आजको पञ्चाङ्ग
वि.सं. २०७८ साल मंसिर ७ गते मंगलबार, तदनुसार ई.सं. २०२१ नोभेम्बर २३ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्षको चतुर्थी तिथि वेलुका ९ः३६ बजेसम्म, त्यसपछि पञ्चमी रहनेछ ।
नक्षत्र - आद्र्रा पूर्वान्ह ११ः५१ बजेसम्म, त्यसपछि पुनर्वसू रहनेछ ।
विष्कुंभादी योग - शुभ भोलि विहान ६ः१३ बजेसम्म, त्यसपछि शुक्ल रहनेछ ।
आनन्दादी योग - चर ।
करण - बव विहान ८ः४२ बजेसम्म, त्यसपछि कौलव रहनेछ ।
श्रीसूर्य - बृश्चिक राशिमा, चन्द्रमा - मिथुन राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्याेदय - ६ः३२ बजे, सूर्यास्त - बेलुका ५ः०७ बजे ।
मेष - अरु व्यक्तिको सहयोग मिल्दा नयाँ कार्यको आरम्भ गर्न सकिनेछ । गरेका काम कार्यबाट सुख सन्तोष मिल्नेछ । मित्र मिलन हुनेछ भने नयाँ मित्र समेत बनाइनेछ । दिन खुसीयालीमा नै वित्ने देखिन्छ ।
वृष - सानो प्रयासले नै कार्यहरु बन्नेछन् । आफन्तजनको सहयोग पाइनेछ । इच्छा आकङ्क्षाहरु थपिने छन् । धन संचय गर्न मन लाग्नेछ । तर स्वास्थ्य कमजोरीको अनुभूति हुनेछ । नोकरीमा सोचे अनुरुपको काम गर्न सकिने छैन ।
मिथुन - मनमा शन्तिको अनुभव हुनेछ । हर्षको खबर मिल्नेछ । कला, कृतिका कार्यमा मन रमाउनेछ । घर परिवारमा सामञ्जस्यता स्थापित हुनेछ । शुभ समाचार सुन्न पाइनेछ । ठूलाठूला कार्य पनि बोलिकै भरमा बन्नेछन् ।
कर्कट - आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्न सक्छ, सजक रहनु होला । लहैलहैमा लाग्दा अनावश्यक खर्चभार थपिनेछ । झन्झटिला कार्यको नेतृत्व गर्नुपर्नेछ । अध्ययनमा भन्दा बाहिरी कुरामा ध्यान जानेछ ।
सिंह - अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । छोटो रमाइलो यात्राको संभावनालाई नकार्न सकिँदैन । कलात्मक कार्यमा मन जानेछ । थालेका अधिक कार्य बन्नेछन् । आम्दानीका बाटाहरु फेला पर्नेछन् ।
कन्या - नोकरीमा प्रशंसा एवं नयाँ जिम्मेवारी मिल्नेछ । विशिष्ट व्यक्तिसँग मित्रताको बन्धन गाँसिनेछ । पारिवारिक समस्या हल भएर जानेछ । दैनिक गर्दै आएका कार्यमा समेत नयाँ तरिकाको प्रयोगले सहज भएको महशुस हुनेछ ।
तुला - कल्याणकारी कार्यमा सहभागी भइनेछ । आर्थिक लाभ हुनेछ । अरुको सस्यामा सहयोगीको भूमिका निर्वाह गर्न पाउँदा आनन्द लाग्नेछ । स्वास्थ्य समस्या यथावत् रहनेछ । मिश्रीत फलदायी समय रहेको छ ।
बृश्चिक - विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । अवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले विशेष कार्यमा पछि परिनेछ । व्यर्थको भ्रमणले समयको नोक्सानी मात्र हुनेछ । नयाँ भन्दा पनि दैनिक कार्यमा नै व्यस्थ रहनु उचित हुनेछ ।
धनु - विपरीत लिंगिको सहयोगले लामो समयदेखि रोकिएका काम बन्नेछन् । मनोरञ्जनात्मक समारोहमा सरिक हुने अवसर मिल्नेछ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउँदा कार्य गर्न सहज हुनेछ ।
मकर - सानातिना समस्यामा नआत्तिनु होला, लगनशिल भएर अघि बढ्दा प्रतिफल तपाईँकै पक्षमा आउनेछ । रोकिएका वित्तीय कारोवारले गति लिनेछन् । सामाजिक कार्यमा समेत चासो रहनेछ । श्रमको मूल्यांकन मिल्नेछ ।
कुम्भ - मन मिल्ने व्यक्तिसँग रमाइलो भेट हुनेछ । बौद्धिक कलाको प्रशंसा मिल्नेछ । प्रतिभाका कार्यमा विजयी भइनेछ । पारिवारिक सहयोग सद्भाव कायम राख्ने प्रयत्न गर्नुहोला । स्वास्थ्यको समेत ख्याल राख्नुपर्ने देखिन्छ ।
मीन - सोचे अनुरुप कार्य नबन्दा दिक्क लाग्नेछ । लक्ष्यमा पुग्न कडा परिश्रमको जरुरत पर्नेछ । बोलिकै कारण बन्नै आँटेका कार्यमा समेत विराम लाग्नेछ । पूर्व तयारी र मातृशक्तिको सहयोगले कार्य गर्दा शुभफल मिल्नेछ ।