आत्मनि इति अध्यात्म अर्थात् आत्मा नै अध्यात्म हो भनेर अध्यात्म शब्दको व्युत्पत्ति गरिएको छ । यसैगरी स्वभावोऽध्यात्ममुच्यते भनेर अध्यात्म शब्दको अर्थ गरिएको छ । प्रकृति पुरुषात्मकं जगत् अथवा यो जगत् प्रकृति र पुरुषको संयोजनबाट बनेको छ । चिदचिद्धर्मावछिन्नत्वं विशिष्टत्वम् अथवाचित् = चेतन र अचित् जड पदार्थ यीदुवै गुणले युक्त ईश्वर विशिष्ट छ। यो विशिष्टाद्वैत दर्शनको दार्शनिक सिद्धान्त हो । अतः स्वभाव ईश्वरको जड प्रकृतिहो र त्यस जड प्रकृतिमा चैतन्य स्वरुपले रहेको जीवात्माचाहिँअध्यात्महो।
जीव, जगत् र ब्रह्मयी तीन तत्त्व आध्यात्मिक चिन्तनका विषय हुन् । जीव= प्राणी अथवा कोऽहम् = म को हुँ? जगत् = यो भौतिक पदार्थ के हो ? म र यो जगत्को बीचमा कुनै सम्बन्ध छ कि छैन ? म र यो जगत्भन्दा पर अर्को कुनै परम तत्त्व छ कि छैन ? यसरी जीव, जगत् र ब्रह्मयी तीनवटा तत्त्वलाई समुच्चमा तत्त्व मानिएको छ । यही तीनवटा तत्त्वको विवेचना नै तत्त्वविवेचना हो र जसलेयी तीनवटा तत्वलाई बुझेको छ, त्यसलाई तत्त्वज्ञ मानिन्छ। आद्य जगद्गुरु शङ्कराचार्यले यस सम्बन्धमा यसरी आफ्नो मतजाहेर गरेका छन्, जस्तै
श्लोकार्द्धन प्रवक्ष्यामियदुक्तं ग्रन्थकोटिभिः ।
ब्रह्म सत्यं जगन्मिथ्याजीवो ब्रह्मैव नापरः ॥
यो नै शाङ्कर वेदान्त अथवा अद्वैत वेदान्तको दार्शनिक सिद्धान्त हो।
उपनिषद् वैदिकदर्शनको पराकाष्ठा अवस्था हो, जहाँ गएर ज्ञानको अन्तिम टुङ्गो लाग्दछ । उपनिषद्हरुमा बृहदारण्यकोपनिषद् आकारमा पनि ठूलो र ज्ञानमा पनि उच्चकोटिको छ। बृहदारण्यकोपनिषद्का रचयिता याज्ञवल्क्य ऋषिहुन् । याज्ञवल्क्यको आश्रम सिन्धुलीको कमलाखाँच हो। यही आश्रममा बसेर याज्ञवल्क्य ऋषिले बृहदारण्यकोपनिषद्को रचना गरेकाथिए । रत्नाकर डाँका नारायणी, सोना र भद्राको सङ्गम त्रिवेणीमा तपस्या गरेर वाल्मीकि ऋषिको रूपमा रूपान्तर भएका थिए, जुन स्थान अहिले चितवनजिल्लामा वाल्मीकिआश्रमको रूपमा प्रसिद्ध छ । यही आश्रममा बसेर वाल्मीकिले रामायणको रचना गरेका थिए । नेपाल अनेकौं ऋषिमुनिहरूको साधनास्थल हो । नेपालमा नै शाक्यमुनि बुद्धको जन्मभएको हो । वज्रगुरु पद्मसम्भव नेपाल आई यहाँका विभिन्न स्थानहरूमा साधना गरेर भोट देश गई लामाबौद्ध धर्मको विकास गरेका थिए । भारतमा अनिकाल पर्दा जैन साधु भद्रबाहु नेपाल आई खोटाङको हलेसी गुफामा साधना गरेर बसेका थिए । यसैगरी विक्रमशील महाविहारका द्वारपण्डित नादपाद नेपालआएर पशुपतिक्षेत्रमा साधना गरी चक्रशावरतन्त्रको सिद्धि प्राप्त गरेका थिए । नेपाललाई समृद्ध बनाउन कामरूपकामाख्या देशका सिद्ध मत्स्येन्द्रनाथ र काश्मीरका सिद्ध चन्दननाथको महत्त्वपूर्ण भूमिका रहेको छ । सिद्धगोरखनाथ र सिद्ध रतननाथको जन्म नेपालमै भएको हो । यस सन्दर्भमा सिद्ध भगवन्तनाथ पनि स्मरणीय छन्।
नेपाल सत्यको देश हो । पार्वतीले रचना गरेको शिवको देश, बुद्धको जन्मभूमि, सीता र भृकुटीको माइती हो। अहिलेको कलियुगमा देवीदेवताहरू हिमालय स्वरूपले नेपालमा रहेका छन् । कुमारसम्भवमा उल्लेखितमहाकवि कालिदासको यस उद्गारबाट यो कुरा सिद्ध हुन्छ, जस्तै-
अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नामनगाधिराजः ।
