मेष : अरुको भरमा काम थाल्दा अन्योलता छाउनेछ । सोचे अनुरुप कार्य नबन्दा नैराश्यता छाउनेछ । विश्वास गरेका व्यक्तिले धोका दिन सक्छन्, सजक रहनु होला । स्वास्थ्य कमजोर बन्नेछ । आर्थिक लेनदेनमा समस्या उत्पन्न हुनेछ । चिन्ता बढ्नेछ । सजक रहेर जिम्मेवारीलाई पूर्ण गर्नुहोला ।
वृष : विशिष्ट कार्यको जिम्मेवारी पाइनेछ । मन मिल्ने व्यक्तिसँग रमाइलो भेटघाट हुनेछ । ऐतिहासिक कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ पाइनेछ । पतिपत्नी बीचको सम्बन्ध प्रगाढ रहनेछ । उत्साह उमंग छाउनेछ । नयाँ ठाउँको भ्रमण, अवलोकन गर्ने अवसर जुट्नेछ ।
मिथुन : श्रमको सही रुपमा मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । सामान्य झमेला आइलागे तापनि दृढताका साथ कार्यमा लाग्नुहोस्, जित तपाईँको नै हुनेछ । विपक्षी समेत मेलमिलापमा आउन बाध्य हुनेछन् । समर्थकहरु बढ्ने छन् । आर्थिक पक्ष बलियो नै रहनेछ । खानपानमा भने विचार पुर्याउनु होला ।
कर्कट : बौद्धिक क्षमताको बृद्धि विकास हुनेछ । सन्तानपक्षको उन्नति, प्रगतिमा रमाइनेछ । शत्रू पक्ष कमजोर बन्नेछन् । अघिदेखिका समस्या हल भएर जानेछन् । स्वास्थ्यमा सुधार हुनेछ । भोजभतेरको निम्तो पाइनेछ । शैक्षिक क्षेत्रमा लाग्ने व्यक्तिहरुकालागि नयाँ अवसर मिल्ने समय रहेको छ ।
सिंह : दैनिक गर्दै आएका कार्यमा समेत समस्या सृजना हुनेछ । श्रमको सही मूल्यांकन मिल्ने छैन । आफन्तजनसँग नै विवाद पर्नेछ । असन्तोषी प्रवृत्तिले सताउनेछ । जिम्मा लिएका कार्य समयमै पूर्ण गर्न नसक्दा भनाई खानुपर्नेछ । मातृ पक्षको साथ सहयोगले काम–कार्य थाल्दा शुभफल मिल्नेछ ।
कन्या : सृजनात्मक कार्यमा मन रमाउनेछ । टाढाबाट खुसीको खबर सुन्न पाइनेछ । साथीसंगीसँगको रमाइलो जमघट हुनेछ । पराक्रम बढेर जानेछ । कृषि एवं बन्दव्यापारमा लाग्ने व्यक्तिहरुका लागि आजको दिन विशेष लाभकारक रहनेछ । समग्रमा समय शुभ रहने देखिन्छ ।
तुला : द्वितीय भावमा स्थित चन्द्रमा ग्रहका प्रभावले अलमलको वातावरण बन्न सक्छ, पूर्व तयारीका साथ कार्यमा लाग्न आवश्यक देखिन्छ । अचल सम्पत्तिमा गरेको लगानीले दिगो रुपमा लाभ लिन पाइनेछ । मन खुसी रहनेछ । कुटुम्बपक्षको सहायताले थालेका कार्यबाट दीर्घकालीन रुपमा लाभ मिल्नेछ ।
बृश्चिक : मान्यजनसँग सहकार्य गर्ने अवसर मिल्नेछ । भौतिक सुख सुविस्ताका साधनहरु जुट्ने छन् । बोलिकै भरमा ठूला–ठूला कार्य बन्नेछन् । शैक्षिक क्षेत्रमा चासो रहनेछ । व्यक्तित्व विकासको समय रहेको छ । विशेष कार्यको जिम्मेवारी पाइनेछ । समग्रमा समय सुधारोन्मुख रहने देखिन्छ ।
धनु : आम्दानिको तुलनामा खर्चको मात्रा ज्यादा हुँदा तालमेल मिलाउन गाह्रो पर्नेछ । असन्तोषी प्रवृत्तिले सताउनेछ । टाढाको यात्रा कष्टकर बन्नेछ । व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण अवसर फुत्कनेछ, संयम रहनु पर्नेछ । विवादित कार्यमा मेलमिलापबाट अघि बढ्नु शुभ हुनेछ ।
मकर : आकस्मिक धन लाभको योग बनेको छ । सुखसुविस्ताका साधनहरु जुट्ने छन् । सानो लगानीले नै धेरै लाभ मिल्दा, हर्ष बढ्नेछ । आय मूलक कार्यमा ध्यान जानेछ । नयाँ–नयाँ अवसरहरुहले पछ्याउने छन् । नयाँ मित्र बनाइनेछ । समग्रमा समय लाभप्रद रहने देखिन्छ ।
कुम्भ : विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी बढ्नेछ । धेरैको विश्वासको पात्र भइनेछ । शैक्षिक क्षेत्रमा उन्नतिको संकेत देखिन्छ । विशिष्ट व्यक्तिसँग सम्पर्क बढ्नेछ । आर्थिक पक्ष बलियो रहँदा लगानी गरिनेछ । कार्य क्षेत्रमा नयाँ परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतको कदर हुनेछ ।
मीन : परोपकारी कार्यमा सहभागी भइनेछ । रोकिएका वित्तीय कारोवारले गतिलिनेछन् । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ अवसर प्राप्तिको योग बनेको छ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । जिम्मेवारी बढ्नेछ । आकस्मिक धार्मिक यात्राको अवसर समेत जुट्ने समय रहेको छ ।