मेष : लामो समय पछि मित्र मिलन हुनेछ भने नयाँ मित्र समेत बनाइनेछ । अरु व्यक्तिको सहयोग मिल्दा नयाँ कार्यको आरम्भ गर्न सकिनेछ । श्रमको सही रुपमा मूल्यांकन पाइनेछ । व्यक्तित्व विकासको समय रहेको छ । गरेका काम कार्यबाट सुख सन्तोष मिल्नेछ । दिन खुसीयालीमा नै बित्ने देखिन्छ ।
वृष : धन संचय गर्ने वातावरण बन्नेछ । सानो प्रयासले नै कार्यले गति लिनेछन् । आफन्तजनको सहयोग पाइनेछ । इच्छा आकङ्क्षाहरु थपिने छन् । व्यापार व्यवसायमा अरु दिनको तुलनामा लाभांश बढ्नेछ । तर स्वास्थ्य कमजोरीको अनुभूती हुनेछ । नोकरीमा सोचे अनुरुपको काम गर्न सकिने छैन ।
मिथुन : शुभ समाचार सुन्न पाइनेछ । मनमा शन्तिको अनुभव हुनेछ । नयाँ–नयाँ कार्ययोजनाहरु रचिने छ । सामाजिक पदप्रतिष्ठा प्राप्त हुनेछ । हर्षको खबर मिल्नेछ । कला, कृति, आकृतिका कार्यमा मन रमाउनेछ । घर परिवारमा सामञ्जस्यता स्थापित हुनेछ । ठूलाठूला कार्य पनि बोलीकै भरमा बन्ने समय रहेको छ ।
कर्कट : अध्ययनमा भन्दा बाहिरी कुरामा ध्यान जानेछ । व्यवहारिकतालाई बुझ्न सकिने छैन । असन्तोषी प्रवृत्तिले सताउनेछ । आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्न सक्छ, सजक रहनु होला । लहैलहैमा लाग्दा अनावश्यक खर्चभार थपिनेछ । झन्झटिला कार्यको नेतृत्व गर्नुपर्नेछ । संयम रहनु होला ।
सिंह : आकस्मिक छोटो रमाइलो यात्राको संभावनालाई नकार्न सकिँदैन । टाढाबाट खुसीको खबर सुन्न पाइनेछ । कार्यक्षेत्रमा नयाँ परिवर्तन आउनेछ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । कलात्मक कार्यमा मन जानेछ । थालेका अधिक कार्य बन्नेछन् । आम्दानीका बाटाहरु फेला पर्नेछन् ।
कन्या : पारिवारिक समस्या हल भएर जानेछ । नोकरीमा प्रशंसा एवं नयाँ जिम्मेवारी मिल्नेछ । विशिष्ट व्यक्तिसँग मित्रताको बन्धन गाँसिनेछ । धेरै व्यक्तिको मनमा बस्न सकिनेछ । श्रमको मूल्यांकन पाइनेछ । दैनिक गर्दै आएका कार्यमा समेत नयाँ तरिकाको प्रयोगले सहजताको अनुभव हुनेछ ।
तुला : भाग्यले साथ दिँदा छोटो समयमा नै गरेका कार्यबाट प्रतिफल मिल्नेछ । कल्याणकारी कार्यमा सहभागी भइनेछ । आर्थिक लाभ हुनेछ । अरुको सस्यामा सहयोगीको भूमिका निर्वाह गर्न पाउँदा आनन्द लाग्नेछ । स्वास्थ्य समस्या यथावत् रहनेछ । मिश्रीत फलदायी समय रहेको छ, पूर्व तयारीका साथ अघि बढ्नुहोला ।
बृश्चिक : गोपनीयता बाहिरीँदा विपक्षीले फाइदा उठाउने छन् । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । अवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले विशेष कार्यमा पछि परिनेछ । व्यर्थको भ्रमणले समयको नोक्सानी मात्र हुनेछ । आजको दिनमा नयाँ भन्दा पनि दैनिक कार्यमा नै व्यस्थ रहनु फाइदा हुनेछ ।
धनु : तपाईका विपक्षीहरु पनि समर्थनमा आउँदा कार्य गर्न सहज हुनेछ । विपरीत लिंगिको सहयोगले लामो समयदेखि रोकिएका काम बन्नेछन् । मनोरञ्जनात्मक समारोहमा सहभागी हुने अवसर मिल्नेछ । आर्थिक पक्ष बलियो नै रहनेछ । सृजनात्मक कृयाकलापमा मन रमाउनेछ । खुसीयाली बढ्नेछ ।
मकर : रोकिएका वित्तीय कारोवारले गति लिनेछन् । सामाजिक कार्यमा समेत चासो रहनेछ । सानातिना समस्यामा नआत्तिनु होला, लगनशिल भएर अघि बढ्दा प्रतिफल तपाईँकै पक्षमा आउनेछ । व्यवसायबाट सुख–सन्तोष मिल्नेछ । श्रम अनुसारको मूल्यांकन मिल्नेछ । अल्छिपना त्यागेर अघि बढ्नुहोला ।
कुम्भ : प्रतिभाका कृयाकलापमा विजयी भइनेछ । मन मिल्ने व्यक्तिसँग रमाइलो भेट हुनेछ । बौद्धिक कलाको प्रशंसा मिल्नेछ । पढाइलेखाइमा सामान्य प्रयासले नै सिप सिक्न र बुझ्न सकिनेछ । पारिवारिक सहयोग सद्भाव कायम राख्ने प्रयत्न गर्नुहोला । स्वास्थ्यको समेत ख्याल राख्नुपर्ने समय रहेको छ ।
मीन : कठोर बोलीकै कारण बन्नै आँटेका कार्यमा समेत समस्या आइलाग्नेछ । सोचे अनुरुप कार्य नबन्दा हौरानी लाग्नेछ । लक्ष्यमा पुग्न कडा परिश्रमको जरुरत पर्नेछ । आफन्तजन टढिनेछन् । चिन्ता पीरले सताउनेछ । पूर्व तयारी र मातृपक्षको सहयोगले कार्य आरम्भ गर्दा शुभ हुनेछ ।