वि.सं. २०७८ साल पौष ४ गते आइतबार, तदनुसार ई.सं. २०२१ डिसेम्बर १९ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्षको पूर्णिमा तिथि विहान ९:०७ बजेसम्म, त्यसपछि पौषकृष्णपक्षको प्रतिपदा रहनेछ ।
नक्षत्र : मृगशिरा वेलुका ४:३६ बजेसम्म, त्यसपछि आर्द्रा रहनेछ ।
विष्कुंभादी योग : शुभ पूर्वान्ह १०:४० बजेसम्म, त्यसपछि शुक्ल रहनेछ ।
आनन्दादी योग : सौम्य ।
करण : बालव वेलुका १०:११ बजेसम्म, त्यसपछि तैतिल रहनेछ ।
श्रीसूर्य : धनु राशिमा, चन्द्रमा : मिथुन राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्याेदय : ६:५१ बजे, सूर्यास्त : बेलुका ५:११ बजे ।
(भोलि : कोशिकोका संगममा मेला)
मेष : साथीभाइको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुखसुविस्ताका साधनहरु जुट्ने छन् । कृषि क्षेत्रमा गरेको लगानीले दिगो रुपमा लाभ लिन सकिनेछ । चिन्ता घट्नेछ । हर्षको खबर मिल्नेछ ।
वृष : अचल वस्तुमा गरेका लगानीले पछि सम्म लाभ दिन पाइनेछ । सामान्य कार्यलाई पनि दोहोर्याएर गर्नु पर्दा दिक्क लाग्नेछ । दोधारेपनले निर्णय लिन गाह्रो पर्नेछ, कुटुम्बको सल्लाहमा अघि बढ्दा सफल भइनेछ ।
मिथुन : सहनशिलता र कृयाशिलताको बृद्धि विकास हुनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । अघिदेखिका समस्या हल भएर जानेछन् । विशिष्ट समारोहमा अतिथिको सत्कार पाइनेछ ।
कर्कट : प्रतिक्षित नतिजामा गिरावट आउनेछ । सोचे अनुरुप कार्य नबन्दा दिक्क लाग्नेछ । खर्चको मात्रा ज्यादा हुँदा आर्थिक तलमेल मिलाउन गाह्रो पर्नेछ । नयाँ कार्य भन्दा दैनिक कार्यमा नै व्यस्थ रहनु होला ।
सिंह : आकस्मिक लाभको योग बनेको छ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सफल भइनेछ । मानसिक क्षमतामा बृद्धि हुनेछ । व्यापार व्यवसायमा नवीन संभावनाहरु देखा पर्नेछन् । सृजनात्मक कार्यमा मन रमाउनेछ ।
कन्या : मान्यजनसँग सहकार्य गर्न पाइनेछ । काम प्रतिको लगनशिलता बढेर जानेछ । नेतृत्व गणलाई विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी थपिनेछ । अध्ययन–अध्यापनमा रुचि जाग्नेछ । वहान सुख मिल्नेछ ।
तुला : टढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार हुनेछ । परोपकारी कार्यमा सहभागी भइनेछ । थालेका अधिकांश कार्यले उचित रुपमा स्थान पाउनेछन् । धार्मिक आस्था जाग्नेछ । नेतृत्वगणसँग भने विवाद बढ्नेछ ।
बृश्चिक : नविन लागनि एवं टाढाको यात्रा शुभ देखिन्न । परिश्रमको उचित मूल्यांकन नमिल्दा काम गर्ने हौसला घट्नेछ । अनावश्यक कार्यमा भुल्नाले गर्नैपर्ने कार्यले विराम लिनेछन् । कठोर बोलिका कारण विवाद पर्नेछ ।
धनु : श्रममार्गबाट समेत सोचे अनुरुप लाभ मिल्दा खुसी लाग्नेछ । पारिवारिक सहयोगले कार्य बन्नेछन् । दाम्पत्य सहयोग पाइनेछ । प्रेमीप्रेमीका बिचको सम्बन्ध प्रगाढ रहला । दिन हर्षाेल्लास पूर्वक नै वित्नेछ ।
मकर : काम गर्ने जोश जाँगर थपिनेछ । आफन्तको साथ पाइनेछ । विपक्षीले बाधा व्यवधान ल्याउन खोजेता पनि अडिक भएर लाग्दा जित तपाईँको नै हुनेछ । आर्थिक पक्ष बलियो रहँदा लगानीको वातावरण बन्नेछ ।
कुम्भ : पारिवारिक समस्या हल भएर जानेछ । प्रतिस्पर्धात्मक काम कार्यमा विजयी भइनेछ ।समस्याको पहिचान गर्न सक्दा काम गर्ने वातावरण बन्नेछ । तर खानपानमा विचार नपुर्याउँदा स्वास्थ्य समस्याले सताउनेछ ।
मीन : शारीरिक कमजोरीले गर्दा दैनिक काम कार्यमा समेत अबरोध आउनेछ । जिम्मा लिएका कार्यलाई समयमै पूर्ण गर्न नसक्दा भनाई खानु पर्नेछ । वैदेशिक क्षेत्रका अपूरा कार्य भने पहल गर्दा सफल बन्ने देखिन्छ ।