नेकपा (एमाले)को दशौँ महाधिवेशनमा सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनकाअनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहाको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागु गरिएको छ ।
महाधिवेशनलाई सहज तुल्याउन १४ वटा पार्किङ स्थलको व्यवस्था गरिएको छ । ‘ट्राफिक म्यानेजमेन्टदेखि सबै राम्रो व्यवस्था गरेका छौं,’ उनले भने, ‘आँपटारी, बसपार्क, गैंडाकोटलगायत भेगअनुसार १४ वटा ठाउँ तोकिएको छ ।’
छिमेकी जिल्लाबाट पनि जनशक्ति ल्याइएको उनले बताए । उनकाअनुसार नवलपरासी, तालिम केन्द्र, बुटवल दंगा लगायत वरपरका छिमेकी जिल्लाबाट झिकाएको छ ।
‘आउने विदेशी तथा स्वदेशी पाहुनाको पनि स्कर्टिङदेखि लिएर आवश्यकताअनुसार, प्रटोकोलअनुसार हामीले सबै सुरक्षा व्यवस्था गरेका छौं,’ एआईजी थापाले भने, ‘भीडमा पनि ठाउँ ठाउँमा पीकेटिङको व्यवस्था छ । दर्शकको व्यवस्था छ । रिजर्व अफ पोइन्ट, कर्डेनहरु राखेका छौं । विमानस्थलमा कर्डन छ । उहाँहरुको स्यवंसेवक छ । विभिन्न कर्डेनहरु परिचालित छ ।’
उनकाअनुसार सशस्त्र प्रहरी ६ सय जति परिचालित छ । सशस्त्रका एआईजी पुष्पराम केसीले चितवनबाट कमाण्ड गरिरहेका छन् ।