आजको पञ्चाङ्ग
वि.सं. २०७८ साल मंसिर ५ गते आइतबार, तदनुसार ई.सं. २०२१ नोभेम्बर २१ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्षको द्वितीया तिथि वेलुका ५:३८ बजेसम्म, त्यसपछि तृतीया रहनेछ ।
नक्षत्र : रोहिणी विहान ६:४८ बजेसम्म, त्यसपछि मृगशिरा रहनेछ ।
विष्कुंभादी योग : सिद्ध मध्यरात्रिपछि विहान ५:३४ बजेसम्म, त्यसपछि साध्य रहनेछ ।
आनन्दादी योग : धाता ।
करण : बव अहोरात्र व्याप्त रहनेछ ।
श्रीसूर्य : बृश्चिक राशिमा, चन्द्रमा : वृष राशिमा वेलुका ८:०७ रहनेछ ।
सूर्याेदय : ६:३० बजे, सूर्यास्त : बेलुका ५:०८ बजे ।
(भोलि : भद्रा विहान ६:४२ देखि वेलुका ७:४४ बजेसम्म)
मेष : अरुको उक्साहटमा हतारमा निर्णय नलिनुहोला । स्वास्थ्यको ख्याल राख्नुहोला । अल्छि गर्नाले महत्वपूर्ण मौका फुत्कन सक्छ, जागरुक रहनुपर्नेछ । द्विस्वभाव युक्त सोचाइका कारण निर्णय लिन गाह्रो पर्नेछ । अचल वस्तुमा गरेको लगानीबाट पछिसम्म लाभ लिन पाइनेछ । धार्मिक कार्यमा रुची बढ्नेछ ।
वृष : काम गर्ने कलाले प्रशंसा बटुलिनेछ । अग्रज व्यक्तिसँग सहकार्य गर्ने मौका मिल्नेछ । आँटेताकेका काम पूरा हुनेछन् । बौद्धिक क्षमतामा अभिबृद्धि हुनेछ । नयाँ मित्रता गाँसिनेछ । महत्वपूर्ण कार्यको जिम्मेवारी पाइनेछ । आत्मिय व्यक्तिसँगको रमाइलो भेट हुनेछ । बोलिको कदर हुने समय रहेको छ ।
मिथुन : गलत व्यक्तिको परिबन्दमा परिन सक्छ, अरुको लहैलहैमा नलाग्नुहोला । आज ठूलो लगानी एवं टाढाको यात्रा त्यत्ति शुभ देखिन्न । व्यर्थको झन्झट मात्र व्यहोर्नु पर्नेछ । अनावश्यक कार्यमा चासो राख्दा आफ्ना समयको बरवादिमात्र हुनेछ । नयाँ सम्झौताले मूर्तरुप पाउने छैन ।
कर्कट : लाभस्थानमा स्थित चन्द्रमा ग्रहका प्रभावले आकस्मिक धन लाभ एवं मानसम्मान मिल्नेछ । खुसीको खबर सुन्न पाइनेछ । थोरै मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । कार्यप्रतिको लगनशिलता र क्रियाशिलता बढ्नेछ । आत्मियजनसँगको भेट हुनेछ । नयाँ तौर–तरिकाको प्रयोगले आर्थिक उन्नति हुनेछ ।
सिंह : नेतृत्वगणको प्रीयपात्र भइनेछ । सकारात्मक चिन्तन रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ भने नयाँ संझौता गरेर अघि बढ्न सकिनेछ । गरेका कार्य प्रभावशाली बन्नेछन् । समर्थकहरु बढ्नेछन् । कार्यक्षेत्रप्रति समर्पित भइनेछ । अध्ययन अध्यानपन क्षेत्रमा विशेष चासो रहनेछ ।
कन्या : आजको दिन मिश्रीत फलदायी रहनेछ । अरु व्यक्तिको दु:ख, कष्टमा सहयोगीको भूमिका निर्वाह गर्न पाइनेछ । पढाइमा अघिल्ला दिनमा भन्दा केही प्रगति हुनेछ । अवसर हुँदाहुँदै पनि ढिला सुस्तिका कारण महत्वपूर्ण मौका फुत्कनेछ । तर धार्मिक कार्यमा भने आस्था जाग्नेछ ।
तुला : आज नयाँ संझौता एवं टाढाको यात्रा त्यत्ति शुभ देखिँदैन । विश्वास गरेका व्यक्तिले विश्वास घात गर्नेछन् । गोपनियता बताउँदा बन्नै आँटेका कार्यमा समेत बाधा अड्चन आउनेछन्, गोपनियतामा ध्यान दिनुहोला । अरु व्यक्तिको नियम आचरणमा रहन गाह्रो पर्नेछ । स्वास्थ्य कमजोर बन्नेछ । नियमित कार्यमा नै ध्यान दिनुहोला ।
बृश्चिक : प्रेम प्रसंग चल्नेछ । आत्मियजनसँगको रमाइलो जमघट एवं यात्रा होला । स्वास्थ्य अवस्था ठीकठाक नै रहला । सामान्य प्रयासबाट नै कार्य बन्दा अघि बढ्नका लागि हौसला थपिनेछ । दाम्पत्य सहयोगले काम–कार्य बन्नेछन् । पारिवारिक समस्या हल भएर जानेछ । नयाँ उमंग छाउने समय रहेको छ ।
धनु : सामान्य झमेला आइलागेता पनि मिहिनेतको भने कदर हुनेछ । श्रमको सही मूल्यांकन मिल्नाले लक्ष्यमा पुग्न सफल भइनेछ । मन, बचन र कर्मको तालमेल मिल्नेछ । परिश्रमको सही प्रतिफल पाइनेछ । मिहिनेती प्रबृत्तिको विकास हुनेछ । शत्रूहरु कमजोर बन्नेछन् । स्वास्थ्यको भने ख्याल राख्नुहोला ।
मकर : शारीरिक आलस्यता एवं समान्य पारिवारिक असमझदारीता हुनसक्छ, परिवारजनलाई खुसी पार्ने प्रयास गर्नुहोला । पूर्व तयारी र योजना बनाएर कार्यमा निस्नु उचित हुनेछ । विद्यार्थी वर्गका लागि भने समय अनुकूलको रहेको छ । सिकेका कुरालाई कार्य क्षेत्रमा प्रयोग गर्न सकिनेछ ।
कुम्भ : शारीरिक कमजोरीको अनुभूति हुनेछ । अघिदेखि सहज तवरले बन्दै आएका कार्यमा समेत बाधा व्यवधान आउन सक्छ, संयम रहनुहोला । मानसिक अशान्तिपनले छाड्ने छैन । वैदेशिक क्षेत्रका काम भने बन्नेछन्, घर परिवारबाट टाढा हुनेका लागि नयाँ अवसर समेत मिल्ने समय रहेको छ ।
मीन : साथीभाइसँग नयाँ ठाउँ घुमफिर गर्ने अवसर मिल्नेछ । प्रीयजनको साथ, सहयोगले गर्दा समस्याको समाधान गर्न सकिनेछ भने नयाँ कार्यको आरम्भ समेत गरिनेछ । सांगीतिक क्षेत्रमा मन रमाउनेछ । खुसीको खबर सुन्न पाइनेछ । व्यवसायिक क्षेत्रमा लाग्ने व्यक्तिहरुका लागि समेत समय अनुकूलको रहने देखिन्छ ।