मेष : अवसर हुँदाहुँदै पनि विकल्पको खोजीले गर्दा समस्या आइलाग्नेछ । अनावश्यक चिन्ता, पीरले सताउनेछ । दैनिक कामकाजमा समेत बाधा व्यवधान आउन सक्छ, संयम रहनु होला । शारीरिक कमजोरीले गर्दा काम कार्य गर्न असहज हुनेछ । नयाँ भन्दा दैनिक कृयाकलापमा नै व्यस्थ रहनुहोला ।
वृष : कृषि एवं बन्दव्यापारमा लाग्ने व्यक्तिहरुका लागि आकस्मिक लाभको संकेत देखिन्छ । काम गर्ने जोश जाँगर बढेर जानेछ । साझेदारी कार्यको आरम्भ हुनेछ । खुसीको खबर सुन्न पाइनेछ । समर्थकहरुको साथ सहयोगले महत्वपूर्ण कार्यको आरम्भ हुनेछ । पराक्रम बढेर जानेछ । हर्ष बढ्नेछ
मिथुन : सानातिना समस्या आइलागेता पनि निरन्तर लागि पर्दा जीत हाँसिल गरिनेछ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ । मांगलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । सामाजिक कार्यबाट समेत सफलता मिल्नेछ । बोली वचनमा मिठासता आउनेछ । अल्छिपना त्यागेर अघि बढ्नु पर्नेछ ।
कर्कट : विशेष कार्यमा अतिथिको सत्कार पाइनेछ । नाम, दाम, इज्जत, प्रतिष्ठा कमाउने समय रहेको छ । नयाँ ठाउँको भ्रमणले नयाँ ज्ञान मिल्नेछ । आर्थिक पक्ष बलियो रहनेछ । आत्मियजनसँगको रमाइलो जमघट हुनेछ । हर्षको खबर मिल्नेछ । व्यवहारिक पक्ष सबल बन्नेछ । समय शुभ रहनेछ ।
सिंह : लहैलहैमा लाग्दा अनावश्यक खर्चको मात्रा बढेर जानेछ । लक्ष्यमा पुग्न कडा परिश्रमको आवश्यकता पर्नेछ । गलत व्यक्तिको संगतका कारण नकारात्मक कार्यमा सहभागी भइन सक्छ, संयम रहनु होला । खर्चको मात्रा बढ्दा आर्थिक तालमेल मिलाउन समेत गाह्रो पर्नेछ । संयम रहनुहोला ।
कन्या : सानो लगानीबाट नै अधिक लाभ उठाउन सकिने समय रहेको छ । व्यापार व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी भइनेछ । महत्वाकांक्षी योजनाहरु रचिने छन् । कलात्मक कार्यमा मन जानेछ । शैक्षिक क्षेत्रमा चासो रहनेछ । प्रियजनसँगको रमाइलो यात्रा होला । धन लाभ हुनेछ ।
तुला : ठूला व्यक्तिको सहायताले लामो समय देखिका अपूरा काम बन्नेछन् । सकारात्मक सोच विचारको उदय हुनेछ । अपरिचित व्यक्तिको सहयोगले कार्य बन्नेछ । विश्वास दिलाउन सक्दा महत्वपूर्ण कार्यको नेतृत्व गर्न पाइनेछ । मान्यजनसँग सहकार्य गर्न पाउँदा खुसी लाग्नेछ ।
बृश्चिक : बोलिकै भरमा ठूलाठूला कार्य बन्नेछन् । धार्मिक, आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । परोपकारी कार्यमा सहभागी हुन पाउँदा आनन्द लाग्नेछ । बौद्धिक क्षमताको बृद्धि विकास हुनेछ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । सामाजिक कार्यबाट मानसम्मान मिल्ने समय रहेको छ ।
धनु : चञ्चले स्वभावका कारण बन्नै आँटेका कार्यमा समेत विराम लाग्न सक्छ, सजक रहनु होला । विपक्षीले दु:ख दिनेछन् । सोचे अनुरुप काम नबन्दा दिक्क लाग्नेछ । अध्ययनमा भन्दा बाहिरी कुरामा मन जानेछ । नयाँ कार्यको थालनी भन्दा अपूरा काम कार्यलाई पूर्ण गर्दै अघि बढ्नु उचित हुनेछ ।
मकर : नयाँ ठाउँ भ्रमण गर्ने वातावरण बन्नेछ । मिहिनेतको उचित कदर हुनेछ । मनमिल्ने व्यक्तिसँग भेट हुनेछ । व्यवसायको सिलसिलामा यात्राको अवसर जुट्नेछ । पतिपत्नि बीच सामजस्यताले गर्दा कार्य गर्ने वातावरण बन्नेछ । खुसीयाली पल रहला । दिन हर्षाेल्लास पूर्वक वित्ने देखिन्छ ।
कुम्भ : पुरानो उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । सृजनात्मक कार्यमा मन जानेछ । विपक्षीलाई पछि पार्दै अघि बढ्न सकिनेछ । आर्थिक पक्ष सबल रहनेछ । अवसर तथा चुनौति दुवै देखा पर्नेछन् । सामाजिक कार्यबाट सम्मान मिल्नेछ । तर स्वास्थ्य अवस्थाको भने ख्याल गर्नुपर्नेछ ।
मीन : काम गर्ने कलाले धेरै व्यक्तिलाई मोहित पार्न सकिनेछ । परिवारजनको सहयोग भरपूर रुपमा मिल्नेछ । विपक्षीहरु पनि मेलमिलापमा आउँदा कार्य क्षेत्रमा सहजता आउनेछ । सकारात्मकताको विकास हुनेछ । मानसिक क्षमताको कदर हुनेछ । गरेका कामबाट दिगोरुपमा फाइदा मिल्ने देखिन्छ ।