नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा निर्वाचित भएका छन् । करण चौधरीलाई ६६ मत अन्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रमुख निर्वाचन अधिकृत एवं अधिवक्ता बालकृष्ण ढकालका अनुसार थापाले १ हजार ४१३ मत र उनका प्रतिस्पर्धी चौधरीले १ हजार ३४७ मत पाएका थिए ।
कुल १७ सदस्यीय कार्यसमितिमा अनूपकुमार बराल, मिलनबाबु मल्ल, राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, सुनील रिजाल, अभिक ज्योति, प्रकाश कपुरी, विक्रम सिङ्घानिया र गोपाल भट्टराई, नीलमणि पाठक, वरदान बस्नेत, पङ्कज अग्रवाल, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदीपमान प्रधान, आकाश गोल्छा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत ढकालले जानकारी दिए ।
कुल ३ हजार २०० सदस्य रहेको नाडामा २ हजार ७८८ मात्र मत खसेको थियो । संस्थागत सदस्यतर्फ सातै प्रदेशमा निर्विरोध निर्वाचित भइसकेका छन् ।