कानून विधातर्फ कक्षा ११ र १२ मा पनि पढाइ भैरहेको छ । नेपालमा भएको राज्यको पुनर्संरचना र कानूनहरुमा गरिएको परिवर्तनले कानूनका जानकारहरुको आवश्यकता बढ्दै गएको निष्कर्षमा पुगेर नै उच्च माध्यमिक तहमा कानूनको अध्ययन अध्यापन अघि बढाइएको हो । कानूनी शिक्षा र वकिलको आवश्यकताबारे यहाँ एक संक्षिप्त चर्चा गरिँदैछ ।
व्यक्तिको आफ्नै सुरक्षादेखि धनसम्पत्तिको सुरक्षाका लागि कानून आवश्यक पर्ने कुरा सबैलाई थाहा भएकै विषय हो । जनमदेखि मृत्युसम्मका विषय मात्रै होइन मृत्युपछिका विषयहरुमा समेतकानून र वकिल आवश्यक परिरहन्छन् । त्यसका लागि बनाइएका देवानी संहिता, अपराध संहिता, दण्ड सजाय, जल, जमीन, जङ्गल आदि सम्पदा सम्बन्धी कानूनहरुको कार्यान्वयन र न्याय प्राप्ति महत्वपूर्ण विषय हो । राज्यका विभिन्न विषयहरु— जनता, सरकार, संविधान, मानव अधिकार; सरकारका अङ्ग, तिनीहरुको सरचना तथा कर्पोरेट सस्थानहरु— बैङ्क र वित्तिय संस्थाहरु, तिनीहरुको परिचालन र व्यवस्थापन तथा उद्योग, धन्दा कम्पनी, जल विद्यूत, मध्यस्थता अनि अन्तर्राष्ट्रिय सघ र सस्थाहरुको वारेमा ज्ञान हासिल गर्न लागि पनि काननुको ज्ञान, शिक्षा लिनु आवश्यकता छ ।
राज्यले निर्माण गरेका कानूनको कार्यान्वयनका लागि विधिशास्त्रको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान आवश्यक पर्दछ । मानिसको जीउ तथा धनको सुरक्षाको व्यवस्था काननुले नै गरेको हुन्छ, कानुनी शिक्षाले त्यसको वारेमा थाहा पाइन्छ । त्यसको ज्ञानले जीउ धनको संरक्षण सम्बर्धन र प्रवर्द्धनको बाटो अपनाउदछ ।
माथि उल्लेखित विविध विषयहरुः— व्यक्ति, सम्पत्ति, परिवार, समाज, व्यवहार, वैक, वित्तिय सस्ंथानहरु प्राकृतिक, तथा वातावरण, हवाई र उडयन, अन्तराष्ट्र्रिय सघ तथा संस्थाहरु, मानव अधिकार तथा तिनीहरुको पालना, कार्यान्वयनको वारेमा विस्तृत विशारद ज्ञान हुन्छ, पाइन्छ । सो ज्ञान उनीहरुले लिएर आपनो तथा समाजको जीवनमा शानित्, उन्नति र समृद्धिमा योगदान गर्न दिन सक्दछन ।
कानुनको माध्यमबाट सुशासन कायम गर्न गराउनकालागि व्यक्ति, समाज र राज्यको विरुद्धमा कोही कसैले अपराध गरेमा तिनीहरुलाई नियन्त्रण गरी सुख, शान्ति र समृद्धिका वारेमा वृहत अभियान सन्चालन गरी योगदान गर्ने नागरिकहरु उत्पादन गर्नकालागिपनि कानूनको ज्ञान आवश्यक पर्दछ ।
कानुनको क्षेत्रका विभिन्न व्यवसायहरु : जस्तै वकील, कानुनी सल्लाहकार, व्यवशायीक लेखापढी व्यवसायीहरु, शिक्षक, प्राध्यापक, सेवाको कानुनी लिखत दस्तावेजहरुको मस्यौदाकार, सक्षम कर्मचारी, सघ संस्था तथा निकायहरुको कानुनी सल्लाहकार भएर काम गर्न गराउनकालागि कानूनको ज्ञान आवश्यक पर्दछ ।
कानूनको विद्यार्थीको हैसियतले राष्ट्रको विधि बनाउने, राजनीतिलाई सुव्यवस्थित बनाउने, न्यायपालिकालाई सक्षम र प्रभावकारी तरिकाले सन्चालन गर्ने गराउने, व्यवस्थापिका सभावाट लोकल्याणकारी विषय र सवालमा कानूनहरु निर्माण गर्न सक्ने जनशक्ति पैदा गर्नकालागिपनि कानूनको गहिरो बिशेषज्ञ स्तरको शिक्षा हुन अति आवश्यक रहेको छ ।
वर्तमान विश्वग्रामी परिवेशमा योग्यता भएका तथा विज्ञ सुशिक्षित नागरिकहरु जनशक्ति तयार गरी राज्यका सवै तह तथा निकायहरुमा छिटो छरितो तथा प्रभावकारी तरिकाको सेवा प्रदान गर्नकालागि पनि कानूनको शिक्षा अति आवश्यक देखिन्छ।
पेशा गर्दा सविधानले चिनेको, जानेको पेशा कानून व्यवशायी हो सविधानकाे धारा २० (२) । विधिको शासन चल्ने मुलुकमा कानून जान्ने विधि वेत्ताको धेरै चाहना माग रहेको हुन्छ । कारण उनीहरुले विधिको वारेमा मानेको जानेका धेरै विषयहरु रहन्छन । त्यसकारणले पनि कानूनको शिक्षा अति महत्वको छ । हल नेपालमा यो संघीयता, समावेशिता, लोकतन्त्र तथा लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था भएकोले र तीन तह केन्द्र, प्रदेश तथा स्थानीय तहमा समेत सरकार भएकोले पनि तीनै तहलाई धेरै प्रभावकारी तरिकाले सन्चालन गर्न गराउनकालागि पनि कानूनको शिक्षा अति आवश्यक पर्दछ ।
विश्वका महामानवहरुको जीवनीलाई हामीले अध्ययन गर्ने हो भने “महात्मा गान्धी, लेनिन, जर्ज वासिङ्गटन, अव्राहम लिङ्कन, नेहरु, माओत्सेतुग, चाउयेनलाई, बी पी कोइरालाहरु आदि सवै कानूनका विद्यार्थीहरु थिए जसले गर्दा उनीहरु आपनो जीवनकालमा बिश्वकै नामी विज्ञ ज्ञानी भएर राज्य सन्चालनकालागि कुशल भएर शीप तथा तालिम दिन सकेका थिए ।
अमेरिकाले सन १७७६ मा घोषणा गरी १७८९ मा संविधानको घोषणागर्दा त्यहा ५५ जना मध्येमा २९ जना कानूनका विज्ञहरु चुनिएर सविधान सभाबाट त्यहाँको संविधान बनाएका थिए जो अति सरल, छोटो र व्यावहारिक भएकाले हालसम्म पनि सञ्चालन भई काम गरिरहेको पाइन्छ । त्यसकारण यो कानून भनेको सामाजिक अभियान चलाउने कला र विज्ञानको विषय हो भने, कानून व्यवशायी भनेको सामाजिक अभियन्ता हो । त्यसले कानूनको धेरै महत्व देखिन्छ भने कानून जान्ने र मान्ने वकीलले समाजलाई सही तरिकाले चलाएर अगाडि लैजान सक्ने छन । त्यसले गर्दा कानूनको ज्ञान आवश्यक पर्दछ ।