आजको पञ्चाङ्ग
वि.सं. २०७८ साल मंसिर ६ गते सोमबार, तदनुसार ई.सं. २०२१ नोभेम्बर २२ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्षको तृतीया तिथि वेलुका ७:४४ बजेसम्म, त्यसपछि चतुर्थी रहनेछ ।
नक्षत्र : मृगशिरा विहान ९:२५ बजेसम्म, त्यसपछि आद्र्रा रहनेछ ।
विष्कुंभादी योग : साध्य भोलि विहान ६:०० बजेसम्म, त्यसपछि शुभ रहनेछ ।
आनन्दादी योग : आनन्द ।
करण : वणिक् विहान ८:४२ बजेसम्म, त्यसपछि बव रहनेछ ।
श्रीसूर्य : बृश्चिक राशिमा, चन्द्रमा : मिथुन राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्याेदय : ६:३१ बजे, सूर्यास्त : बेलुका ५:०७ बजे ।
(भोलि : मंगलचतुर्थीव्रत)
मेष : थालेका अधिकांश कार्यले सही गति लिनेछन् । खुसीको खबर मिल्नेछ । सुखसुविस्ताका साधनहरु जुट्नेछन् । साथीभाइको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । व्यवसाय एवं कृषि क्षेत्रमा गरेको लगानीले दिगो रुपमा लाभ लिन सकिनेछ । चिन्ता घट्नेछ । प्रफुल्लित भइनेछ ।
वृष : द्विस्वभावयुक्त सोचाईले गर्दा निर्णय लिन गाह्रो पर्नेछ, अग्रजको सर–सल्लाहमा अघि बढ्दा सफल भइनेछ । सामान्य कार्यलाई पनि दोहोर्याएर गर्नु पर्दा दिक्क लाग्नेछ । अचल वस्तुमा गरेको लगानीले पछि सम्म लाभ लिन पाइनेछ । धार्मिक कृयाकलापमा सहभागी हुन पाइनेछ । दिन मिश्रीत फलदायी रहने देखिन्छ ।
मिथुन : आज आत्मकारक ग्रहको पूर्ण साथ मिलेको छ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । अघिदेखिका समस्या हल भएर जानेछन् । सहनशिलता र कृयाशिलताको बृद्धि विकास हुनेछ । अपेक्षा अनुसारको परिणाम आउँदा हौसला बढ्नेछ । विशिष्ट समारोहमा अतिथिको सत्कार मिल्ने समय रहेको छ ।
कर्कट : व्यय भावमा चन्द्रमा ग्रह पुगेको छ, जस्का प्रभावले खर्चको मात्रा ज्यादा हुँदा आर्थिक तलमेल मिलाउन गाह्रो पर्नेछ । सोचे अनुरुप कार्य नबन्दा दिक्क लाग्नेछ । स्वास्थ्य कमजोर बन्न सक्छ, खानपानमा ध्यान दिनुहोला । आँटेताकेका कार्यमा ढिला सुस्ति हुनेछ । नयाँ कार्य भन्दा दैनिक कार्यमा नै जोड दिनुहोला ।
सिंह : मानसिक क्षमतामा समेत बृद्धि विकास हुनेछ । नयाँ तरिकाको प्रयोगले आयदर बढ्नेछ । सृजनात्मक कार्यबाट प्रशंसा बटुलिनेछ । आकस्मिक धन लाभको योग बनेको छ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुगिनेछ । कामको शिलशिलामा रमाइलो भ्रमण समेत नहोला भन्न सकिन्न । दिन शुभ रहनेछ ।
कन्या : अध्ययन–अध्यापन क्षेत्रमा रुची रहनेछ । मान्यजनसँग सहकार्य गर्न पाइनेछ । काम प्रतिको लगनशिलता बढेर जानेछ । प्रशासनिक क्षेत्रका अपूरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ । नेतृत्व गणलाई विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी थपिनेछ । छोटो रमाइलो यात्राको संभावना आजको दिनमा देखिन्छ ।
तुला : आध्यात्मिक कार्यमा मन रमाउनेछ । टढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार हुनेछ । परोपकारी भावना जागृत हुनेछ । थालेका अधिकांश कार्यले उचितरुपमा स्थान पाउनेछन् । तर शारीरिक आलस्यता र नोकरीमा लाग्नेहरुका लागि केही झन्झटको सामना गर्नुपर्ने देखिन्छ ।
बृश्चिक : जिद्दि गर्नाले मान्यजनसँग विवाद पर्नेछ । हत्तारकोे निर्णयले पछुताउनु पर्नेछ । परिश्रमको सही मूल्यांकन नमिल्दा काम गर्ने हौसला घट्नेछ । अनावश्यक कार्यमा भुल्नाले गर्नैपर्ने कार्यले विराम लिनेछन् । नयाँ लगानी एवं टाढाको यात्रा शुभ देखिन्न । नियमित कृयाकलापमा नै व्यस्थ रहनुहोला ।
धनु : प्रेमीप्रेमीका बीचको सम्बन्ध प्रगाढ रहला । आकर्षण शक्ति बढेर जानेछ । कला, कृति, आकृतिका कार्यमा मन रमाउनेछ । श्रममार्गबाट समेत प्रशस्त लाभ मिल्दा खुसी लाग्नेछ । पारिवारिक सहयोगले कार्य बन्नेछन् । दाम्पत्य सहयोग पाइनेछ । आजको दिन हर्षाेल्लास पूर्वक नै वित्ने देखिन्छ ।
मकर : आर्थिक पक्ष बलियो रहँदा नयाँ लगानी गरिनेछ । काम गर्ने जोश जाँगर थपिनेछ । आफन्तजनको साथ–सहयोग पाइनेछ । विपक्षीले बाधा व्यवधान ल्याउन खोजेता पनि अडिक भएर लाग्दा सफल भइनेछ । शत्रू कमजोर बन्नेछन् । तर स्वास्थ्य भने कमजोर बन्न सक्छ, ख्याल गर्नुहोला ।
कुम्भ : शारीरिक आलस्यता कायमै रहनेछ । तर पारिवारिक समस्या हल भएर जानेछ । सृजनात्मक कार्यबाट प्रशंसा बटुलिनेछ । प्रतिभाका कार्यमा उच्च स्थान मिल्नेछ । समस्याको पहिचान गर्न सक्दा काम गर्ने वातावरण बन्नेछ । हत्तार नगरी अग्रजको सल्लाहमा अघि बढ्नु उचित हुनेछ ।
मीन : वैचारिक मतभेदका कारण आफन्तजनसँग नै विवाद पर्नेछ । जिम्मा लिएका कार्यलाई समयमै पूर्ण गर्न नसक्दा भनाई खानुपर्नेछ । अरु व्यक्तिको लहैलहैमा लाग्दा नकारात्मक कार्यमा लागिन सक्छ, सतर्क रहनुहोला । तर वैदेशिक क्षेत्रका अपूरा कार्य भने पहल गर्दा सफल बन्ने समय रहेको छ ।