महाधिवेशनस्थल नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी हो र तर ठाउँ अभाव भन्दै २५ वटा समूह पार्टी प्यालेस र पार्टी कार्यालय पुगेका छन् । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि आज समूहगत छलफल गर्न प्रज्ञाभवनबाहिरका ठाउँहरु पनि बुक गरिएका हुन् । छलफलका लागि २५ वटा समूह विभाजन गरिसकिएका हुन् । हिजोको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।
प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ । प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र स्थान तोकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडादेखि एनवान पार्टी प्यालेससम्ममा समूहगत छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
समूहका संयोजक र ठाउँहरू
१. ज्येष्ठ क्युनिस्ट मञ्च : एमके प्रसाईं संयोजक, ठाउँ: प्रज्ञाभवनकै मञ्च अगाडि ।
२ र ३. सल्लाहकार परिषद : संयोजक नन्दकुमार थापा, मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुई वटा ।
४ र ५. प्रदेश १ : दुई भागमा बाँडेर । हर्क नेम्वाङ संयोजक, ठाउँ भानुभक्त हल ।
६, र ७. प्रदेश २ : पारिजात हल, गणेश साह, यो पनि दुई भागमा
८ र ९. लुम्बिनी प्रदेश : चक्रपाणि खनाल, सिद्विचरण हल, पुस्तकालय नजिक
१० र ११. गण्डकी प्रदेश : गायत्री गुरूङ, पेरिसडाँडाको माथिल्लो हल
१२. प्रवास समिति : लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल
१३, र १४. कर्णाली प्रदेश : विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुइटा हल । अर्को हलमा
१५ र १६. सुदूरपश्चिम : खगराज भट्ट
१७ र १८. केन्द्रीय विभागहरू : मायाप्रसाद शर्मा, क्वालिटी ब्यांकेट, बुद्वनगर, दुइवटा समूह बनाएर ।
१९. विशेष प्रदेश : जगत सिंखडा, क्वालिटीमा ।
२० र २१. सम्पर्क समन्वय प्रदेश : श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुई वटा समूह
२२ र २३. बागमती प्रदेश : काठमाडौं ब्याकेट, सरल सहयात्री
२४. सम्पूर्ण आयोगहरू : काठमाडौ व्यांकेटमै, संयोजक विष्णुविकास श्रेष्ठ
२५. जबस, मोर्चाका इन्चार्जहरू : केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समूहमा रहने । यो पनि काठमाडौं ब्यांकेटमै, अमृता थापा संयोजक ।
२५ वटै समूहले समूहगत निष्कर्ष निकालेर बन्दसत्रको भोलिको पूर्ण बैठकमा प्रस्तुत गर्ने कार्यक्रम बनायएको माओवादी पार्टीले जनाएको छ ।