वि.सं. २०७८ साल मंसिर १३ गते सोमबार, तदनुसार ई.सं. २०२१ नोभेम्बर २९ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्षको दशमी तिथि बेलुका ११:२२ बजेसम्म, त्यसपछि एकादशी रहनेछ ।
नक्षत्र : उत्तरफाल्गुनी वेलुका ५:५२ बजेसम्म, त्यसपछि हस्ता रहनेछ ।
विष्कुंभादी योग : प्रीति रात्रि १२:०४ बजेसम्म, त्यसपछि आयुष्मान् रहनेछ ।
आनन्दादी योग : श्रीवत्स ।
करण : वणिक् पूर्वान्ह ११:३ बजेसम्म, त्यसपछि बव रहनेछ ।
श्रीसूर्य : बृश्चिक राशिमा, चन्द्रमा : कन्या राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्याेदय : ६:३७ बजे, सूर्यास्त : बेलुका ५:०६ बजे ।
(भोलि : उत्पत्तिका एकादशीव्रत, द्विपुष्कर वेलुका १०:०२ बजेपछि)
मेष : आर्थिक पक्ष मजबुत बन्नेछ । शैक्षिक गतिविधिमा उन्नति हुनेछ ।स्वदेश तथा विदेशबाट खुसीको खबर सुन्न पाइनेछ । पुराना मित्रसँगको मिलनले प्रफुल्लित भइनेछ । आफन्तजनसँगको रमाइलो पल वित्नेछ । तर अधिक व्यस्थताका कारण स्वास्थ्य कमजोर बन्न सक्छ, संयम रहनुहोला ।
वृष : सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सफल भइनेछ । पारिवारिक समस्या हल हुनेछ । खुसी बढ्नेछ । मिहिनेत अनुसारको प्रतिफल मिल्दा काम गर्ने हौसला थपिनेछ । असहज परिस्थितिको अन्त्य हुनेछ । बौद्धिक क्षमतामा बृद्धिविकास हुनेछ । समग्रमा दिन शुभ कारक रहने देखिन्छ ।
मिथुन : आफ्ना लागि भन्दा अरुका काम व्यवहारमा समय खर्चनु पर्नेछ । नयाँ कार्यको थालनिले तनाब मात्र थपिनेछ, सतर्क रहनु होला । सान्दर्भिक कार्यमा ध्यान पुग्ने छैन । अशुभ खबरले चिन्तित बनाउनेछ । मातृशक्तिको साथ सहयोग लिएर अघि बढ्नु शुभ हुनेछ ।
कर्कट : हर्षको खबर मिल्नेछ । परिश्रमको सही मूल्यांकन मिल्दा काम गर्ने जाँगर थपिनेछ । आकस्मिक धन लाभको योग समेत बनेको छ । पराक्रम बढेर जानेछ । धेरै क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ । सहोदरका व्यक्तिको साथ सहयोगले नयाँ कार्यको आरम्भ हुनेछ ।
सिंह : सामजिक पद प्रतिष्ठा मिल्नेछ । बोलिको कदर हुनेछ । सामान्य चुनौतिको सामना गर्नु परेता पनि अडिक भएर लागि पर्दा सफल भइनेछ । धन संचय गर्न मन लाग्नेछ । अरु दिन भन्दा अध्ययनमा रुचि बढ्नेछ । धार्मिक आस्था जागृत हुनेछ । दिन मिश्रीत फलदायी रहने देखिन्छ ।
कन्या : सहमतिबाट समस्याको निराकरण गर्न सकिनेछ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । विशिष्ट व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ । पूराना समस्याको समाधान रचिने छ भने नयाँ कार्य योजनाहरु बन्ने छन् । ठूला व्यक्तिसँग सहकार्य गर्न पाइनेछ । दिन शुभ रहनेछ ।
तुला : खर्च एवं झन्झटले छाड्ने छैन । अनावश्यक कार्यमा समय वित्ने देखिन्छ । वैचारिक वेमेलका कारण विवादमा परिन सक्छ, बोली बचनमा सजक रहनु होला । टाढाको यात्रा त्यत्ति उपयुक्त देखिन्न । कम बोल्ने र नियमित कृयाकलापमा नै व्यस्थ रहने गर्नु उचित हुनेछ ।
बृश्चिक : व्यवसायबाट उचित रुपमा लाभ मिल्दा हर्ष बढ्नेछ । आम्दानीका नयाँ स्रोतहरु जुट्ने छन् । विद्यार्थी वर्गका लागि अवसर मिल्नेछ भने, शैक्षिक गतिविधिमा समेत उन्नति हुनेछ । सुख सन्तोष मिल्नेछ । प्रीयजनसँगको रमाइलो भेटघाट हुनेछ । दिन शुभ रहने देखिन्छ ।
धनु : सुख सुविस्ताका साधनहरु जुट्ने छन् । कार्य क्षेत्रमा नयाँ अवसर मिल्नेछ ।साझेदारी कार्यबाट उचित प्रकारको लाभ मिल्नेछ । कलात्मक कार्यमा विशेष चासो रहनेछ । माया प्रेमको बन्धन कसिलो बन्नेछ । सरकारी एवं प्रशासनिक क्षेत्रका काम कार्य सहज ढंगले बन्नेछन् ।
मकर : धार्मिक कृत्यमा सहभागी हुने मौका मिल्नेछ । परोपकारी कार्यमा समय विताउन पाइनेछ । व्यापार व्यवसायमा सुधार हुनेछ । सोचेका कार्यहरु एकाएक पूरा हुँदा खुसी लाग्नेछ । सद्विचार आउनेछ । इमान्दारी पूर्वक जिम्मेवारीलाई पूर्ण गर्दा धेरै विश्वासको पात्र बनिनेछ ।
कुम्भ : अनावश्यक कार्यमा भुल्दा गर्नैपर्ने कार्य भने अधुरै रहने छन् । जिद्दिपनले गर्दा काम कार्य विग्रन सक्छ, मैत्री भावले अघि बढ्नु होला । गोपनियता बाहिरीँदा समस्यामा परिन सक्छ, संयम रहनु होला । अध्ययमा ह्रास आउनेछ । नियमित कृयाकलापमा नै व्यस्थ रहनुहोला ।
मीन : काम गर्ने कलाको प्रसंसाले उत्साह थपिनेछ । आकर्षण शक्ति बढेर जानेछ । नेतृत्वदायी कार्यको जिम्मेवारी मिल्नेछ । अपरिचित व्यक्तिको सहयोगले कार्य बन्नेछन् । पतिपत्नि बीचको सम्बन्ध सुमधुर रहनेछ । मनोरञ्जनात्मक कृयाकलापमा सहभागी भइनेछ । दिन शुभ रहने देखिन्छ ।