक्तिहरुले धोका दिने छन् । आफन्तजनसँग टाढिनु पर्नेछ । शैक्षिक उपलब्धिमा ह्रास आउनेछ । उत्तरार्धको समयमा भने केही सुधारको संकेत देखिन्छ । नयाँ जिम्मेवारी मिल्नेछ ।
कन्या : आत्मियजनसँगको रमाइलो यात्रा हुनेछ । नेतृत्वदायी कार्यको जिम्मेवारी मिल्नेछ । प्रेम प्रस्ताव नआउला भन्न सकिन्न । तर मध्यान्ह पछि दैनिक कार्यमा समेत विघ्न बाधा आउने छन् । सतर्क रहनु होला ।
तुला : विपक्षीलाई पनि मिलाएर अघि बढ्न सकिनेछ । सहमति एवं सहकार्यको वातावरण बन्नेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । सामजिक प्रतिष्ठा थपिनेछ । अर्थाेपार्जनका कार्यमा समय वित्नेछ ।
बृश्चिक : पूर्वार्धमा अल्छि गर्ने बानिका कराण विशेष अवसर गुम्नेछ, अल्लि जागरुक हुनुपर्नेछ । दिनको पछिल्लो समय शुभ रहनेछ । मित्र मिलन हुनेछ । सामाजिक पद प्रतिष्ठा समेत पाइनेछ । शुभ खबर सुन्न पाइनेछ ।
धनु : वेकाममा समय वित्नेछ भने गर्नैपर्ने कार्यमा ध्यान पुग्ने छैन । शारीरिक आलस्यताले सताउनेछ । धेरै परिश्रम गरेता पनि न्यून उपलब्धिमा नै चित्त बुझाउनु पर्नेछ । बेलुकी पख स्वास्थ्यमा सुधार भएर जानेछ ।
मकर : अघिदेखिका समस्यालाई साथीभाईको सहयोगमा पहल गर्दा सुल्झने छन् । मनोरञ्जनात्मक समारोहमा सहभागी हुने अवसर समेत मिल्नेछ । तर मध्यान्ह पछि अनावश्यक विवादमा परिनेछ । नैराश्यता छाउनेछ ।
कुम्भ : नयाँ प्रस्तावहरु आउनेछन् । तपाईँको काम गर्ने कलाले समाजमा बेग्लै तरंग पैदा गर्नेछ । सकारात्मक सोच विचार रहनेछ । कृषि एवं बन्दव्यापारबाट सोचे अनुरुप लाभ उठाउन सक्दा काम गर्ने हौसला बढ्नेछ ।
मीन : पूर्वार्धको समय व्यर्थको कार्यमा नै वित्नेछ । गोपनीयता बाहिरीँदा समस्या आउनेछ । तर मध्यान्ह पछि अनुकूलको वातावरण बन्नेछ । पारिवरिक सहयोग पाइनेछ । आर्थिक पक्षमा समेत सुधार हुनेछ ।