वि.सं. २०७८ साल मंसिर २२ गते बुधबार, तदनुसार ई.सं. २०२१ डिसेम्बर ८ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्षको पञ्चमी तिथि मध्यरात्रि पछि ३:०९ बजेसम्म, त्यसपछि षष्ठी रहनेछ ।
नक्षत्र : श्रवण मध्यरात्रि पछि ४:४१ बजेसम्म, त्यसपछि धनिष्ठा रहनेछ ।
विष्कुंभादी योग : ध्रुव बेलुका ७:१७ बजेसम्म, त्यसपछि व्याघात रहनेछ ।
आनन्दादी योग : छत्र ।
करण : बव दिवा ३:५९ बजेसम्म, त्यसपछि कौलव रहनेछ ।
श्रीसूर्य : बृश्चिक राशिमा, चन्द्रमा : मकर राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्याेदय : ६:४३ बजे, सूर्यास्त : बेलुका ५:०७ बजे ।
(आज : विवाहपञ्चमी, जनकपुरमा सीता विवाहपञ्चमी मेला, षडानन्दजयन्ती)
(भोलि : धनिष्ठा पञ्चक प्रारम्भ वेलुका ४:१७ बजे)
मेष : काम गर्ने वातावरण बन्नेछ । कर्म भाव खुलेको छ । ठूला व्यक्तिसँग मित्रता गाँसिनेछ । सृजनशिलता र क्रियाशिलताको बृद्धि विकास हुनेछ । महत्वपूर्ण कार्यको थालनीले उत्साह उमंग छाउनेछ । व्यवसायबाट राम्रै आम्दानी हुनेछ ।
वृष : आजको समय सुधारोन्मुख रहनेछ । टाढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार हुनेछ । धार्मिक कृत्यमा सहभागी हुने अवसर मिल्नेछ । वैदेशिक क्षेत्रका अपूरा कार्यले स्थान पाउनेछन् । स्वास्थ्यको भने ख्याल राख्नुहोला । पाएको मौका न गुमाउनु होला ।
मिथुन : आर्थिक लेनदेनमा विवाद बढ्न सक्छ, नयाँ कारोबार शुभ देखिँदैन । शारीरिक कमजोरीको महशुस हुनेछ । अष्टम भावमा स्थित चन्द्रमा ग्रहका प्रभावले गरेका निर्णय त्यत्ति प्रभावशाली रहने देखिन्न । असन्तोषी प्रवृत्तिले सताउनेछ ।
कर्कट : आकर्षण शक्ति बढेर जानेछ । आर्थिक लगानीले पछिसम्म लाभ लिन सकिनेछ । व्यक्तित्व विकासको समय रहेको छ । काम गरेर अरुव्यक्तिलाई मोहित पार्न सकिनेछ । मनमिल्ने व्यक्तिसँगको जम्काभेटले खुसी भइनेछ । हर्ष बढ्नेछ ।
सिंह : नयाँ सम्झौताको अवसर मिल्नेछ । सामान्य समस्या आइपरेता पनि दृढ भएर लाग्दा जीत हाँसिल गरिनेछ । व्यवसायबाट राम्रो आम्दानी हुनेछ । विपक्षीसँगको मेलमिलपले गर्दा काम कार्य गर्न सहज हुनेछ । स्वास्थ्यको भने ख्याल राख्नु होला ।
कन्या : नयाँ ठाउँको अध्ययन, अवलोकन, भ्रमणले नयाँ ज्ञान मिल्नेछ । अध्ययनमा चासो रहनेछ । प्रतिष्पर्धात्मक क्रियाकलापमा विजयी भइनेछ । पारिवारिक सद्भाव कायम रहनेछ । बन्धुवान्धवसँगको भेटले मन प्रफुल्लित रहनेछ । स्वास्थ्यमा सुधारको संकेत देखिन्छ ।
तुला : टाढाको यात्रा त्यत्ति शुभ देखिन्न । हत्तारमा गरेको निर्णयले समस्या सृजना हुनेछ । व्यवस्थापन पक्ष फितलो बन्नेछ । पारिवारिक समस्याले सताउनेछ । एक्कासी बाधा व्यवधान आउन सक्छ, संयम रहनुपर्नेछ । मान्यजनको साथ लिएर कार्य गर्नुहोला ।
बृश्चिक : समझदारीताले गर्दा अप्ठ्यारा परिस्थितिको अन्त्य हुनेछ । साथीभाइसँगको रमाइलो जमघट हुनेछ । साझेदारी कार्यको आरम्भ हुनेछ । लक्ष्यमा पुग्न सामान्य मिहिनेत नै पर्याप्त हुनेछ । धन लाभ हुनेछ । मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने मौका मिल्नेछ ।
धनु : दोधारे मनले कार्य गर्न असहज हुन सक्छ, कुटुम्बको साथ सहयोगले अघि बढ्दा सफल भइनेछ । अचल सम्पत्तिमा गरेको लगानीले दिगो रुपमा फाइदा लिन सकिनेछ । बोलीकै भरमा ठूला–ठूला कार्य बन्नेछन् । धार्मिक कृयाकलापमा मन जानेछ ।
मकर : सकारात्मक सोच विचारको उदय हुनेछ । मनमा शन्तिको अनुभूती हुनेछ । अधुरा कार्यलाई पूर्ण गर्दै नयाँ कार्यको थालनी गर्ने समय रहेको छ । ठूला व्यक्तिसँग मित्रता गाँसिनेछ । व्यवसाय फस्टाउनेछ । शैक्षिक क्षेत्रमा समेत सफलदायी समय रहनेछ ।
कुम्भ : दैनिक गर्दै आएका कार्यमा समेत अबरोध सृजना हुनेछ । अनावश्यक स्थानमा समय र धन खर्चनु पर्दा दिक्क लाग्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । झन्झटिला कार्यको नेतृत्व गर्नु पर्नेछ । विना तयारी कार्यमा लाग्दा आर्थिक नोक्सानी मात्र हुनेछ ।
मीन : सानो लगानी एवं प्रयासले नै धेरै लाभ लिन सकिनेछ । लाभ स्थानमा चन्द्रमा ग्रहले भ्रमण गर्दैछ जस्का प्रभावले विविध लाभको योग बनेको छ । मन प्रफुल्लित बन्नेछ । अरु दिनको तुलनामा पढाइमा मन रहनेछ । प्रीयजनसँगको रमाइलो भेटघाटको संभावना बलियो रहेको छ ।