वि.सं. २०७८ साल मंसिर २६ गते आइतबार, तदनुसार ई.सं. २०२१ डिसेम्बर १२ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्षको नवमी तिथि रात्रि १२:०८ बजेसम्म, त्यसपछि दशमी रहनेछ ।
नक्षत्र : उत्तरभाद्रपदा मध्यरात्रि पछि ४:२१ बजेसम्म, त्यसपछि रेवती रहनेछ ।
विष्कुंभादी योग : सिद्ध पूर्वान्ह ११:२० बजेसम्म, त्यसपछि व्याघात रहनेछ ।
आनन्दादी योग : स्थिर ।
करण : बालव दिवा १२:०५ बजेसम्म, त्यसपछि तैतिल रहनेछ ।
श्रीसूर्य : बृश्चिक राशिमा, चन्द्रमा : मीन राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्याेदय : ६:४६ बजे, सूर्यास्त : बेलुका ५:०८ बजे ।
मेष : खर्चभार बढ्दा आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । स्वास्थ्यमा एक्कासी समस्या देखिन सक्छ, खानपानमा विचार पुर्याउनु होला । अनावश्यक कार्यमा भुल्दा महत्वपूर्ण अवसर गुम्नेछ ।संयम रहनु होला ।
वृष : धेरै व्यक्तिको प्रशंसाको पात्र बनिनेछ । पढाइमा चासो रहनेछ । व्यापार व्यवसायमा नयाँ ज्ञान तथा सिपको प्रयोगले गर्दा आयदर बढाउन सकिनेछ । पारिवारिक सहयोगले गर्दा महत्वपूर्ण कार्यमा सफल भइनेछ ।
मिथुन : मान्यजनसँग सहकार्य गर्ने अवसर मिल्दा खुसी लाग्नेछ । कर्म क्षेत्रमा नयाँ अवसर मिल्नेछ । सानो प्रयासले नै ठूला कार्य बन्नेछन् । मायाप्रेमको बन्धन कसिलो बन्नेछ । सकारात्मक सोच विचारको उदय हुनेछ ।
कर्कट : सकारात्मक सोच विचार आउनेछ । ढिलै भए पनि परिश्रमको मूल्यांकन पाइनेछ । धार्मिक यात्राको संभावना देखिन्छ । स्वास्थ्य सामान्य बन्दै जानेछ ।समग्रमा दिन सुधारोन्मुख रहने देखिन्छ ।
सिंह : मनमा शंका उपशंका उब्जनाले कार्य गर्न गाह्रो पर्नेछ । आफ्ना लागि भन्दा अरुका काम व्यवहारमा खट्नु पर्नेछ । अरुको विश्वासमा पर्दा महत्वपूर्ण अवसरमा पछि परिनेछ । नयाँ संझौताले झन् तनाब थपिनेछ ।
कन्या : महत्वपूर्ण कार्यको जिम्मेवारी मिल्नेछ । आर्थिक पक्ष मजबुत बन्नेछ । काम गरेर धैरै व्यक्तिलाई आकर्षित गर्न सकिनेछ । प्रीयजनसँगको रमाइलो पल बित्नेछ । सहमति र सहकार्यको भावना जागृत हुनेछ ।
तुला : आर्थिक पक्ष मजबुत रहँदा नयाँ लगानि गरिनेछ । आश मारेको धनरकम हात पर्नेछ । छैटौं भावको चन्द्रमा ग्रहले सामान्य अन्योलको वातावरण बनाउन सक्छ, मान्यजनको सल्लाहमा अघि बढ्नु होला ।
बृश्चिक : काम गर्ने वातावरण बन्नेछ । सोचे अनुरुप काम कार्य बन्दा आनन्द लाग्नेछ । इमान्दारीताको पात्र बनिनेछ । स्वास्थ्यमा सुधार हुनेछ भने टाढिएका बन्धुवान्धवसँगको सम्बन्धमा सुधार आउनेछ ।
धनु : धन भएर पनि सही स्थानमा लगानि गर्न सकिने छैन । कठोर बोलि व्यवहारका कारण बन्नै आँटेका कार्य समेत विग्रने छन् । असहज वातावरण बन्नाले दैनिक कामकाजमा समेत बाधा अड्चन आउने छन् ।
मकर : खुसीको खबर मिल्नेछ । दाजुभाइको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । मेलमिलापको भावना जागृत हुनेछ । पराक्रम भावको चन्द्रमा ग्रहका प्रभावले यश, कृति बढ्नेछ । परिश्रमको उचित मूल्यांकन पाइनेछ ।
कुम्भ : परिश्रम बढी गर्नु परेता पनि उचित मूल्यांकन मिल्दा जोश जाँगर थपिनेछ । सामाजिक कार्यमा जागृत भइनेछ । व्यवसायबाट आर्जित रकमले सन्तुष्टि मिल्नेछ । शारीरिक स्फुर्ति कायम रहनेछ । समय शुभ रहने देखिन्छ ।
मीन : ठूला व्यक्तिसँग नजिकिने अवसर मिल्नेछ । पूराना समस्यालाई हल गर्दै नयाँ संझौता गर्ने समय रहेको छ । विशिष्ट कार्यमा अतिथिको सत्कार पाइनेछ । घरायसी समस्या हल भएर जानेछ । प्रशंसकहरु थपिने छन् ।