चारयुगमा नेपालकाचारवटा नाम रहेको छ, जस्तै-
कृते सत्यवती ज्ञेया त्रेतायां च तपोवती ।
द्वापरे मुक्तिसोपानंकलौनेपालिकापुरी ॥
अध्यात्म सत्यमा अडिएको छ। सत्यको उद्बोधन नेपालमाभएको हो । त्यसकारण सत्ययुगमा नेपाल सत्यवताका रुपमा प्रसिद्ध थियो । अघि आदिमकालदेखि नै गौतम आदिऋषिहरूआएर नेपालमाआश्रम स्थापना गरेर साधना गरेका मग गोपालवंशावलीमा लेखिएको छ । लिच्छविकालको अभिलेखमापनिगौतम आश्रमको उल्लेख आएको छ । गोपालवंशावलीको उल्लेख सत्य ठहरिन्छ । यसैगरी लिच्छविकालको अभिलेखमा भरत आश्रमको पनिउल्लेख आएको छ। यसबाट त्रेतायुगमा नेपालतपोवतीको रुपमा प्रसिद्ध रहेको सिद्ध हुन्छ।
मानदेवको विष्णुपादुका फेदीको शिवलिङ्गको जलहरीमाअंकितअभिलेखमाभगवान् शिवबाट यस जगतको सृष्टि प्रलय हुन्छ भनेको छ । यसैगरी भगवान्को भक्तिनगर्नेहरु जन्म र मृत्युको बन्धनमा पर्दछन् र भगवान्काभक्तहरु भवबन्धनबाट मुक्त हुन्छन् भनेको छ । शिवलिङ्गको स्थापनाबाट सर्वलोकको हरप्रकारको दुःख हरण होओस् भन्न कामनागरिएको छ । जगत्को हितको लागिकामनागर्नु नै आध्यात्मिक गुण हो । यसबाट नेपालमाआध्यात्मिकभावका उद्बोधनभएको प्रमाणित हुन्छ।
भगवान् बादराणय वेदव्यासले ब्रह्मसूत्रको रचना गरेकाथिए । त्यसपछिआद्य जगद्गुरुशङ्कराचार्यआदिआचार्यहरूले ब्रह्मसूत्रको भाष्य गरेकाथिए । काठमाडौंको हाँडिगाउँस्थित सत्यनारायण मन्दिरको वसन्तदेवको समयताकाको अनुपरमद्वारा रचित गरुडध्वजको अभिलेखमाभगवान् वेदव्यासको स्तुतिको सन्दर्भमा ब्रह्मसूत्रको चर्चा गरिएको छ । यसबाट आठौं शताब्दीमाआद्य जगद्गुरु शंकराचार्यले ब्रह्मसूत्रको भाष्यगर्नुभन्दादुईसय वर्षअघि ने छैठौँ शताब्दी नै नेपालमाब्रह्मसूत्रको परिचर्चा भइसकेको स्पष्ट हुन्छ।
विष्णुपादुका फेदीको शिवदेवको संवत् ५१२ को अभिलेखको मङ्गलाचरणमा भगवान् वासुदेव कृष्णको स्तुतिगरिएको छ । यसैगरी लेलेको शिवदेव र अंशुवर्माको संवत् ५२६ को अभिलेखमाभगवान् वासुदेव ब्राह्मण गोष्ठीकोउल्लेख आएको छ । यसरी संस्थागत रूपमा नै भगवान् वासुदेव कृष्णले दिएको तत्त्वज्ञानको विवेचना गरेको पाइन्छ । यसैगरी ललितपुर, गैह्रीधाराको नरेन्द्रदेवको संवत् ८३ को अभिलेखमा ज्ञानयोग र कर्मयोगमा लागेका सदाचारीहरूको उल्लेख आएको छ । कर्मयोग, ज्ञानयोग र भक्तियोग श्रीमद्भवद्गीताको मुख्यविवेच्य विषयहो । श्रीमद्भगवद्गीता एउटा अध्यात्मवादी ग्रन्थ हो । यसरी लिच्छविकालीन नेपालमा गीतामा आधारित आध्यात्मिक तत्त्व बोधका लागि साधना गरेको पाइन्छ । अतःयी ऐतिहासिकतथ्यहरूले अध्यात्ममय नेपालको भावनालाई पुष्टि गर्दछ।
यसो भएर नै केही वर्षअघि जी-२० को शिखर सम्मेलनमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको समुपस्थितिमा टर्कीका पूर्व प्रधानमन्त्री डा. अहमदले Nepal is a Centre of Spirituality in the world भन्ने उद्गार व्यक्त गरेका हुन् । नेपालमा विकसित आध्यात्मिक तत्त्वज्ञानको लामो विद्वत्परम्परालाई हृदयङ्गम गर्दा डा. अहमदको यो उदगार वास्तविकतामा आधारित देखिन्छ, जसले आध्यात्मिक जगत्मा नेपालको शिरलाई उँचो बनाएको छ । (स्रोत: वैदिक विज्ञान तथा आधुनिक विज्ञान महासम्मेलन, २०७५ मा प्रस्तुत कार्यपत्र)