वि.सं. २०७८ साल पौष १३ गते मंगलबार, तदनुसार ई.सं. २०२१ डिसेम्बर २८ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार पौषकृष्णपक्षको नवमी तिथि दिवा १:२० बजेसम्म, त्यसपछि दशमी रहनेछ ।
नक्षत्र : चित्रा रात्रि १२:१९ बजेसम्म, त्यसपछि स्वाती रहनेछ ।
विष्कुंभादी योग : अतिगण्ड रात्रि १:१४ बजेसम्म, त्यसपछि सुकर्मा रहनेछ ।
आनन्दादी योग : ध्वांक्ष ।
करण : वणिक् रात्रि १२:३१ बजेसम्म, त्यसपछि बव रहनेछ ।
श्रीसूर्य : धनु राशिमा, चन्द्रमा : कन्या राशिमा दिवा १२:४९ बजेसम्म रहनेछ ।
सूर्याेदय : ६:५५ बजे, सूर्यास्त : बेलुका ५:१६ बजे हुनेछ ।
मेष : नेतृत्वदायी कार्यको जिम्मेवारी पाइनेछ । मिहिनेतको उचित कदर हुनेछ । आर्थिक पक्ष बलियो रहँदा नयाँ लगानिको अवसर मिल्नेछ । दाम्पत्य सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । प्रीयजनसँगको रमाइलो पल वित्नेछ । उत्तरार्धको समयमा स्वास्थ्य समेत सामान्य बन्दै जानेछ ।
वृष : अरु दिन विरोध गर्नेहरु पनि सहमतिमा आउने छन् । अपरिचित व्यक्तिको साथ पाइनेछ । व्यवसाय फस्टाउने छ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । तर दिनको उत्तराद्र्धको समयमा स्वास्थ्यको भने कमजोर बन्न सक्छ, ख्याल राख्नु होला ।
मिथुन : मध्यान्ह अघि झन्झटको सामना गर्नुपरेता पनि मध्यान्ह पछिको समयमा सकारात्मक सोच विचारको उदय हुनेछ । काम गर्ने वातावरण बन्नेछ । अध्ययनमा रुचि जाग्नेछ । अधुरा कार्यलाई अघि बढाउन सकिनेछ । आफन्तजनसँग टाढिको सम्बन्ध समेत मजबुत बन्दै जानेछ ।
कर्कट : दिनको पूर्वार्धको समयमा मित्र मिलन हुनेछ । आकस्मिक धन लाभ हुनेछ । नयाँ कार्यको संझौता समेत हुने देखिन्छ तर उत्तरार्धको समयमा आर्थिक पक्ष कमजोर बन्नेछ । व्यर्थको कार्यमा समय वित्नेछ । टाढाको यात्रा कष्टकर रहने देखिन्छ । सोचे अनुरुप काम बन्ने छैन ।
सिंह : नयाँ क्षेत्रमा संलग्न हुने समय रहेको छ । मनमा शान्तिको अनुभूति हुनेछ । शैक्षिक क्षेत्रमा चासो रहनेछ । साथीभाईसँगको रमाइलो यात्राको अवसर जुट्नेछ । शुभ खबर सुन्न पाइनेछ । विपक्षीहरु पनि मेलमिलापको वातावरणमा आउन बाध्य हुनेछन् । समय शुभ रहने देखिन्छ ।
कन्या : प्रसन्नता छाउनेछ । नयाँ कार्यको नेतृत्व गर्न पाइनेछ । मान सम्मान मिल्नेछ । कुटुम्बको सहायताले कार्य बन्नेछन् । मांगलिक कार्यको निम्तो पाइनेछ । धन सञ्चय गर्ने वातावरण बन्नेछ । व्यवहारिक पक्ष सबल रहनेछ । मध्यान्ह पछाडि अल्छिपना त्यागेर जागरुकताका साथ कार्यमा लाग्नुहोला ।
तुला : मध्यान्ह अघि आफन्तजन टाडिनेछन् । अनावश्यक स्थानमा लगानि गरिनेछ । मानसिक अशान्तिले सताउनेछ । विवादित कार्यमा संलग्न भइनेछ । तर मध्यान्ह पछि व्यवसायबाट सुख सन्तोष मिल्ने देखिन्छ । विशिष्ट व्यक्तिसँग मित्रताको बन्धन गाँसिनेछ । सृजनात्मक कार्यमा ध्यान जानेछ ।
बृश्चिक : दिनको पूरार्धको समयमा अकस्मिक धन लाभ हुनेछ । छोटो रमाइलो यात्राको संभावना बलियो बनेको छ । सृजनात्मकताको कदर हुने समय रहेको छ । मध्यान्ह पछि शारीरिक कमजोरीले कार्य गर्न सकिने छैन । नयाँ कार्य एवं लगानिले तनाब मात्र थपिनेछ । नियमित कृयाकलापमा व्यस्थ रहनुहोला ।
धनु : सान्दर्भिक कार्यको उठानले धेरैको साथ मिल्नेछ । वहान सुख मिल्नेछ । व्यापार व्यवसायबाट मनग्य नाफा कमाउन सकिनेछ । पढाइमा जोड दिँदा उच्च स्थान मिल्नेछ । आम्दानिका नयाँ बाटाहरु फेला पर्नेछन् । मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने मौका मिल्नेछ ।
मकर : सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । सामाजिक पदप्रतिष्ठामा बृद्धि विकास हुनेछ । मान्यजनसँग सहकार्य गर्ने अवसर जुट्नेछ । परिश्रमको उचित प्रतिफल मिल्दा काम गर्ने हौसला थपिनेछ । कार्य क्षेत्र प्रति समर्पित भइनेछ । मानसिक क्षमताको कदर हुने समय रहेको छ ।
कुम्भ : विश्वास गरेका व्यक्तिले विश्वास घात गर्नेछन् । गोपनियता बाहिरिँदा समस्या सृजना हुनेछ । सामान्य कामलाई पनि धेरै प्रयास गर्नुपर्नेछ । तर मध्यान्ह पछि भने आर्थिक पक्षमा बढोत्तरी भएर जानेछ । टाढिएका आफन्तजनसँगको सम्बन्धमा सुधारता आउनेछ । आर्थिक पक्षमा सुधार हुनेछ ।
मीन : सिमित समयमा अधिक काम बन्ने छन् । प्रेम प्रसड्ड चल्नेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी भइनेछ । तर मध्यान्ह पछि भने अरुको भर विश्वासमा बस्दा महत्वपूर्ण अवसर गुम्नेछ । शारीरिक आलस्यताले सताउनेछ । चिन्ता एवं पीरले काम गर्न सकिने छैन । संयम रहनु होला ।