वि.सं. २०७८ साल मंसिर २० गते सोमबार, तदनुसार ई.सं. २०२१ डिसेम्बर ६ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्षको द्वितीया तिथि पूर्वान्ह ९:०९ बजेसम्म, त्यसपछि तृतीया रहनेछ ।
नक्षत्र : मूल पूर्वान्ह ८:३७ बजेसम्म, त्यसपछि पूर्वषाढा रहनेछ ।
विष्कुंभादी योग : गण्ड रात्रि १२:५६ बजेसम्म, त्यसपछि बृद्धि रहनेछ ।
आनन्दादी योग : लुम्ब ।
करण : तैतिल वेलुका ८:०१ बजेसम्म, त्यसपछि वणिक् रहनेछ ।
श्रीसूर्य : बृश्चिक राशिमा, चन्द्रमा : धनु राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्याेदय : ६:४२ बजे, सूर्यास्त : बेलुका ५:०७ बजे ।
मेष : सहयोगीहरुको उचित साथ मिल्दा थालेका अधिकांश कार्यले स्थान पाउने छन् । परोपकारी भावना जागृत हुनेछ । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । धर्मकर्ममा रुचि बढ्नेछ । नयाँ ठाउँको अवलोकन गर्न पाइनेछ । सकारात्मक सोचाई आउनेछ ।
वृष : सोचे अनुरुप काम कार्य बन्नेछैन । प्रतिक्षित नतिजामा गिरावट आउँदा दु:ख लाग्नेछ । स्वास्थ्य समस्याले सताउनेछ । हेलचक््रयाईँ गर्ने बानीले आर्थिक नोक्सानी व्यहोर्नु पर्नेछ । बोलीकै कारण मान्यजनसँग वैरभाव रहनेछ । मानसिक चिन्ता बढ्नेछ । संयम रहनु होला ।
मिथुन : नयाँ ठाउँको भ्रमण अवलोकन गर्ने अवसर जुट्नेछ । मेलमिलपको वातावरणले गर्दा कार्य गर्न सहज हुनेछ । मयाप्रेमको बन्धन कसिलो बन्नेछ । आकस्मिक धन लाभको संकेत देखिन्छ । नयाँ पदप्रतिष्ठा मिल्नेछ । सकारात्मक सोच विचार रहनेछ । दिन शुभ रहनेछ ।
कर्कट : आर्थिक पक्षमा उन्नतिकारक समय रहेको छ । व्यापार–व्यवसायमा नयाँ संझौता हुनेछ । काम गर्ने जोश जाँगर बढ्नेछ । अल्छि गर्ने बानीले पछि परिन सक्छ अल्लि जागरुक रहनु होला । आर्थिक दृष्टिले भने दिन शुभ रहेको छ । शत्रूपक्ष कमजोर बन्दा, काम गर्न सरल हुनेछ ।
सिंह : सन्तानको साथ सही रुपमा मिल्नेछ । बौद्धिक क्षमताको विकास हुनेछ । अध्ययन अध्यापन एवं प्रतिष्पर्धात्मक काम कार्यमा विजयी भइनेछ । शैक्षिक क्षेत्रमा लाग्ने व्यक्तिहरुका लागि उन्नतिको समय रहेको छ । पारिवारिक सद्भाव कायम रहनेछ । शुभ खबर सुन्न पाइनेछ ।
कन्या : विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । हचुवाको भरमा निर्णय लिँदा समस्यामा परिन सक्छ, सोचेर निर्णय लिनुहोला । श्रमको उचित मूल्यांकन नमिल्दा कार्य गर्न मन लाग्ने छैन । नकारात्मक कार्यमा मन जानेछ, सतर्क रहनु होला । स्वास्थ्य कमजोर बन्नेछ ।
तुला : एकल प्रयासले नै धेरै कामकार्यहरु बन्नेछन् । साझेदारी कार्यको आरम्भ हुनेछ । शुभ समाचार सुन्न पाइनेछ । आर्थिक पक्ष बलियो रहने छ । शारीरिक स्फूर्तिको अनुभूति हुनेछ । नयाँ मित्र बनाइनेछ । कामको सिलसिलामा रमाइलो यात्राको अवसर समेत जुट्नेछ ।
बृश्चिक : अचल सम्पत्ति जोडिनेछ । काम गर्दा सामान्य अन्योलको वातावरण बनेता पनि कुटुम्बको सहयोगले कार्य गर्दा सफल भइनेछ । वक्तव्य कलाको बृद्धि विकास हुनेछ । धार्मिक कार्यमा सहभागी हुन पाइनेछ । मानसिक शान्तिको अनुभूति हुनेछ । समग्रमा दिन शुभ फलदायी रहने देखिन्छ ।
धनु : विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ । असंभव कार्यलाई पनि सहज तवरले गर्न सक्दा प्रशंसकहरु बढ्ने छन् । बन्धुबान्धवसँगको आकस्मिक रमाइलो जमघट हुनेछ । पुराना समस्यालाई हल गर्न सकिनेछ । मन, बचन र कर्मको तालमेल मिल्नेछ । काम गरेर देखाउने समय रहेको छ ।
मकर : अरुको निर्णयमा हिँड्दा दु:ख, कष्टको सामना गर्नुपर्नेछ । मानसिक चिन्ता, पीरले सताउनेछ । हतारको निर्णयले पछुताउनु पर्नेछ । मन खिन्न रहनेछ । व्यर्थको कार्यमा भुल्नाले समयको बरवादी मात्र हुनेछ । स्वास्थ्य अवस्था कमजोर बन्नेछ । नियमित कृयाकलापमा नै व्यस्थ रहनुहोला ।
कुम्भ : सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । हर्षको बढ्नेछ । गरेका कार्यबाट सन्तोषजनक लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ । नयाँ प्रविधिको प्रयोगले व्यवसायमा आयदर बढाउन सकिनेछ । प्रेम प्रसंग चल्नेछ । वहान सुख मिल्नेछ । समग्रमा दिन शुभफलदायी रहने देखिन्छ ।
मीन : कर्म प्राप्तिको योग बनेको छ । अग्रज व्यक्तिको साथ मिल्दा महत्वपूर्ण कार्य बन्नेछ । सृजनात्मक कार्यमा मन जानेछ । जिम्मेवारी बढ्नेछ । सामाजिक पदप्रतिष्ठा थपिनेछ । परिश्रम अनुसारको प्रतिफल पाइनेछ । नयाँ कार्य योजना बनाएर अघि बढ्नु शुभ हुनेछ ।