वि.सं. २०७८ साल मंसिर २१ गते मंगलबार, तदनुसार ई.सं. २०२१ डिसेम्बर ७ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्षको तृतीया तिथि विहान ६:५६ बजेसम्म, त्यसपछि चतुर्थी रहनेछ ।
नक्षत्र : पूर्वषाढा पूर्वान्ह ७:०६ बजेसम्म, त्यसपछि उत्तरषाढा रहनेछ ।
विष्कुंभादी योग : बृद्धि बेलुका १०:०१ बजेसम्म, त्यसपछि ध्रुव रहनेछ ।
आनन्दादी योग : मित्र ।
करण : वणिक् वेलुका ५:५३ बजेसम्म, त्यसपछि बव रहनेछ ।
श्रीसूर्य : बृश्चिक राशिमा, चन्द्रमा : धनु राशिमा दिवा १२:४४ बजेसम्म रहनेछ ।
सूर्याेदय : ६:४३ बजे, सूर्यास्त : बेलुका ५:०७ बजे ।
(भोलि : विवाहपञ्चमी, जनकपुरमा सीता विवाहपञ्चमी मेला, षडानन्दजयन्ती)
मेष : परोपकारी भावना जागृत हुनेछ । काम कर्तव्यप्रति जिम्मेवारी बढ्नेछ । धार्मिक कृत्यमा मन जानेछ । सत् कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ तथा समर्थन पाइनेछ । प्रतिष्पर्धात्मक कार्यमा विजयी भइनेछ । बोलिको कदर हुनेछ । ठूला व्यक्तिको निकटस्थ बन्ने समय रहेको छ ।
वृष : समस्याले छाड्ने छैन । चिन्ताप्रद खबरले सताउनेछ । धेरै मिहिनेत गर्दा पनि न्यून प्रतिफलमा चित्त बुझाउनु पर्नेछ । तर मध्यान्ह पछिको समय सुधारिएको छ । काम गर्ने जोश जाँगर बढेर जानेछ । सकारात्मक सोचाइ रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । आध्यात्मिक चिन्तन रहनेछ ।
मिथुन : महत्वपूर्ण अवसर मिल्नेछ भने मन मिल्ने व्यक्तिसँगको रमाइलो भेटघाटको योग समेत देखिन्छ । सृजनात्मक कलाको प्रशंसा मिल्नेछ । मध्यान्ह पछिको समयमा स्वास्थ्य कमजोर तथा आर्थिक पक्षमा मन्दिपन रहनेछ । समस्या सृजना हुनेछ । सजक रहनु होला ।
कर्कट : परिश्रम गर्नु परेता पनि सही रुपमा प्रतिफल मिल्दा खुसी लाग्नेछ । मिहिनेती प्रवृत्तिको विकास हुनेछ । प्रेमीप्रमीका बीचको सम्बन्ध प्रगाढ रहनेछ । नयाँ लगानीको अवसर मिल्नेछ । छोटो छरितो रमाइलो यात्राको अवसर मिल्नेछ । समग्रमा दिन उपलब्धिमूलक रहने देखिन्छ ।
सिंह : पारिवारिक सहयोगले कार्य बन्नेछ । बौद्धिक क्षमताको कदर हुनेछ । व्यवसायबाट सोचे भन्दा बढि लाभ मिल्दा खुसी लाग्नेछ । वेलुकीपख सामान्य स्वास्थ्य कमजोर बन्न सक्छ, खानपान एवं व्यायाममा ध्यान दिनुहोला । आर्थिक दृष्टिले भने दिन विशेष लाभकारी रहनेछ ।
कन्या : आफन्तजनसँग विवाद एवं आर्थिक नोक्सानी व्यहोर्नु पर्नेछ । सामान्य विवादले पनि उग्ररुप लिन सक्छ, मेलमिलापबाट अघि बढ्नुहोला । मध्यान्ह पछि समय अनुकूलको बन्नेछ । पढाइलेखाइमा मन जानेछ । सत् विचारको उदय हुनेछ । टाढिएका आफन्तसँग मिलन हुनेछ ।
तुला : मन मिल्ने व्यक्तिसँगको रमाइलो भेटघाट हुनेछ । सहमतिबाट समस्याको निराकरण हुनेछ । साझेदारी कार्यबाट लाभ मिल्नेछ । मध्यान्ह पछि एक्कासी स्वास्थ्य समस्याले सताउनेछ । दैनिक काम कार्यमा समेत अवरोधको स्थिति सृजना हुनेछ । दैनिक कृयाकलापमा नै व्यस्थ रहनु उचित हुनेछ ।
बृश्चिक : धन संचय गर्ने वातावरण बन्नेछ । समाजमा बेग्लै पहिचान स्थापित गर्न सकिनेछ । उत्साह उमंग छाउनेछ । साथीभाइसँगको रमाइलो जमघटको योग बनेको छ । काम गरेर आत्मसन्तुष्टि मिल्नेछ । कृषि एवं बन्दव्यापारबाट लाभ मिल्नेछ । दिन शुभफलदायी रहनेछ ।
धनु : धेरै क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ । विद्यार्थी वर्गका लागि विशेष अवसर मिल्नेछ । प्रीयजनसँगको रमाइलो पल वित्नेछ । रोकिएका काम कार्यले गति लिनेछन् । वेलुकीपख अल्छि गर्नाले मौका फुत्कन सक्छ, जागरुक भएर कार्य गर्नुहोला । तर आर्थिक अवस्था भने मजबुत नै रहनेछ ।
मकर : व्यर्थको काममा भुल्नाले महत्वपूर्ण अवसर गुम्नेछ । काम गरेर जस भन्दा अपजस व्यहोर्नु पर्नेछ । आफन्तजनसँग टाढिनु पर्नेछ । मध्यान्ह पछि काम गर्ने वातावरण बन्नेछ । अध्ययनमा मन जानेछ । बोलीको कदर हुनेछ भने आर्थिक पक्षमा समेत सुधारको संकेत देखिन्छ ।
कुम्भ : प्रेम प्रसंग चल्नेछ । सहोदरका व्यक्तिको साथ पाइनेछ । सानो लगानीबाट नै धेरै लाभ उठाउन सकिनेछ । तर मध्यान्ह पछि अनावश्यक खर्चभार बढेर जानेछ । झन्झटिला कार्यको नेतृत्व गर्नु पर्नेछ । मेहिनेत अनुरुप लाभ मिल्ने छ्रैन । चिन्ता, पीरले सताउनेछ, संयम रहनु होला ।
मीन : ठूला व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ । प्रतिष्ठित कार्यको आरम्भ गरिनेछ । काम गर्ने जोश जाँगर बढेर जानेछ । भौतिक सुखसुविस्ता उपभोग गर्न पाइनेछ । मान्यजनको साथ समर्थन मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । आर्थिक अवस्था बलियो नै रहने देखिन्छ ।