मेष : आज खर्चभार बढ्दा आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । स्वास्थ्यमा एक्कासी समस्या देखिन सक्छ, खानपानमा विचार पुर्याउनु होला । अनावश्यक कार्यमा भुल्दा महत्वपूर्ण अवसर गुम्नेछ । संयम रहनु होला ।
वृष : धेरै व्यक्तिको प्रशंसाको पात्र बनिनेछ । व्यापार व्यवसायमा नयाँ ज्ञान तथा सिपको प्रयोगले गर्दा आयदर बढाउन सकिनेछ । पढाइमा चासो रहनेछ । पारिवारिक सहयोगले गर्दा महत्वपूर्ण कार्यमा सफल भइनेछ ।
मिथुन : मायाप्रेमको बन्धन कसिलो बन्नेछ । सकारात्मक सोच विचारको उदय हुनेछ । सानो प्रयासले नै ठूला कार्य बन्नेछन् । मान्यजनसँग सहकार्य गर्ने अवसर मिल्दा खुसी लाग्नेछ । कर्म क्षेत्रमा नयाँ अवसर मिल्नेछ ।
कर्कट : स्वास्थ्य सामान्य बन्दै जानेछ । सकारात्मक सोच विचार आउनेछ । ढिलै भए पनि परिश्रमको मूल्यांकन पाइनेछ । धार्मिक यात्राको संभावना देखिन्छ । समग्रमा दिन सुधारोन्मुख रहने देखिन्छ ।
सिंह : नयाँ संझौताले झन् तनाब थपिनेछ । मनमा शंका उपशंका उब्जनाले कार्य गर्न गाह्रो पर्नेछ । आफ्ना लागि भन्दा अरुका काम व्यवहारमा खट्नु पर्नेछ । अरुको विश्वासमा पर्दा महत्वपूर्ण अवसरमा पछि परिनेछ ।
कन्या : प्रीयजनसँगको रमाइलो पल बित्नेछ । सहमति र सहकार्यको भावना जागृत हुनेछ । महत्वपूर्ण कार्यको जिम्मेवारी मिल्नेछ । आर्थिक पक्ष मजबुत बन्नेछ । काम गरेर धैरै व्यक्तिलाई आकर्षित गर्न सकिनेछ ।
तुला : छैटौं भावको चन्द्रमा ग्रहले सामान्य अन्योलको वातावरण बनाउन सक्छ, मान्यजनको सल्लाहमा अघि बढ्नु होला । आर्थिक पक्ष मजबुत रहँदा नयाँ लगानी गरिनेछ । आश मारेको धनरकम हात पर्नेछ ।
बृश्चिक : इमान्दारीताको पात्र बनिनेछ । स्वास्थ्यमा सुधार हुनेछ भने टाढिएका बन्धुवान्धवसँगको सम्बन्धमा सुधार आउनेछ । काम गर्ने वातावरण बन्नेछ ।सोचे अनुरुप काम कार्य बन्दा आनन्द लाग्नेछ ।
धनु : असहज वातावरण बन्नाले दैनिक कामकाजमा समेत बाधा अड्चन आउने छन् । धन भएर पनि सही स्थानमा लगानी गर्न सकिने छैन । कठोर बोलि व्यवहारका कारण बन्नै आँटेका कार्य समेत विग्रने छन् ।
मकर : मेलमिलापको भावना जागृत हुनेछ । पराक्रम भावको चन्द्रमा ग्रहका प्रभावले यश,कृति बढ्नेछ । परिश्रमको उचित मूल्यांकन पाइनेछ । दाजुभाइको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । खुसीको खबर पाइनेछ ।
कुम्भ : व्यवसायबाट आर्जित रकमले सन्तुष्टि मिल्नेछ । शारीरिक स्फुर्ति कायम रहनेछ । परिश्रम बढी गर्नु परेता पनि उचित मूल्यांकन मिल्दा जोश जाँगर थपिनेछ । सामाजिक कार्यमा जागृत भइनेछ । समय शुभ रहने देखिन्छ ।
मीन : विशिष्ट कार्यमा अतिथिको सत्कार पाइनेछ । घरायसी समस्या हल भएर जानेछ । प्रशंसकहरु थपिने छन् । पूराना समस्यालाई हल गर्दै नयाँ संझौता गर्ने समय रहेको छ । ठूला व्यक्तिसँग नजिकिने अवसर समेत मिल्नेछ ।