वि.सं. २०७८ साल मंसिर २८ गते मंगलबार, तदनुसार ई.सं. २०२१ डिसेम्बर १४ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्षको एकादशी तिथि रात्रि १:३५ बजेसम्म, त्यसपछि द्वादशी रहनेछ ।
नक्षत्र : अश्विनी अहोरात्र व्याप्त रहनेछ ।
विष्कुंभादी योग : वरीयान् पूर्वान्ह ९:३६ बजेसम्म, त्यसपछि परिघ रहनेछ ।
आनन्दादी योग : अमृत ।
करण : वणिक् दिवा १:०१ बजेसम्म, त्यसपछि बव रहनेछ ।
श्रीसूर्य : बृश्चिक राशिमा, चन्द्रमा : मेष राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्याेदय : ६:४८ बजे, सूर्यास्त : बेलुका ५:०९ बजे ।
(आज : मोक्षदा एकादशीव्रत, गीताजयन्ती)
मेष : सकारात्मक सोच, विचारको उदय हुनेछ । व्यवसायमा समेत आयदर बढ्नाले खुसीयाली छाउनेछ । सम्मानजनक कार्य गरिनेछ । अध्ययनमा रुचि बढ्नेछ । स्वास्थ्यमा र नोकरी क्षेत्रमा भने प्रतिकुलता होला ।
वृष : परिश्रम अनुसारको प्रतिफल नमिल्दा काम गर्ने जोश जाँगर घट्नेछ । काम–काम भन्दा स्वास्थ कमजोर बन्नेछ, ध्यान दिनुहोला । व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण कार्य भने ओझेलमा पर्नेछ । विपक्षीहरुले दु:ख दिने छन् ।
मिथुन : अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । शुभ समाचार सुन्न पाइनेछ । सहज वातावरण बन्नाले नयाँ कार्यको थालनि गरिनेछ । इमान्दारीताको प्रशंसा मिल्नेछ । व्यवसायबाट राम्रो आम्दानी हुनेछ ।
कर्कट : मान्यजनको साथ, सहयोग पाइनेछ । प्रभावकारी कार्यको आरम्भ हुनेछ । स्वास्थ्य ठीकठाक नै रहला । नोकरीमा प्रशंसा एवं जिम्मेवारी बढ्नेछ । सृजनात्मक कार्यमा मन जानेछ । वहान सुख मिल्नेछ ।
सिंह : टाढिएका आफन्तजनसँग मिलन हुनेछ । सोचेका कार्य एकाएक पूरा हुँदा हर्ष बढ्नेछ । अघिदेखिका समस्या हल भएर जानेछन् भने नयाँ कार्यको प्रस्ताव समेत आउने छन् । धन लाभ हुनेछ । धार्मिक आस्था जाग्नेछ ।
कन्या : नयाँ कार्यको आरम्भले तनाब मात्र थपिनेछ । अल्छि गर्नाले महत्वपूर्ण अवसर फुत्कनेछ । सामाजिक कार्यबाट जश मिल्ने छैन । स्वास्थ्य कमजोर बन्नेछ । दैनिक कार्यमा समेत समस्या सृजना हुनेछ ।
तुला : विपरीत लिंगिको सहयोग मिल्नेछ । सामान्य प्रयासले नै लक्ष्यमा पुग्न सकिनेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो जमघट हुनेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी भइनेछ । मानसिक क्षमताको बृद्धिविकास हुनेछ ।
बृश्चिक : व्यवसायमा गरेको लगानिले दिगोरुपमा फाइदा लिन सकिनेछ । दु:खको फल मिलनेछ । घरायसी समस्या हल भएर जानेछ । तनाबदायी कार्यको नेतृत्व गर्नु परेता पनि अग्रजको साथ सहयोग मिल्दा सफलता मिल्नेछ ।
धनु : बौद्धिक कलाको प्रशंसा हुनेछ । स्वास्थ्य सामान्य बन्दै जानेछ । विवादित कार्यलाई मेलमिलापको वातावरणद्वारा सुल्झाउन सकिनेछ । पारिवारिक सहयोग मिल्नेछ । नोकरीमा भने अन्योलता छाउने देखिन्छ ।
मकर : शारीरिक कमजोरीले कार्य गर्न मन लाग्ने छैन । विपक्षीको प्रलोभनमा पर्दा समस्यामा परिनेछ । जिम्मा लिएका कार्यलाई समयमा पूर्ण गर्न नसक्दा भनाई खानु पर्नेछ । कम बोल्ने र दैनिकीमा व्यस्थ रहनु उचित हुनेछ ।
कुम्भ : मांगलिक कार्यको निम्तो पाइनेछ । मनमा शान्ति एवं शरीररमा कान्ति छाउने समय रहेको छ । साथीभाइसँगको रमाइलो भ्रमणको योग बनेको छ । कृषि क्षेत्रबाट अपेक्षित लाभांश मिल्दा हर्ष बढ्नेछ ।
मीन : अचल सम्पत्तिमा गरेको लगानिले दिगो रुपमा फाइदा लिन पाइनेछ । आकस्मिक लाभको योग बनेको छ । सानातिना समस्यामा नआत्तिनु होला । बोलिकै भरमा काम बन्नेछ । अल्छिपना त्यागेर अघि बढ्नुहोला ।