वि.सं. २०७८ साल पौष ६ गते मंगलबार, तदनुसार ई.सं. २०२१ डिसेम्बर २२ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार पौषकृष्णपक्षको द्वितीया तिथि दिवा १:०५ बजेसम्म, त्यसपछि तृतीया रहनेछ ।
नक्षत्र : पुनर्वसू वेलुका ९:१९ बजेसम्म, त्यसपछि तिष्य रहनेछ ।
विष्कुंभादी योग : ब्रह्मा पूर्वान्ह ११:२५ बजेसम्म, त्यसपछि ऐन्द्र रहनेछ ।
आनन्दादी योग : स्थिर ।
करण : वणिक् रात्रि १:५३ बजेसम्म, त्यसपछि बव रहनेछ ।
श्रीसूर्य : धनु राशिमा, चन्द्रमा : मिथुन राशिमा दिवा २:४८ बजेसम्म रहनेछ ।
सूर्याेदय : ६:५२ बजे, सूर्यास्त : बेलुका ५:१२ बजे ।
मेष : दाजुभाइको सहयोगले काम बन्नेछ । श्रम मार्गबाट सुख–सन्तोष मिल्नेछ ।साझेदारी काम कार्यबाट समेत आफ्नो पक्षमा बढी लाभ लिन सकिनेछ । साँझपख असमझदारीता एवं विवादको सामना गर्नुपर्ने देखिन्छ ।
वृष : दोधारे स्वभावका कारण सही निर्णय लिन सकिने छैन । विवाद र समस्याका बापजुध पनि धनरकम संकल/सञ्चय गर्न सकिनेछ । नयाँ कार्यको प्रस्ताव आउनेछ । खुसीको खबर मिल्नेछ । साँझपख मित्र मिलन हुनेछ ।
मिथुन : मन, बचन र कर्मको तालमेल मिल्नेछ । सहनशिलता र कृयाशिलताको विकास हुनेछ । धेरै व्यक्तिको मनमा बस्न सकिनेछ । व्यवहारिक पक्षलाई बुझिनेछ । छोटो छरितो रमाइलो यात्राको संभावना बलियो रहेको छ ।
कर्कट : अरुको भरमा काम थाल्दा अलमलमा परिनेछ । आर्थिक पक्षमा सुधार आउनेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । खर्चको मात्रा बढेर जानेछ । तर साँझपख जिम्मेवारी बढ्नेछ । मित्र मिलन हुनेछ ।
सिंह : प्रेमीप्रमीका बीचको सम्बन्ध घनिष्ठ बन्नेछ । आकस्मिक धन लाभको योग बनेको छ । सृजनात्मक शक्तिको विकास हुनेछ । छोटो समयमा काम बन्नेछ । साँझपख खर्चको मात्रा बढ्नेछ, अल्छिपनले सताउनेछ ।
कन्या : सहज तरिकाले काम सम्पन्न गर्न सकिनेछ । महत्वपूर्ण कार्यको नेतृत्व मिल्नेछ । विश्वासको पात्र बनिनेछ । अपरिचित व्यक्तिको समेत सहयोग पाइनेछ । सामाजिक कार्यबाट प्रशंसा मिल्ने समय रहेको छ ।
तुला : सामूहिक कार्यको नेतृत्व गर्न पाइनेछ । परोपकारी कार्यमा समय विताउन पाउँदा खसी लाग्नेछ । काम गर्ने कलाले धेरै व्यक्तिलाई प्रभावित बनाउन सकिनेछ । धर्म, दर्शन तथा अध्यात्म तर्फ मन जानेछ ।
बृश्चिक : साँझसम्मको अवधि कमजोर नै रहनेछ । हत्तारमा निर्णय नलिनुहोला । विपक्षीले कमजोरीको जोखाना हेरेर बस्नेछन् । बोलिकै कारण विवादित भइनेछ । साँझबाट क्रमश: शुभफल मिल्नेछ ।
धनु : आकर्षण शक्ति बढेर जानेछ । प्रेम प्रसंगले मूर्तरुप लिनेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । दाम्पत्य सहयोगले रोकिएका काम सहज तवरले बन्नेछ । साँझबाट स्वास्थ्य कमजोर एवं असन्तुष्टिपनले सताउनेछ ।
मकर : प्रतिष्पर्धात्मक कृयाकलापमा विजयी भइनेछ । लामो समयदेखिको विवादित कार्यले स्थान पाउने छन् । शत्रू पक्ष कमजोर हुनेछन् । सामाजिक कार्यको जिम्मेवारी बढ्नेछ । साँझबाट स्वास्थ्यमा समेत सुधार आउनेछ ।
कुम्भ : घरमा नयाँ चहलपलह छाउनेछ । विद्यार्थी वर्गले अध्ययनमा प्रगतिसँगै प्रतिभाका कृयाकलापमा समेत उच्च स्थान हाँसिल गर्न सकिनेछ । क्रमश: आयदर बढ्दै जानेछ । नयाँ योजनाका साथ अघि बढ्ने समय रहेको छ ।
मीन : अरुको उक्साहटमा नयाँ क्षेत्रमा प्रवेश गर्दा असफल भइनेछ । स्वास्थ्य कमजोर बन्नेछ । अग्रज व्यक्तिसँग विवाद पर्न सक्छ, बोलिमा संयमता अपनाउनुहोला । साँझबाट गरेका कार्यमा सफल भइनेछ, शुभफल मिल्नेछ ।